प्रस, वीरगंज, ६ कात्तिक/
यस वर्ष वीरगंज शहरमा दिपावलीमा पटकालगायत आतिशबाजी कम हुने देखिएको छ। विस्फोटक पदार्थको प्रयोगकर्ताविरुद्ध कानुनी कारबाई गर्ने पर्सा प्रहरीले एक साताअघिदेखि प्रचार गरेको र प्रहरी उपरीक्षक रमेश खरेलको कारबाईबाट तर्सेका आम नागरिकले सीमावर्ती रक्सौलबाट पटकालगायत आतिशबाजीका सामग्रीको खरिद एकदमै न्यून छ।
रक्सौलबाट बर्सेनि एक करोडभन्दा बढीको पटकालगायत आतिशबाजीका सामान वीरगंज शहरमा मात्र भित्रिने गरेको बताउने एक व्यावसायीले यस वर्ष त्यस्तो खरिददारी नै नभएको र अब हुने सम्भावना पनि न्यून रहेको बताए । तिनै व्यवसायीले रक्सौलमा एक दर्जनभन्दा बढी पटकाका होलसेलर रहेका र अहिले तिनीहरू सबै नेपाली र खासगरी वीरगंजको ग्राहकको प्रतीक्षामा रहेको बताए। प्रहरीले कडाइ गरेको हल्ला रक्सौलमा समेत फैलिएपछि अहिले त्यँहाबाट कैरियरको काम गर्नेहरू पनि पटकालगायत आतिशबाजीको सामान ओसार्न छाडेका छन्।
रक्सौलबाट कुनैपनि सामान कैरियरहरूले १० देखि २० प्रतिशतको ढुवानी खर्चमा ओसारपसार गर्दै आएकोमा अहिले पटकालगायत आतिशबाजीको सामानमा शतप्रतिशत ढुवानी खर्च दिंदा पनि कोही तयार छैन । वीरगंजसम्म पटका र आवाज नआउने आतिशबाजीका सामानको ढुवानी गर्न पनि कोही मानेको छैन, एक व्यवसायीले बताए। रक्सौलमा मात्र दिपावलीमा केवल १० लाखसम्मको आतिशबाजी हुने गरेको छ। वीरगंजमा पटाखालगायत आतिशबाजीका सामानहरूको अभाव भएपनि राजधानीमा भने भदौमैं स्टक पुगिसकेको व्यावसायीहरू बताउँछन्। काठमाडौंलगायत पोखरा, नारायणघाट, हेटौडाका लागि वीरगंज नाकाबाट भदौमा नै व्यापारीहरूले पटका र आतिशबाजीका सामान ओसारिसकेको तर वीरगंजमा कात्तिक लागेपछि मात्र यस्ता खरिददारी हुने गरेको थियो।
दिपावलीको एक साताअघिदेखि वीरगंजमा पटकाको पसल थापेर लाखौंको कारोबार गर्नेहरू अहिले चिन्तामा छन्। दिपावलीमा प्रयोग हुने अन्य सामग्रीहरूको पसल माईस्थान, घण्टाघरमा खुलिसकेको र केही खुल्ने क्रममा रहेपनि शहरभरि पटकालगायत सामग्री बिक्री हुने एउटै पसल थापिएको छैन।