आतिशबाजी सभ्यभन्दा सभ्य मुलुकमा पनि गरिन्छ र मानिसहरू ठूलो विजयोत्सवको रूपमा यसको आयोजना गर्छन्। विस्फोटक पदार्थ र आतिशबाजीको आविष्कारक चीनले जब सन् २००८ मा विश्व ओलम्मिकको आयोजना गर्यो, अद्वितीय आतिशबाजी गरेर विश्वलाई छक्क पारिदियो । चीनले आतिशबाजीको अद्भूत चमत्कार देखाएको मात्र हो, जुनसुकै पनि विश्व ओलम्पिकमा आतिशबाजीको अनौठो छटा देखाइन्छ। मानिस उत्तेजित हुन्छन्, उल्लसित हुन्छन्, विभोर हुन्छन् र जीवनलाई नयाँ अर्थ दिन्छन्। आतिशबाजी वर्षैभरि गरिंदैन। पटकाहरू सबै महिनामा पड्काइँदैन। तिहारदेखि छठसम्म मात्र आतिशबाजी र पटका पड्काउने चलन हो। त्यसबाहेक कसैले सित्तैमा दियो भने पनि कसैले न पटका पड्काउँछ न आतिशबाजी गर्छ । किनकि हरेक मौसम र चाडको आआफ्नो मान्यता रहेको हुन्छ। तिहारमा खाने सेल दशैंमा पकाइन्न, न होलीमा खाने मालपुवा तिहार वा दशैंमा खाइन्छ। जुन पर्वको जुन आग्रह हो त्यसभन्दा बाहेक कसैले न केही खान्छ र गर्छ नै।
नेपालमा लामो समयदेखि सरकारले आतिशबाजी र पटका पड्काउन बन्देज लगाउँदै आएको छ। शान्तिकाल होस् वा माओवादीको जनयुद्धकाल अथवा भूमिगत समूहको चरम प्रकोप भएको बेला, गृह मन्त्रालयले निषेध सूचना प्रकाशित गर्दै आउने गरेको छ र मानिसले आतिशबाजी तथा पटका पनि पड्काउँदै आएका छन्। सरकार र प्रशासनको केही तर्क छ। जनयुद्धकालमा पटका पड्काउने क्रममा बम हो कि पटका छुटयाउन गार्हो भन्ने तर्क दिइन्थ्यो। शान्तिकालमा पैसाको अनावश्यक खर्च र प्रदूषण हुन्छ भन्ने तर्क दिइन्छ। तर पटका पड्केको अवसर पारेर माओवादी अथवा भूमिगत समूहले अवसर छोपेको भने देखिएन। बमहरू प्राय: चाडबाहेक समयमा पड्केको सुनिएको र देखिएको छ। प्राय: हतियारधारी समूह तथा पार्टीहरूले चाडपर्वको बेला युद्ध विराम गरेको नै नेपाली जनतालाई छ । जहाँसम्म आतिशबाजी र पटकाबाट फिजुल खर्चको कुरा छ, के देशमा जिल्ला–जिल्लामा स्थापित वैध रक्सी भट्टीहरू, चुरोट कारखानाहरूको स्थापना किफायतका लागि गरिएको हो ? प्रदूषणको दुहाइ दिने सरकारले बागमतीको प्रदूषणबारे सोचेको छ, श्रीसियाँ नदीमाथि भइरहेको अत्याचारबारे कहिले गम्भीर चिन्तन गरेको छ ?
जुन कार्यले जनता हैरान छ, रातदिन चैन पाउन सकेको छैन, त्यस्तो प्रदूषण, त्यस्तो मद्यपान कहिल्यै वर्जित हुँदैन तर दुई दिनको आतिशबाजी र पटकाबाट हुने प्रदूषणप्रति सरकार र प्रशासनको यत्रो चासो ? यो चासोको कुरा होइन, यो जनतालाई सास्ती दिने शासकहरूको मनोवृत्ति हो । नेपालमा जहिले पनि जुनसुकै सरकारले पनि जनतालाई शासित गर्ने मनोवृत्तिमात्र बनाएको छ। जनतालाई कसरी दु:खी बनाउन सकिन्छ, कसरी उनको खुशी खोस्न सकिन्छ त्यतामात्र शासक–प्रशासकहरूको ध्यान जान्छ। हो कुनै अति तार्किक हाकिमहरू के तर्क दिन्छन् भने आतिशबाजीले गर्दा मानिस घाइते हुन सक्छन्। दुर्घटना कहाँ हुँदैन ? हवाई जहाज दुर्घटना हुँदा सबै सोत्तर हुन्छन्स बस, ट्रक, जीप दुर्घटना हुँदा मानिस मर्छन् र गम्भीर घाइते हुन्छन्। के देशमा हवाईजहाज चलाउन बन्देज लगाउने, गाडीहरू चल्नै नदिने ? गरीब र शोषित नेपालीले चाडपर्वको बेला आफ्नो समस्त दु:ख बिर्सेर खुशी मनाउँछन्, तर नेपालको सरकार र हाकिमहरूलाई जनताको त्यो सुख सहय हुँदैन।