अनन्तकुमार लाल दास
बालबालिकाहरूलाई सही अभिभावकत्व प्रदान गर्नु अहिले ठूलो चुनौती बन्दै गइरहेको छ। आज हरेकले भन्न थालेका छन्–केटाकेटीहरूसँग अभिभावकको व्यवहार साथीजस्तै हुनुपर्छ अनिमात्र उनीहरूको विकास सम्भव छ । तर यस सन्दर्भमा मेरो धारणा केही फरक छ किनभने साथीहरूसित मनको भावना त शेयर गर्न सकिन्छ तर उनीहरूसँग कुनै शिक्षा लिन सकिन्न। यस कारण मेरो विचारले अभिभावकहरू मित्र बन्नुभन्दा उनीहरूका लागि रोल मोडेल बन्नु उचित हुन्छ किनभने बालबालिकाले आआफ्ना अभिभावकलाई आफ्नो आदर्श मानेर उनीहरूको अनुसरण गरिरहेका हुन्छन्।
आधुनिक कालमा सही तरिकाले बालबालिकाको रेखदेख गर्न मुश्किल भइरहेको अवस्थामा उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नु झन् जटिल बन्दै गएको छ। सही अभिभावकत्व प्रदान गर्नु आज निकै चुनौतीपूर्ण छ। बदलिंदो सामाजिक परिवेशमा यदि बालबालिकामाथि समझदारीपूर्वक ध्यान दिइएन भने उनीहरूको मन र मस्तिष्कमाथि वातावरणको नराम्रो प्रभाव पर्न सक्ने सम्भावना बढी हुन्छ। यस कारण यदि तपाईं आदर्श अभिभावकको रूपमा आफ्नो सन्तानलाई अनुशासित, जिम्मेवार र सबैको आँखाको पुतली बनाउन चाहनुहुन्छ भने तल उल्लिखित सुझाव अँगाल्नु बेस हुनेछ।
अभिभावकहरूले बाल मनोविज्ञान बुझेर आफ्ना सन्तानसँग एउटा निश्चित सीमासम्म मित्रवत् व्यवहार पनि गर्नुपर्छ साथै अभिभावकीय अधिकार अन्तर्गत समय–समयमा दिशानिर्देश पनि दिंदै रहनुपर्छ। सन्तानले गर्ने जुनसुकै काममा गल्ती खोज्नु र उसद्वारा गरिने हरेक क्रियाकलापमा किचकिच गर्ने बानी यदि अभिभावकमा छ भने त्यसलाई त्याग्नु नै श्रेयस्कर हुन्छ। साथीहरूकै अगाडि हप्काउनुभन्दा उसलाई स्नेहले सम्झाउनु पर्छ। यस प्रकारको व्यवहारले सन्तानको मनमा तपाईंप्रति विश्वास उत्पन्न हुन्छ र ऊ तपाईंप्रति विश्वासिलो बन्छ।
यदि तपाईको छोरा वा छोरीले कुनै राम्रो काम गरेको छ भने उसको प्रशंसा खुलेर गर्नुहोस्। अभिभावकद्वारा गरिने यस प्रकारको प्रशंसाले उनीहरूको आत्मविश्वास बलियो हुन्छ र भविष्यमा पनि उनी सदैव राम्रै गर्न खोज्छन्। यसको साथसाथै बाल्यकालदेखि नै आफ्नो सन्तानलाई ‘क्षमा’ र ‘धन्यवाद’ जस्ता शब्द प्रयोग गर्न सिकाउनुहोस्। घरमा आएका पाहुना, इष्टमित्र, सम्बन्धी वा बुजुर्गहरूको सम्मान गर्न सिकाउनुहोस्। यदि बाल्यकाल देखि नै राम्रो संस्कारको बीउ उनीहरूको मनभित्र उम्रन सक्यो भने निश्चित नै भविष्यमा ऊ एउटा चरित्रवान र जागरुक नागरिकको रूपमा देखापर्छ।
बालहठ बालसुलभ स्वभाव भएको हुनाले कहिलेकाहीं सन्तानर्को जिद्दी पनि स्वीकार गर्नुपर्छ तर उचित समयमा समझदारी साथ उसलाई यसबारे उचित सल्लाह पनि दिनुपर्छ। यदि यसो गरियो भने विस्तारै उसको यस प्रकारको आदतमा सुधार देखापर्छ। प्राय: अभिभावकहरू बोल्ने गर्छन् र केटाकेटीहरू सुन्छन्, तर केटाकेटीहरूलाई पनि बोल्ने मौका दिनुपर्छ र अभिभावकहरूले ध्यान दिई त्यसलाई सुन्नुपर्छ। बाल मनोवैज्ञानिकहरूका अनुसार यदि बेटाकेटीहरूले आफ्नो भावना व्यक्त गर्ने मौका पाउँछन् भने तिनीहरूलाई दिशानिर्देश गर्न अभिभावकहरूलाई नै सजिलो हुन्छ।
अभिभावकद्वारा गरिने व्यवहारमा एउटा कुरो के देखिएको छ भने उनीहरू जहिले पनि, जसको अगाडि पनि आफ्नो सन्तानको तुलना वा गल्तीहरूको बयान गरिरहेका हुन्छन् जो मेरो दृष्टिमा सही छैन। यस्ता कुराहरूले गर्दा केटाकेटीहरूमा हीन भावना उत्पन्न हुन्छ जसबाट उनीहरूको प्रगतिको मार्ग अवरुद्ध हुनपुग्छ। हरेक बच्चा अरूको तुलनामा भिन्न प्रकृतिकै हुन्छन्। उनीहरूभित्र रहेका राम्रा गुणहरूलाई अगाडि ल्याउने जिम्मेवारी पूर्णरूपेण अभिभावककै हुन्छ । यस कारण अभिभावकहरूले उनीहरूमा विचारको आदानप्रदान होस् वा खाने सामान एकअर्कासँग शेयर गर्ने बानी बाल्यकालदेखि नै बसाल्नुपर्छ। यसरी अभिभावकले उनीहरूलाई समाजमा घुलमेल गर्न सिकाउन सकिन्छ।
बालबालिकाहरूमा देखापर्ने ईष्र्या, द्वेष, ओवर रिएक्ट गर्ने बानी आदिमा सुधारका लागि अभिभावकहरू सधैं सतर्क भई बस्नुपर्छ। मेरो नजरमा केटाकेटीहरू घरको वातावरणले बढी प्रभावित हुने भएकाले अभिभावकहरू घरमा स्वयं जिम्मेवार र अनुशासित हुनु अत्यन्त आवश्यक छ। अर्को शब्दमा भन्ने हो भने अभिभावकहरूले केटाकेटीहरूलाई पारिवारिक वा आपसी झगडाको हिस्सा वा त्यसको कारणको रूपमा प्रस्तुत गर्नुहुन्न। प्राय: के देखिएको छ भने अभिभावकहरू आफ्ना अधूरो महत्त्वाकाङ्क्षा सन्तानको माध्यमबाट पूरा गर्न उनीहरूमाथि दबाव हाल्ने गरेका छन् जो मेरो दृष्टिमा सही र उचित होइन ।
बालबालिकाहरूलाई अनुशासनमा राख्नुपर्छ तर अनुशासनको सिक्रीमा मात्र बाँधेर राखियो भने उनीहरूको चौतर्फी विकास सम्भव हुँदैन। यस कारण केटाकेटीहरूको अगाडि गाली गर्ने, गलत शब्दको प्रयोग गर्ने, झूट बोल्नेजस्ता कार्य गर्नुहुँदैन किनभने यसको नराम्रो प्रभाव उनीहरूमाथि पर्छ। यस कारण अभिभावकहरूले सन्तानको दैनिक क्रियाकलापमा आफ्नो दिनचर्याबाट केही समय निकालेर आफूलाई समावेश गरे भने बालबालिकाहरूको सम्पूर्ण विकास हुने कुरामा म विश्वस्त छु।
यस कारण कुनै प्रकारको कार्यक्रम वा पारिवारिक भेला भएमा केटाकेटीहरूलाई अनिवार्य त्यसमा सामेल गराउनुपर्छ। यसबाट उनीहरू सोशल हुनुका साथसाथै आफ्नो परम्परासँग परिचित हुन्छन् र त्यसबाट पनि केही न केही कुराहरू सिक्छन्। यस्ता अवसरहरूमा कहिलेकाहीं स्वभाववश उनीहरू यस्ता प्रश्न वा जिज्ञासा राख्छन् जो वातावरणअनुरूप नभए तापनि त्यसको जवाफ त्यस बेला अभिभावकहरूले समझदारीपूर्वक दिनुपर्छ र पछि विस्तारपूर्वक सम्झाइदिनुपर्छ। यसो गर्दा उनीहरू भ्रमित हुने सम्भावना न्यून भएर जान्छ।
बालबालिकाहरूको विकास क्रममा अभिभावकले ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरो के हो भने उनीहरूलाई लापरवाह बन्ने छुट दिनुहुँदैन। उनीहरूलाई आवश्यकताभन्दा बढी स्वतन्त्रता दिनुहुँदैन । यसका साथै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि उनीहरूले गर्नसक्ने ससाना कामहरू उनीहरूलाई नै गर्न दिनुपर्छ। यसरी गर्यो भने उनीहरू बाल्यकालदेखि जिम्मेवार र आत्मनिर्भर बन्छन्।
वर्तमान परिवेशमा जेनरेशन ग्यापको कुरो गर्नु सरासर मूर्खतापूर्ण हुन्छ किनभने हरेकले आफूलाई बदलिने कोशिश गरिराखेको हुन्छ। अभिभावकको सोच पनि युगअनुरूप नै देखिन थालेको छ किनभने संयुक्त परिवार एकल परिवारमा परिणत हुँदै गएको छ। संयुक्त परिवारको अभावमा अभिभावकको जिम्मेवारी पनि सोही अनुरूप बढ्दै गएको छ र साथै के देखा पर्ने गरेको छ भने अभिभावकहरूले पनि आफ्नो सन्तानका लागि बढी समय दिन सकिरहेका छैनन्। यस जटिल परिवेशमा बालबालिकाहरूको समुचित विकासको जिम्मेवारी पनि अभिभावककै काँधमा छ। यस कारण खाँचो छ बालबालिकाहरूको सही मार्गदर्शनका लागि स्वयं रोल मोडेल बन्नु।
भन्न के खोजिएको हो भने केटाकेटीहरूको पहिलो पाठशाला उनीहरूको आफ्नै घर भएको हुनाले हामी उनीहरूको अगाडि जुनरूपमा प्रस्तुत हुन्छौं त्यही रूप भविष्यमा उनीहरूले पनि धारण गर्छन्। यस कारण उनीहरूको अगाडि सभ्य र राम्रो आचरणको प्रदर्शन गर्नुपर्छ। यी कुराहरूलाई ध्यानमा राखी यदि माथि उल्लिखित कुराहरूलाई आफ्नो सन्तानको दैनिक क्रियाकलापमा सामेल गर्न सक्नुभयो भने तपाईं पनि आदर्श आमाबुवा वा आफ्नो सन्तानका लागि रोल मोडेल बन्न सक्नुहुन्छ।