जीतलाल श्रेष्ठ, निजगढ, ७ कात्तिक/
माओवादी युद्धकालमा भरतगंजसिगौल नजिकैको राष्ट्रिय वन क्षेत्र १२ बिघाभन्दा बढी फडानी भएको थियो। यसरी फडानी गरिएको वन क्षेत्रको जमीन विद्यालय, मठ मन्दिर, गुम्बालगायत सार्वजनिक संस्थाले भागबन्डा गर्दै हालपनि खेतीबाली लगाउँदै भोग गर्दै आइरहेका छन्। केही वर्ष भोग गर्दै सार्वजनिक जग्गा बिक्री गर्ने प्रथा कुनै नौलो नभएपनि करिब दुई साता अघि फेरि जग्गा बिक्री गरिएको खुलासा भएको छ।
भरतगंजसिगौल–१ मा रहेको टासी छोइलिङ गुम्बाले जङगल क्षेत्रको सरकारी जग्गा फडानी गरी कब्जा जमाउँदै भोग गरिरहेको एक बिघा जमीन ७ (सात) लाखमा बिक्री गर्नेगरी बैना रकम लिएको थियो। यही असोज २५ गते दुई लाख रुपियाँ स्थानीय छोटे थापा भनिने गोर्कण थापासँग बैना लिएपछि सार्वजनिक जमिन बिक्री गरेको हल्ला गाउँघरमा फैलिएको थियो। सचेत स्थानीय बासिन्दा र वनदेवी सामुदायिक वन उपभोक्ता समूह वडा नं. ५/६ ले गुम्बाले बिक्री गरेको उक्त सार्वजनिक जग्गा कब्जामा लिने लिखित निर्णय गरेको छ। यसरी सचेत गाउँलेको सक्रियतामा वन समूहले जग्गा कब्जा गर्ने निर्णय गरेपछि सार्वजनिक वनको जमिन खरिद–बिक्री गर्नेहरू आत्तिएका छन्।
गुम्बा समितिले बिक्री गरेको उक्त जमीन वन समूहले कब्जामा लिने निर्णय गरेपछि गुम्बाले लिएको बैना रकम दुई लाखमध्ये करिब आधा रकम जमिन किन्ने गोर्कण थापाले फिर्ता लिएको बताएका छन्। अन्यले विभिन्न नाममा सार्वजनिक जग्गा खरिद बिक्री गर्दा चाहिं समाज के हेरर बस्यो, आफूले किन्न खोज्दा विभिन्न अवरोध आइलागेको थापाको भनाइ थियो।
यस गाविस नजिकै फडानी गरी कब्जामा लिई उपभोग गरिरहेका राष्ट्रिय वन क्षेत्रको सार्वजनिक जमिन विभिन्न नाममा झन्डै ४ बिघा भन्दा बढी बिक्री भइसकेको र अझैपनि गुपचुप बिक्री गर्ने गरेको स्रोतले जनाएको छ। यसरी अवैध रकम कमाउन राष्ट्रिय वन क्षेत्रको जमिन फडानी गर्दै बिक्री गर्न थालेपछि वन क्षेत्र साँघुरिदै गएको छ। वन विनाश तीव्र रूपमा बढ्दो छ भने चरिचरन दिन– प्रतिदिन अतिक्रमित भइरहेको छ। विद्यालय, गुम्बा निर्माण विकासलगायत विभिन्न बहानामा जग्गा बिक्री गर्ने गरेपनि सम्बन्धित निकाय जिल्ला वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय बारा भने कारबाई गर्न अशक्त रहेको गाउँलेहरूले बताएका छन्।
करिब दुई वर्षअघि स्थानीय वडा नं. ८ स्थित श्री सरस्वती निम्न माविले राष्ट्रिय वन क्षेत्रभित्रको सार्वजनिक एक बिघा जग्गा करिब ५ लाखमा बिक्री गरेको थियो। प्रतीक दैनिक र सगरमाथा टेलिभिजनमा समाचार प्रसारणपछि जिल्ला वन कार्यालय, बाराले कारबाई अघि बढाएपछि फिर्ता गरिएको देखौटी कागज गरेपनि भित्रीरूपमा बिक्री गरिएको स्रोतले जनाएको छ।
यसरी विभिन्न नाममा सार्वजनिक जमीन बिक्री गर्ने गराउने र किन्नेलाई सामाजिक दण्ड र कानुनी कारबाई गर्नुपर्ने एकथरि स्थानीय बासिन्दाको भनाइ छ।
मुलुकमा चरम राजनीतिक अस्थिरताका कारण राष्ट्रिय वन क्षेत्र विगत एक दशकदेखि विभिन्न नाममा मासिंदै जाने गरेको छ। बेलैमा मुलुकको राजनीतिले सही गति नलिने हो भने तराईमा रहेका हरियो वन क्षेत्र बस्तीमा परिणत हुने निश्चित छ। जसका कारण तराईको शिरको रूपमा रहेको विश्वको कमजोर चुरे पहाडपनि सङकटमा पर्ने त छँदैछ, तराईको मरुभूमीकरण तीव्र बन्ने टडकारो देखिएको छ।