प्रस, पथलैया, ५ कात्तिक/
बारा, अमलेखगंजस्थित बस्तीबीच भण्डारण गरिएको हानिकारक विषादि शनिवारदेखि हटाउन सुरु गरिएको छ।
जर्मन इन्टरनेशनल कर्पोरेशन (जिआइजेड) र जर्मन सरकारको संयुक्त प्रयासमा हानिकारक विषादि हटाउन सुरु गरिएको हो।
वातावरण मन्त्रालयको सहकार्यमा अमलेखगंजस्थित कृषि सामग्री संस्थानको गोदाममा भण्डारण गरिएको करिब ५० टन विषादि हटाउने कार्य सुरु भएको उक्त संस्थाका प्रोजेक्ट मेनेजर वल्फे स्किम्प्ट जानकारी दिएका छन्।
उक्त संस्थाले तीन दिनभित्र अमलेखगंजको विषादि तीन साताभित्र विराटनगर, पोखरा, नेपालगंज, हेटौंडा र काठमाडौंमा रहेको विषादि सङकलन गरिसक्ने बताएको छ। देशभरमा करिब ७५ टन विषादि भण्डारण गरिएको छ ।
कृषि सामग्री संस्थानले करिब ३२ वर्षअघि कृषि प्रायोजनका लागि जर्मन लगायत विभिन्न देशबाट भित्र्याएको उक्त कीटनाशक औषधी प्रयोगमा नआएपछि अमलेखगंज गोदाममा भण्डारण गरिएको थियो। बस्तीबीच भण्डारण गरिएको औषधी दिन–प्रतिदिन विषादिमा परिणत हुँदै गएकोले अमलेखगंजवासीको स्वास्थ्यमा असर परिरहेको थियो।
उक्त गोदामबाट निस्कने दुर्गन्धका कारण आँखा पोल्ने, टाउको दुख्नेलगायत समस्या देखिएको थियो। अमलेखगंजमा डिडिटि, क्लोरिन, बिएचसि डस्ट लगायत विषादि रहेको टोलीमा सहभागी कृषि सामग्री संस्थान काठमाडौंका मेनेजर अच्युतप्रसाद पौडेलले जानकारी दिए।
नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय भवनसँगै जोडिएको कृषि सामग्रीको गोदाममा भण्डारण गरिएको विषादिका कारण विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको व्यवस्थापन समितिका अध्यक्ष भरत घलेले बताए। काठमाडौंका चिकित्सक डा. शीतलकाजी श्रेष्ठले गरेको एक अध्ययनले विषादिका कारण विद्यालयका ९६ प्रतिशत विद्यार्थीको रगतमा विषको मात्रा भेटिएको
थियो।
अमलेखगंज प्रहरी चौकीका प्रहरी नायब निरीक्षक अरुण कुशवाहाले विषादिका कारण करिब चार हजार दुई सय स्थानीय बासिन्दालाई प्रत्यक्ष असर परिरहेको बताए।