मानिस, रहनसहन, वेशभूषा, चलन, फेसन, नीति–नियम आदि समयका साथ परिवर्तन हुन सकेनन् भने तिनको अस्तित्व नाश हुन्छ। प्रत्येक मानव समुदायले आफ्नो संस्कृतिलाई नयाँ ढङगले परिष्कार गर्दै समयका साथ माथि वर्णित विषयमा परिवर्तन गर्न सकेन भने अस्तित्वका लागि बाधा आइलाग्छ। एउटा उदाहरण नै लिऊँ हिन्दूहरूको दशैं, क्रिश्चियनहरूको क्रिसमस डे अथवा मुसलमानहरूको इदपर्वको। हिजो समाज सानो छँदा, सामुदायिकता मात्र महत्त्वपूर्ण छँदा यिनको जुन रूप र रङग थियो, आज पनि त्यसैको अनुकरण गरिरहने हो, पुरातनप्रति दुराग्रह राखिराख्ने हो भने यी पर्वहरू हराएर गइसकेका हुन्थे। किनकि हिजोको मानिससँग कार्यव्यस्तता थिएन। प्राय: सबैको पेशा कृषि थियो। कृषिकर्ममा मौसमअनुसार दुईपटक घोर परिश्रम गरेपछि मानिसलाई फुर्सत नै फुर्सत हुन्थ्यो। र उनीहरू चाडपर्वहरूको सर्वाधिक आस्वादन गर्न पाउँथे। आज पनि त्यस्तै व्यवहारको अपेक्षा गर्ने हो भने जागिरदारहरूले जागिर नै गुमाउनुपर्नेछ। आज विदेश गएका लाखौं नागरिकमाथि यी पर्वहरूमा अनिवार्य उपस्थितिको बाध्यता लगाइदिने हो भने मुश्किलले कोही जागिर खान विदेश जान पाउँथ्यो।
पुरानो समयमा वसन्त पञ्चमीदेखि फागुन पूर्णिमासम्म मानिसहरू होली मनाउँथे। घटस्थापनादेखि नै अड्डा अदालतहरू बन्द हुन्थे। आज यो चलन किमार्थ सम्भव छैन । चाडपर्वको मुख्य लक्ष्य मानिसमा स्फुर्ति उत्पन्न गर्नु, एकआपसबीच सम्बन्धलाई सुदृढता प्रदान गर्नु, आफन्तहरूको सुख–दु:खलाई आफ्नो ठान्नु हो। तर आजको सरल तर व्यस्त जीवनमा मानिसलाई यति अवसर नै जुर्दैन। यातायातको सुगमता, कार्यको विविधीकरण आदिले एउटै परिवारका व्यक्ति यत्रतत्र छरिन पुगेका हुन्छन्। कसलाई कुन बेला के पायक पर्दैन, अनि चाडपर्व हिजोजस्तै मनाउने बाध्यता बनाइदिने हो भने कसले धान्न सक्छ ? हो चाडपर्व मनाउनुपर्छ, यसले मानिसलाई आन्तरिक ऊर्जा दिन्छ, तर समय, सामथ्र्य र अवसर हेरेर। आफन्तलाई पनि भेट्नुपर्छ, आउने–जाने र व्यवहार गर्न सचेत रहनुपर्छ तर त्यतिकै लागि आफ्नो काम बिगार गरेर भने होइन। आज धर्म, जातिको बन्धन खुकुलो हुँदै गएको छ। सबैले सबैको चाडपर्वलाई सम्मानको दृष्टिले हेर्न थालेका छन्। तसर्थ अचेल जुनसुकै धर्मको चाडपर्व होस्, सबै धर्मावलम्बीहरूले आदरका साथ शुभकामना लिनेदिने परम्परा बसाल्न थालेका छन्। यसले आफन्तकहाँ पुग्न नसकेका व्यक्तिहरूलाई एउटा भूगोलमा बस्ने सबै आफन्त हुन् भन्ने बोध गराएको छ।
यसरी मानिसहरू आफ्नो धर्मानुसार दशैं, इद, क्रिसमस, छठ आदि पर्व मनाउँछन्स र आफन्तकहाँ पुग्न नसकेको, परिवारबाट टाढिनुपरेको दु:खलाई आपसी सद्भाव प्रदर्शित गरेर बिर्सन्छन्। यसले चाडपर्व परम्परागत रीतिअनुसार नै मनाउनुपर्छ भन्ने बाध्यता रहन जाँदैन। विभिन्न समुदायका मानिसहरू मिलेर एउटै समुदायको भावना विकसित गर्न चेष्टारत रहन्छन्। आजको सङ्कुचित हुँदै गएको विश्व र टाढिंदै गएको परिवारका सदस्यहरूको मनमा कुण्ठा उत्पन्न हुँदैन, नियास्रोले गाँज्दैन र समयको आग्रहलाई स्वीकार गर्दै आत्मोन्नतिमा लागिपर्न निरन्तर उत्प्रेरणा प्राप्त भइरहन्छ। त्यसैले हिजोको फागु आज समयाभाव तथा वर्तमान कार्य–व्यापारले गर्दा सङ्कुचित भएको हो। यसले चाडपर्वको मर्यादा पनि कायम रहन्छ र मानिस आफ्नो संस्कृतिसँग पनि अटुटरूपले बाँधिइरहन्छ।