प्रस, लङगडी, १३ कात्तिक/
विगत एक दशकदेखि अपहरण, तस्करीलगायत दजर्नौं मुद्दामा आरोपित अमिका पटेललाई प्रहरीले पक्राउ गरेको छ। पर्सा, लहावरथकरी गाविस–७ निवासी पटेल लामो समयदेखि फरार रहेका थिए। उनलाई प्रहरीले शनिवार राति २ बजे मुडली गाविसको तीनडोभिया टोलमा छापामारी गरी नियन्त्रणमा लिन सफल भएको हो। पटेल तीनडोभियाका एक तस्करको घरमा लुकी बसेको गोप्य सूचनाको आधारमा छापामारी गर्दा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक सन्तु जयसवालले बताएका छन्।
अमिका पटेलको पहिचान ठूलै अपराधीको रूपमा भएकोले जिल्ला प्रहरी कार्यालय, इप्रका पोखरिया, सुर्जाहा कटी बेस, सशस्त्र प्रहरी बेस पोखरिया, इप्रका लङगडीबाट खटेको संयुक्त टोलीले छापामारी गरेको थियो। सीमावर्ती गाउँ सबैठवा, खेस्राहा, पकाहा, मैनपुर, धोबिया टोल, भेडीहारी, भेलाहालगायत दर्जनौं गाउँमा एक दशकदेखि पटेलको आतङक व्याप्त थियो। केही वर्ष अगाडिसम्म प्रहरीसँग राम्रो साँठगाँठ गरी उनी निर्धक्कताका साथ गाँजा, चरेश, अफिम तस्करीका साथै सीमा क्षेत्रमा अवैध रक्सी भट्टी सञ्चालन गर्दै आएका थिए। त्यसैगरी उद्योगपति मनोज दासको चर्चित अपहरण काण्डमा समेत पटेलको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ। पटेलमाथि भारतको बिहार प्रान्तको पश्चिमी चम्पारण अन्तर्गत सिकटा र कंगली थानामा अपहरण, तस्करीलगायत दर्जनौं मुद्दा छ। बिहारमा वान्टेड रहेकाले उनी बाध्य भई नेपालमैं आफ्ना सहकर्मीको घरमा लुकेका थिए।
केही महिना अगाडि लहावरथकरी गाविस धोबिया टोलमा सीमावर्ती भारतीय ग्राम कठियामठिया निवासी सत्यनारायण साहको घाँटी रेटी हत्या गरेको घटनामा पटेलको संलग्नता रहेको कंगली थाना प्रभारी सञ्जीवकुमार सिन्हालाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन्। उक्त घटनापछि भारतीय प्रहरीले पटेलको खोजी गरेपछि उनी भारत जान छाडेका थिए। रमेश खरेलको पर्सामा सरुवा भएएपछि विगत चार महिनादेखि प्रहरी पटेलको खोजीमा लागेको थियो।
त्यसैगरी प्रहरी चौकी बुडगाइँले अनटेस्ट मोटरसाइकलमा लैजाँदै गरेको ४० केजी सुपारीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिमी चम्पारण शिकारपुर थाना निवासी अभयकुमार साह छन्। पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको बुडगाइँ प्रहरीले जनाएको छ। साहले आफ्नै घरमा थापेको पसलमा बिक्रीका लागि सुपारी लगिरहेको प्रहरी समक्ष बताएका छन्।