महाकवि गेटेले एउटा प्रसङगमा भनेका छन्–
What you can do, or think you can,– Bigin it !
Boldness hath genius, power and magic in it.
Only engage-and then the mind grows heated:
Begin!-and soon your task will be completed.
तिमी जे गर्न सक्दछौ, अथवा सोच्दछौ कि तिमी गर्न सक्दछौं–सुरु गरिहाल। अध्यवसायमा एउटा यस्तो बल हुन्छ कि समस्त प्रतिभा र योग्यता जादू जस्तै काम गर्न थाल्छन्। काममा आफूलाई होमिदेऊ। यसरी होमेपछि नै तिम्रो बुद्धिमा एक प्रकारको उष्णता–एक प्रकारको गर्मी भरिन्छ। त्यसैले सुरु गरिहाल, र छिटै के देख्नेछौ भने तिम्रो लक्षित कार्य पूरा हुन बेर लाग्ने छैन, कुरैकुरामा सम्पन्न हुनेछ ।
प्राय: अधिकांश कार्यमा हामी असफल यस कारण हुन्छौं किनभने त्यो सुरु नै गर्दैनौं। यदि हामीले कुनै पनि कार्य पूरा गर्नुछ भने त्यसलाई सुरु त गर्नैपर्छ। आरम्भ गर्ने प्रयत्नलाई तिरस्कार गरेर हामी कसरी केही गर्न सक्छौं ? मानौं एउटा घर बनाउनु छ– त्यसबारे राय–सल्लाह लिन्छौं, नक्शा बनाउन लगाउँछौं, तर यी सबै सपना हो, जबसम्म घरको जग खनिंदैन, काम सुरु हुँदैन। तर जसै जग खन्न थालिन्छ तपाई प्रसन्न बन्नुहुन्छ।
गेटेको उपर्युक्त शब्द जीवनको प्रत्येक क्षेत्रमा लागू हुन्छ–अध्यात्मको क्षेत्रमा त विशेषरूपले। हामी ग्रन्थहरूमा साधनाका कुरा पढ्न सक्छौं, सन्तहरूसँग त्यस सम्बन्धमा सुन्न सक्छौं र यस मार्गमा साधकलाई कस्तो–कस्तो आनन्द प्राप्त हुन्छ, कुन–कुन प्रकारको अनुभूति हुन्छ आदि कुराहरूको पुस्तकज्ञान हामीलाई निकै हुन्छ। तर जबसम्म हामी साधनामा लाग्दैनौं, तबसम्म ती पुस्तकीय खोक्रो ज्ञानले हाम्रो के भलो हुन सक्छ ? हामीले त अध्यात्मको बाटो समाइहाल्नुपर्छ र बाटोको तीतो–मीठो अनुभवहरूको आस्वादन पनि गर्दै अगाडि बढिरहनुपर्छ। अनि त हाम्रो जुन लक्ष्य छ, जसैजसै त्यसका समीप पुग्नेछौं, हामीलाई आनन्दको अधिकाधिक उपलब्धि हुँदै जान्छ र कविको शब्द सत्य प्रतीत हुन थाल्छ– ध्जबत थयग अबल मय, यच तजष्लप थयग अबल,–
द्यभनष्ल ष्त १
मात्र पढेर तथा जानेर काम चल्दैन– गर्नु पनि पर्छ। सन्तहरूले पटकपटक करनीमाथि जोड दिएका छन्। कथनीको कौडी–मूल्य हुँदैन। एकजना जो पढेर वा जानेर नै सन्तोष गर्दछ, अध्यात्मको वास्तविक आनन्दबाट अपरिचित रहन्छ, तर जो थोरै पनि जानकारी पाएर यस मार्ग हिंड्छ, उसलाई सच्चा आनन्दको अनुभूति हुन्छ। किनकि ‘साधना’ सुन्ने अथवा पढ्ने वस्तु होइन, गर्ने वस्तु हो। कैयौं मानिसलाई सत्सङग सुन्ने रोग हुन्छ,–ती सुन्दछन्–मात्र सुन्दछन्– गर्नु–पर्नु चाहिं साढे बाइस। यस्ता मानिसहरू वञ्चनाको जीवन व्यतीत गर्दछन्स किनकि उनीहरू गर्न त केही गर्दैनन्, सुन्छन्मात्र र प्रमाद–आलस्यको पोषण गर्दछन्।
आध्यात्मिक जीवनमा अल्पारम्भ नै क्षेमकर हुन्छस किनकि यस पथमा हामी जसैजसै अघि बढ्दै जान्छौं, हाम्रो सामु विशाल व्यापक क्षेत्र आफ्नो पूर्ण विस्तारका साथ खुल्दै जान्छ, कहाँसम्म भने एउटा यस्तो स्थानमा पुग्दछौं–जहाँ सबैथोक भित्र–बाहिर अनन्त प्रेम, आनन्द र सौन्दर्यको समुद्रमा डुब्दै गरेको देखिन्छ– अकानतपअज सन ाम नव तवकश्भकब तथयप खपुपमभञ्ब्
खपक्व ष्वलप सपकब ाम धिवच खपतचम लकृपज गनजबब्ब्
अध्यात्मको बाटोमा सानोभन्दा सानो क्रियाको पनि महान् फल हुन्छ। क्रोधलाई प्रेममा, क्षोभलाई क्षमामा, घृणालाई करुणामा परिवर्तित गर्नका लागि महिना अथवा वर्ष लाग्दैन–यो एक क्षणको कार्य हो, तर यस एक क्षणमा साधकलाई महान् फल – महान् आध्यात्मिक लाभ प्राप्त हुन्छ – ऊ कुराकुरैमा साधनाका अनेकौं खण्ड, फडको मारेर नाघ्छ र त्यसै एक क्षणमा ऊ अशान्तिको केन्द्रबाट माथि उठेर शान्तिको केन्द्रमा, नर्कको केन्द्रबाट उठेर स्वर्गको केन्द्रमा पुग्छ।
आकाशमा राति ताराहरू चम्कन्छन्, तर यदि हामी टाउको नै उठाउँदैनौं भने तिनलाई कसरी हेर्न सक्छौं ? र यी वृक्ष जसले सदा प्रार्थनाका लागि हात जोडेका हुन्छन्–यिनको सुषमा पनि हामी कहाँ देख्न सक्छौं ? यी पक्षीहरूको मधुरो गीत हामी कसरी सुन्न सक्दछौं, जबसम्म जगत्को तुमुल कोलाहलबाट आफ्नो कानलाई थुन्दैनौं। र यसै प्रकार, हामीलाई आफ्नो जीवनमा पनि आध्यात्मिक आनन्दको उपलब्धि तबसम्म हुन सक्दैन, जबसम्म हामी आफ्नो नित्यको जीवनमा साना–साना कुरामा पनि अध्यात्मतिर उन्मुख हुँदैनौं ।
भगवान्को सान्निध्यमा एक क्षणको शान्तिले पनि सारा जीवनलाई सुरभित पारिदिन्छ। प्रार्थनामा, हृदयबाट उठेको साँचो प्रार्थनामा जीवनलाई एक्कासि उल्टाइदिने अमोघ शक्ति हुन्छस किनकि जब हामी प्रभुको प्रीति पाउनका लागि उत्सुक हुन पुग्छौं, त्यसै क्षण प्रभुले आफ्नो शान्तिका केही कण हाम्रो हृदयमा छरिदिन्छन्–भगवान् त प्रीति उडेल्नका लागि सदा तयार रहन्छन्–हामी ग्रहण गर्ने स्थितिमा रहौं– जरुरी त्यो छ। यदि हामीलाई आध्यात्मिक उन्नति वाञ्छित छ भने हामीले आफ्नो जीवनमा त्यो दिव्य शक्ति अवतरित गराउन सक्नुपर्छ, जुन मानवी शक्तिबाट अप्राप्य छ, त्यस शान्तिलाई ल्याउनुपर्छ, जुन समस्त प्रकृतिको मूलमा छ र त्यस समतामा स्थित हुनुपर्छ, जसमा यी नक्षत्रहरू स्थित छन् र जसमा सम्पूर्ण हलचल हुँदाहुँदै पनि स्थिरता र शान्ति छ। हामी यस्तो शक्ति, यस्तो शान्ति र यस्तो समतालाई आफ्नो जीवनमा पूर्णरूपेण अवतरित गर्न सकौं, त्यसभन्दा पहिले के आवश्यक छ भने हामी एकछिनका लागि शान्त, स्तब्ध, स्थिर हुन सिकौं, जसमा न कुनै प्रकारको लालसाको तरङग होस् र चिन्तनको उठान नै। चिन्तनको सीमा नाघेर हामी भावनाको क्षेत्रमा प्रवेश गर्दछौं–जुन आत्मदेवको साक्षात्कारको क्षेत्र हो–जहाँ सम्पूर्ण पवित्रता र शक्तिको प्रवाह छ। यही हो प्रेमको साम्राज्य, त्यो प्रेम जसले पक्षीहरूको हृदयमा सुमधुर सङगीत स्थापना गर्दछ, त्यो प्रेम जुन फूलहरूको मुस्कानमा मडारिइरहन्छ, त्यो प्रेम जुन सिमसिमे मेघको रिमझिममा स्थित हुन्छ, हावामा तरङिगत हुन्छ र जुन समस्त चर–अचरको पर्दाबाट चियाइरहन्छ– र जसको स्पर्शमात्र पाएर सबैथोक ‘सुन्दरमय’ बन्न पुग्दछ। यस प्रेमले जडलाई स्पर्श गरेर चेतन, मानवलाई स्पर्श गरेर ‘देव’ बनाइदिन्छ । यदि हामीले आफ्नो मन प्राणलाई शान्त र स्थिर पार्न सक्यौं भने छिनभरमा अन्तरिक्षबाट खनिएको प्रेमको यस प्रवाहमा हाम्रो मन–प्राण परिप्लावित हुन पुग्नेछ। कसरी भने राति जसरी सुटुक्क ओसले घाँसलाई नुहाइदिन्छ। कति मधुर हुनेछ हाम्रो जीवन, कति सुन्दर र कति पवित्र १
त के यो सपना हमेशा सपना नै बनिरहने छ ? होइन, एकैछिन चित्तमा उठ्ने कोलाहललाई शान्त पारेर आफ्नो चित्तलाई भगवान्मा लीन पारिदिऊँ। यसका लागि भगवान्को चरणमा आफ्नो शिर निहुराइदिउँm, आफ्नो समस्त चिन्ताहरू भगवान्लाई सुम्पिदिऊँ–भगवान्ले तिमीलाई आफ्नो आलिङगनमा बाँध्नेछन्, तिम्रो हृदयको घाउमाथि आफ्नो प्रीतिको मलम लगाइदिनेछन्। तिमी कृत्यकृत्य हुनेछौ। ¼खगत्रयपल ५ मथ्सप।प½