झन्डै देशभरिका अखबारहरूले निकै लामो समयदेखि नष्ट गर्न वा मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी व्यवस्थापन गर्न माग गरेको अमलेखगंजलगायत विराटनगर, पोखरा, नेपालगंज, हेटौंडा र काठमाडौंमा रहेको विषादि बल्ल व्यवस्थापन हुन थालेको छ । कृषि कार्यलगायत विभिन्न प्रयोजनका लागि ल्याइएको तर प्रयोग हुन नसकेर ३२ वर्षदेखि अमलेखगंजस्थित कृषि सामग्री कम्पनीको गोदाममा थन्क्याइएको ५० टन विषादि जर्मन इन्टरनेशनल कर्पोरेशनको सहयोगमा जर्मनी पठाएर नष्ट गरिने भएको छ । ढिलै भएपनि अब अमलेखगंजको सो क्षेत्र विषादिको प्रभावबाट मुक्त हुने कुराले स्थानीय बासिन्दामा खुशी ल्याएको छ । किनकि उक्त विषादिको असरले स्थानीय बासिन्दालगायत विषादि भण्डारण गरिएको गोदाम नजिकै रहेको विद्यालयका विद्यार्थीहरू नराम्ररी प्रभावित भएका थिए । गर्मी चर्केपछि विषादिको गन्ध चारैतिर फिंजिएर विद्यार्थीहरू बेहोश हुने, वाकवाकी लाग्ने, टाउको दुख्नेलगायत रोगबाट पीडित हुने गरेका थिए । त्यही अवस्था गोदाम नजिक बसोबास गर्ने मानिसहरूको पनि हुने गरेको थियो ।
विषादि हटाउन थालियो, अधिराज्यभरि रहेको यस्तो ७५ टन काम नलाग्ने विषादिमध्ये ५० टन अमलेखगंजमा मात्रै रहेको थियो । बाँकी २५ टन अन्यत्र स्थानमा रहेका थिए । स्वत:सिद्ध छ अमलेखगंजका बासिन्दा यस विषादिबाट कति प्रभावित बनेका होलान् । त्यसैले होला विषादि व्यवस्थापनको पहिलो कारबाई अमलेखगंजबाट सुरु गरिएको छ, र तीन दिनभित्र अमलेखगंजमा रहेका विषादि सबै हटाइसकिने बताइएको छ तथा मुलुकभरि रहेका बाँकी विषादि पनि तीन महिनाभित्र थान्को लगाउने प्रयास जारी छ । अहिलेलाई विषादि प्रकोप अन्त भएको मान्नुपर्ने अवस्था देखिएको छ । तर बितेको समयमा यी विषादिले जनस्वास्थ्यमा कति हानि पुर्याएको छ, त्यसको भर्पाई सरकारले गर्छ कि गर्दैन भन्ने कुरा पनि सँगै उठाउनुपर्ने भएको छ । विषादि हटाएर सरकार धन्यवादको पात्र बन्न सक्दैन, किनकि सरकारकै लापरवाही र अज्ञानताका कारण जनताले बितेको दिनमा मात्र होइन आउँदा दिनहरूमा समेत विषादिको प्रभाव झेलिरहने छ । काठमाडौंका डा. शीतलकाजी श्रेष्ठले अमलेखगंज विद्यालयमा पढ्ने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दा ९६ प्रतिशत विद्यार्थीको रगतमा विष फेला परेको बताएका छन् भने अमलेखगंव प्रहरी चौकीका प्रहरी निरीक्षक अरुण कुशवाहाले झन्डै चार हजार बासिन्दा विषादिबाट प्रभावित भएका बताएका छन् ।
विष यस्तो वस्तु हो जुन एकपटक मानव शरीरमा प्रवेश गरेपछि पुन: शरीरबाट बाहिर आउँदैन । जति मात्रामा मानव शरीरमा विष पुगेको हुन्छ त्यही अनुपातमा शरीरलाई रोगी बनाउँछ । यसरी ठूलो परीक्षण नगर्दा पनि विषादिको कुप्रभाव अमलेखगंजमा हाल बसोबास गरेका पाँच हजारजति मानिसमा परेको देखिन्छ । तिनका स्वास्थ्यबारे सरकारले चासो लिने कि नलिने ? सामान्य दुर्घटनामा मानिस मर्दा शहीद घोषणा गराउन आन्दोलन चलाउने राजनीतिक पार्टीहरूले यस अति अमानवीय गतिविधिप्रति सरकारलाई सचेत गराउने कि नगराउने ? सत्ता र कुर्सीको लागि जथाभावी क्षतिपूर्ति दिंदै हिंड्ने सरकारले यस मानवीय कार्यमा अलिकति पनि संवेदना देखाउने हो भने हजारौं नागरिकले विषको कुप्रभावलाई केही मात्रामा भए पनि सहने शक्ति जुटाउन सक्नेछन् ।