रमेशमोहन अधिकारी
आफ्नो उमेर अनुसार ठीकै कदको, लाम्चो मोहडाको, सङ्कोच मान्दै अलिअलि मुस्कुराउँदै आफूतिर आउँदै गरेको आकृति सम्झँदै छु अहिले म। गहुँगोरो त्यस आकृतिले मसँग परिचय गर्दा ऊ १२/१३ वर्षको हुनुपर्छ । अत्यन्त प्रतिभाशाली धियाँले त्यो केटो आज यस संसारमा छैन र पनि मेरो मनभरि, मस्तिष्कभरि अटेसमटेस गरेर रहेको छ।
नारायण सापकोटा हो उसको नाम । मकवानपुरको धियाँलमा जन्मेको नारायण मसँग अलि लजाउँथ्यो। अलिअलि डराउँथ्यो पनि कि १ मैले उसलाई पढाएको थिइनँ। ऊ मेरो नातामा पनि पर्दैनथ्यो। ऊ मेरो गाउँले पनि थिएन र पनि म उसलाई कसरी–कसरी नजिक ठान्थें।
ऊ मकवानपुरको छतिवनमा सुरुमा आफ्नै बन्धुबान्धवसँग सम्पर्कमा आएको थियो। सायद थर मिल्नेसँग नजिकिन सजिलो पर्ने र सहयोग पाइन सक्ने सम्भावना देखेको थियो उसले। त्यसैले मेरा अनन्य मित्र उद्धव सापकोटासँग पहिलो सम्पर्क राखेको थियो उसले। उहाँले उसले सम्पर्क राख्नासाथ मलाई जानकारी गराउनुभएको थियो। उसले प्राथमिक तहको पढाइ पूरा गरेको थियो। उसको गाउँमा निमावि तहको विद्यालय थिएन। ऊ बाँकी पढाइ पूरा गर्न चाहन्थ्यो। उसको घरायसी स्थिति उसको आगामी पढाइका लागि उपयुक्त थियो वा थिएन, त्यो आफ्नो ठाउँमा छ तर ऊ भने आफ्नो मार्ग आफैं बनाउन चाहन्थ्यो। आफ्नाबारे आपैंm सम्भावना खोज्न चाहन्थ्यो र ती सबै कुरा बुझेर आफैंमा ढुक्क हुन चाहन्थ्यो। त्यही भएर उसले उद्धव सरसँग सहयोगको याचना गरेको थियो। उहाँले उसलाई आफ्नै घरमा राखेर अध्ययन पूरा गराइदिने आश्वासनसमेत दिनुभएको थियो। तर पनि उसले उहाँलाई पत्याएन। ऊ अरूले बुझाएको कुरा बुझाएकै जसरीभन्दा आफ्नै प्रकारले बुझ्थ्यो। आफूले जसरी बुझ्थ्यो, त्यसरी नै ऊ काम गथ्र्यो। त्यसैले उद्धव सरको आश्वासन र अपेक्षाको उपेक्षा गरेर ऊ पढ्नका लागि छतिवनको साटो फापरबारी पुगेको थियो।
फापरबारीमा पनि ऊ त्यति रम्न सकेन र पछि पढ्न भनी गैंडाटारतिर लाग्यो। गैंडाटार मेरो गृह नगर चन्द्रनिगाहपुरमैं पर्ने हुनाले र म पनि शिक्षण सेवामा स्थायी नियुक्ति पाएर आफ्नै गृह जिल्ला पुगेको हुनाले मेरो र उसको सम्बन्धले विस्तार पायो।
मलाई उसको स्थिति प्राय: थाहा थियो। त्यसैले म उसलाई सहयोग गर्न चाहन्थें तर ऊ आर्थिक वा त्यस्तै प्रकारको सहयोग चाहँदैनथ्यो। यस्ता विषयमा त ऊ मसँग मुखसमेत खोल्दैनथ्यो।
ऊ पाँच कक्षा पढ्दा–पढ्दै राम्रा चिठी र लेख लेख्न सक्ने भइसकेको थियो। छ कक्षादेखि त उसले शैक्षिक स्तरका तुलनामा राम्रै कविता लेख्न थालिसकेको थियो। त्यसैले मसँग ऊ आफ्ना रचनाहरू छपाउने सन्दर्भमा मात्र सहयोग चाहन्थ्यो।
त्यस ताका चन्द्रनिगाहपुरमा साहित्य गोष्ठी अलि बाक्लै हुन्थ्यो। ऊ प्रत्येक साहित्य गोष्ठीमा आओस् र प्रतियोगिताहरूमा भिडोस्, सके पुरस्कार पनि ल्याओस् भन्ठान्थें म। तर ऊ कहिलेकाहीं त फेला नै पर्दैनथ्यो।
म शङ्कर गुदर उच्च मावि समनपुर, रौतहटको शिक्षक भएपछि प्रधानाध्यापक तथा मेरा गुरु शिवचन्द्र साहको अपेक्षा बमोजिम मेरो तत्परतामा ‘समनपुष्पै नामको त्रैमासिक पत्रिकाको प्रकाशन आरम्भ भएको थियो। मैले त्यस पत्रिकालाई हुलाक खर्च मात्र जुटाउने किसिमले आत्मनिर्भर बनाउन खोजेको थिएँ। त्यसका लागि वार्षिक सदस्यता अभियान चलाइएको थियो। नारायणले पनि आफ्नो विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई ग्राहक बनाइदिएर ठूलो गुन लगाएको थियो। उसको र मेरो भेट हुनै पर्ने यस सम्बन्धले हामीलाई नजिक्याएको थियो। यति हुँदासम्म पनि ऊ कतिपय अवस्थामा भेट्न चाहँदैनथ्यो। कतिपय अवस्थामा त चिठी मात्रले काम चलाउन खोज्थ्यो। मेरो विद्यालय र उसको विद्यालयको दूरी २४ किमी भए पनि बसाइको दूरी भने ५ किमी मात्र थियो।
अन्तर्मुखीहरूको स्वभाव हो यो। उनीहरू आफ्ना कुरा सितिमिति अरूलाई भन्न सक्तैनन्। कि त आफ्ना कुरा आफैंभित्र सीमित राख्छन् कि त मौखिक खबर वा चिठीको प्रक्रिया अपनाउँछन्। उसले मसँग हक्की भएर भेट्न नसक्नुको एक मात्र कारण उसको सङ्कोची स्वभाव नै थियो।
मैले उसका चिठीहरू पढेर उसलाई चिठीद्वारा वा मौखिक रूपमा ‘तिमीले मसँग भेट्न कुनै सङ्कोच मान्नु पर्दैैन’, ‘अप्ठ्यारो नमानी भेट’, ‘बसेर कुरा गरौ’ भन्ने सन्देश पठाएपछि मात्र भेट्न थालेको थियो। भेटेर कुरा गर्दा पनि ‘सरसँग कुरा गर्न डर लाग्छ’ भन्थ्यो।
ऊ अलि छटपटे स्वभावको थियो। ऊ जे गथ्र्यो, त्यसमै टिकिरहन उसलाई गार्हो हुन्थ्यो। ऊ जुन विकल्प भेट्थ्यो, त्यो स्विकाथ्र्यो तर त्यसभन्दा राम्रो विकल्प भेटेपछि पहिलोलाई त्याग्न पनि पछि पर्दैनथ्यो। यही अस्थिरता र छटपटे स्वभावले उसले कमर्स पढ्न छोडेर अङ्ग्रेजी इच्छाधीन राखेर मानविकी पढ्न थालेको थियो र हेटौंडा पढ्न छाडेर काठमाडौं पढ्न खोजेको थियो।
यथार्थमा उसको परिवार उसलाई पढाउन पटक्कै नसक्ने अवस्थामा थिएन । उसको अन्तर्मुखी स्वभावले गर्दा उसले परिवारमा आफ्नो कुरा राम्ररी राखेन वा राख्न सकेन। त्यसैले कहिले ऊ छात्रवृत्ति पाए राम्ररी पढ्न सकिन्थ्यो भन्ठान्थ्यो र कहिले आफ्नै खुट्टामा उभिन चाहन्थ्यो। स्वाभिमानी हुन खोज्नु राम्रो गुण थियो भने बढी छटपटे हुनु उसको कमजोरी थियो।
उसको मृत्युको कारण उसको गरिबी होइन, उसले चाहेका सहयोगहरू नपाउनु पनि होइन। उसका अनन्त महत्त्वाकाङ्क्षा, ती महत्त्वाकाङ्क्षाहरू पूरा गर्न नसकिने आफनै किसिमको अड्कल, तिनलाई पूरा गरी छाड्ने सङ्कल्प र तत्कालै उपलब्धिहरू प्राप्त गरी हाल्ने अभीप्सा नै उसका मृत्युका कारणहरू हुन सक्छन्।
ऊ बढी कल्पनाशील थियो। त्यही कल्पनाशीलताले उडाएर कहिले उसलाई टाइफाइड भएको मौकामा पनि काठमाडौं पुर्याउँथ्यो भने कहिले दुई तीन महिना पढिसकेको विषय बदलिन फेरि काठमाडौं पठाउँथ्यो। कहिले हेटौंडामा नियमित अध्ययन गरिरहेको त्यस मान्छेलाई धियाँलको कुनै विद्यालयमा निजी स्रोतमा शिक्षक बनी हाल्न प्रेरित गथ्र्यो।
यसरी नेपाली साहित्यको सुन्दर स्रष्टा बन्न सक्ने खालको बीस वर्ष पनि पूरा हुन नपाएको केटो असमयमैं मर्नुपर्यो, गाडी दुर्घटनामा एकैजनाले मात्र ज्यान गुमाउनुपर्दा पनि उसैले यो संसार छाड्नुपर्ने दु:खद स्थिति आइपर्यो। यसरी नेपाली साहित्यको आसलाग्दो प्रतिभा २०६४ साल साउन २८ गते अचानकै ढल्यो।