उपेन्द्र यादव, बारा, ७ कार्तिक/
नेकपा एमाले, बाराका सभासद् रामचन्द्र प्यासीले जिल्लाका जिम्मेवार नेताहरू दलाली र भ्रष्टाचारीमा लागेको आरोप लगाएका छन्।
प्रेस चौतारी बाराले आज कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद् प्यासीले एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यक्तिले बाराका कलकारखानामा दलाली गरी रकम कमाउने र त्यही रकमले जिल्ला कार्यसमितिको पदाधिकारी किनमेल गरी गुट–उपगुट खडा गरेको आरोप लगाएका हुन्।
सभासद् प्यासीले बाराका स्थानीय निकायहरूमा भइरहेको अनियमितताको कारण पार्टीभित्र पनि भ्रष्टाचारी प्रवृत्ति विकसित हुँदै गएको बताएका छन्।
“माओवादीले नै देशमा शान्ति र संविधान नचाहेकोले तीनपटक संविधानसभाको म्याद थप्दा पनि शान्ति बहाली र संविधान बन्न सकेन”– प्यासीले भने–“प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत भ्रमणको क्रममा गरेको विपा सम्झौता नेपाली व्यापारीभन्दा भारतीय व्यापारीहरूलाई फाइदा पुग्ने हुँदा यो सम्झौता राष्ट्रघाती हो।”
पत्रकार सम्मेलनमा देखिएको कुराले एमाले बाराको विवाद साम्य हुनुभन्दा चर्किएको बुझिन्छ।
प्रेस चौतारी बाराका अध्यक्ष सुवासप्रसाद साहको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो।