प्रस, वीरगंज, १३ कात्तिक/
वीरगंजको उल्लेख्य स्थानको सूचीमा पर्ने घण्टाघरको मरम्मत सम्भार भएको छ। वीरगंज उपमहानगरपालिका कार्यालयले उपभोक्ता समितिमार्फत् करिब साढे तीन लाखको खर्चमा वीरगंजको पहिचान बनेको घण्टाघरको मरम्मत सम्भार रङगरोगन गराएको हो । अहिले घण्टाघर पुन: वीरगंज आउनेहरूका लागि एकपटक हेर्ने लायक बनेको छ। वीरगंजको दृश्यावलोकनका लागि घण्टाघर खुला अवस्थामा थियो। तर घण्टाघरको माथिल्लो भागमा दृश्यावलोकनका लागि जानेहरू सिढी चढ्दा चराचुरुङगीको मलमूत्र गन्हाएर दृश्यावलोकनका लागि जान छाडेका थिए ।
अहिले बाहिर र भित्र रङगरोगनका साथै आन्तरिक सफाइ पनि भएकोले पुन: दृश्यावलोकनका लागि उपयुक्त बनेको छ। घण्टाघरको मरम्मत सम्भार, रङगरोगन दातृसंस्थाले दिन लागेको नयाँ घडीको कारण भएको हो। जापानको युन्याको जेसीजले अत्याधुनिक घडी यही नोभेम्बरमा जडान गरिदिने वीरगंज जेसीजका अध्यक्ष विजयराज कर्णिकारले बताएका छन्। पुरानो घडी मरम्मतका लागि ठूलो धनराशि खर्च भएपनि घडी धेरै दिन नचल्ने भएकोले दातृसंस्थाले नयाँ घडी जडानका लागि प्रयास गरेको हो। दातृसंस्था युन्याको जेसीजले नयाँ घडीका अलावा लोडसेडिङगबाट घडी प्रभावित नहोस भनेर बैट्री र सोलार प्रणालीको व्यवस्था गरेको छ। पुरानो घडीले चारदिशाबाट विगत लामो समयदेखि चारवटा समय दिने गरेकोले गलत समय हेरेर आफ्नो जात्रा बिग्रने सोच राख्नेहरूले घडी हेर्नै छाडेका थिए ।