उमाशङकर द्विवेदी
दशैंकोठामा प्रथम दिन विधिपूर्वक घटस्थापना गरिसके पछि शैलपुत्रीको पूजा गरिन्छ भने दोस्रो दिन भगवतीको ब्रह्मचारिणी रूपको पूजा–आराधना गरी मनाइन्छ। यस वर्ष आश्विन महिनाको शुक्ल पक्षको तृतीया तिथिको क्षय भएको हुनाले तृतिया तिथिका दिन पूजा गरिने चन्द्रघण्टा माताको पूजा पनि द्वितीया तिथिकै दिन मनाइने छ । पूजास्थानमा श्री दुर्गासप्तशतीको पाठ गरिन्छ। श्री दुर्गा सप्तशती संस्कृत भाषामा विभिन्न ऋचा, स्तोत्र, मन्त्र तथा कथाको रूपमा रहेको पाइन्छ। श्री दुर्गा सप्तशतीमा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवि कवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त,श्रीदेव्यथर्वशीर्षम् नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वाङकको रूपमा गरिन्छ। त्यस पछि वास्तविक पाठ सुरु हुन्छ। मुख्य पाठमा जम्मा तेर्ह अध्याय छन्। ती अध्यायहरूलाई भगवतीको तीन चरित्रमा विभाजन गरिएको छ। प्रथम चरित्रको पाठ महाकालीको आराधना तथा उनको प्रसन्नताको लागि गरिन्छ। यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ जसमा मार्कण्डेय ऋषिले सूर्यपुत्र सावर्णि भगवतीको अनुग्रहले कसरी मन्वन्तरको स्वामी हुन पुगे, राजा सुरथले शत्रुहरूबाट पराजित भएर आफ्नो गुमेको राज्य माता भगवतीको आराधनाबाट फेरि प्राप्त गर्न सफल भए भन्ने कथाको साङकोपाङक वर्णन छ। यसै अध्यायमा मधुकैटभ नामक दुई भयानक राक्षस भाइहरूको भगवान विष्णुद्वारा बध भएको कथा वर्णित छ।
प्रथम चरित्रपछि मध्यम चरित्रको पाठ गरिन्छ। प्रथम चरित्रमा दोस्रो, तेस्रो तथा चौथो अध्याय पर्दछ। यी तीन अध्यायहरूमा महिषासुर बधको कथा वर्णित छ। मध्यम चरित्रको पाठ भगवती महालक्ष्मीको आराधना तथा प्रसन्नताको लागि गरिन्छ। यस प्रसङकमा चिक्षुर, चामर, उदग्र, महाहनु, असिलोमा, बाष्कल, बिडाल, दुर्धर, दुर्मुख आदि महान् राक्षसहरूको बधको कथा वर्णित छ।
यी दुई चरित्रपछि उत्तर चरित्रको पाठ हुन्छ। उत्तर चरित्रमा पञ्चम अध्यायदेखि तेर्ह अध्यायसम्म जम्मा आठवटा अध्यायको पाठ हुने गर्दछ। उत्तर चरित्रको पाठ श्री महासरस्वतीको आराधना तथा प्रसन्नताको लागि गरिन्छ । यस प्रसङकमा चण्डमुण्ड, धूम्रलोचन,रक्तबीज, निशुम्भ, शुम्भजस्ता भयानक राक्षसहरूको बधको कथा वर्णित छ। तदन्तर देवताहरूद्वारा देवीको स्तुति तथा देवीद्वारा देवताहरूलाई वरदान, देवी चरित्रको पाठको माहात्म्य तथा अन्त्यमा राजा सुरथ र वैश्यलाई देवीको वरदान कथाहरू वर्णित छन्।
तीनवटा चरित्रको पाठ गरिसकेपछि फेरि विनियोग, ऋष्यादिन्यास, करन्यास, हृदयादिन्यास, अक्षरन्यास, दिङन्यास, देवीको ध्यान गरेर नवार्ण मन्त्रको जाप गरेर ऋग्वेदोक्त देवीसूक्त, तन्त्रोक्त देवीसूक्त, प्राधानिक रहस्य, वैकृतिक रहस्य तथा मूर्तिरहस्यको पाठ पढेपछि क्षमा प्रार्थना गरेर पाठको समाप्ति गरिन्छ। दुर्गाद्वात्रिंशन्नाममाला, सिद्ध कुञ्जिका स्तोत्र तथा दुर्गा मानस पूजा ऐच्छिक पाठ हो। दुर्गा पाठका अन्यान्य अरू पनि पाठका प्रकारहरू अस्तित्वमान छन्।
संसारमा प्रत्येक प्राणीको लागि मातृभावको ठूलो महिमा छ। मानिसले सबभन्दा बढी श्रद्धा मातृ चरणमा नै अर्पित गर्दछ किनकि सर्वप्रथम माताको काखमा नै उसलाई लोकदर्शनको सौभाग्य प्राप्त हुन्छ । भगवती महाशक्तिस्वरूपिणी देवी तथा समष्टिस्वरूपिणी सम्पूर्ण जगत्का माता हुन्, उनी नै सम्पूर्ण लोक कल्याणको मार्ग प्रदर्शित गर्ने ज्ञानगुरुस्वरूपा पनि हुन्। वास्तवमा भन्ने हो भने महाशक्ति नै परब्रह्मको रूपमा प्रतिष्ठित छिन्। उनी नै विभिन्नरूपमा नानाविध लीलाहरू गर्दछिन्। उनकै शक्तिले ब्रह्माले विश्वसृजन गर्दछन्, विष्णु पालन गर्दछन्, तथा शिवले संहार गर्दछन् । अत: यिनी नै जगत्को सृजन, पालन, संहार गर्ने आदिनारायणी शक्ति हुन्। यी नै महाशक्ति नौ दुर्गा, दश महाविद्याको रूपमा प्रतिष्ठित छिन् तथा तथा यिनी नै महाशक्ति देवी अन्नपूर्णा, जगद्धात्री, कात्यायनी, ललिता तथा अम्बा हुन्। गायत्री, भुवनेश्वरी, काली, तारा, बगला, षोड्शी, त्रिपुरा, धूमावती, मातङकी, कमला, पद्मावती, दुर्गा आदि देवीहरू यिनै भगवतीका रूपहरू हुन्।
आजको लागि हामी माता भगवतीको रूपको स्मरण गरौं–
ॐ बालरविद्युतिमिन्दुकिरिटां तुङ्गकुचां नयनत्रययुक्ताम्।
स्मेरमुखीं वरदाङ्कुशपाशाभीतिकरां प्रभजे भुवनेशीम्।।