विश्वराज अधिकारी
इजिप्टको आन्दोलनबाट प्रभावित भएर फरवरी ११, २०११ मा यमनी जनताले त्यहाँको वर्तमान सरकारविरुद्ध सुरु गरेको आन्दोलन कुन दिशातर्फ उन्मुख हुन्छ भन्न सजिलो छैन। बरु उल्टो ३३ वर्षसम्म सत्तामा रहेका
यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहले त्यहाँ भइरहेको जन विद्रोहलाई आतङकवादी सङगठित आक्रमण हो, आतङकवादीहरू हिंसा मचाएर राज्यशक्ति आफ्नो हातमा लिन खोजिरहेका छन् र देशभित्र अस्थिरता पैदा गरेर मुलुकको सम्पत्ति लुट्न खोज्दैछन् भनी आरोप लगाइरहेका छन्। तीन महिना साउदी अरबियामा इलाज गराएर स्वदेश फर्केका राष्ट्रपति सालेह सत्ता हस्तान्तरण गर्न इच्छुक देखिएका छैनन्। कतिपयले त सालेह यमन फकिर्दैनन् भनी अडकलसमेत गरेका थिए।
अर्कोतिर भ्रष्टाचार र गरिबीको कारण बनेको सालेह शासन व्यवस्था जसरी पनि ढालेरै छाड्ने उद्देश्य बोकेर आन्दोलित यमनी जनता राष्ट्रपति सालेहलाई सत्तामा देख्न चाहिरहेको छैन र कुनै नयाँ किसिमको बहाना झिकेर सालेहले सत्तामा आफ्नो पकड झनै बलियो पार्ने हुन् कि भन्ने त्रास छ। हुनत यमनमा सत्ता हस्तान्तरण त्यति सजिलो छैन पनि। सालेहका पछाडि त्यस्ता धेरै स्वार्थी तत्त्वहरू छन् जो सालेहलाई सत्तामा टिकाइराखेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन्। सालेह बलियो भएमा आफूहरू पनि बलियो रहने कुरामा उनीहरू निश्चित छन्। यमनमा बढ्दो गरिबी र भ्रष्टाचार त्यस्ता स्वार्थी तत्त्वहरूका लागि गौण तथा शक्ति र साधनमाथि आफ्नो हालीमुहाली प्रधान हुन पुगेको छ। राष्ट्रपति सालेहको पछाडि त्यस्ताहरूको ठूलै जमात छ। त्यस्ता तत्त्वहरूको सहयोगले गर्दा नै सालेह लामो समयसम्म सत्तामा रहन सफल भएका पनि हुन्। राष्ट्रपति सालेह पनि कम महत्त्वाकाङ्क्षी छैनन्, शक्ति आफ्नो हातमा लिने सन्दर्भमा। आफ्ना धेरै विरोधीहरूको सफाया गरेको यिनीमाथि आरोप छ। सेनाबाट राजनीतिमा प्रवेश गरेका सालेह १७ जुलाई १९७८ मा यमन अरब रिपब्लिकका राष्ट्रपति, चिफ अफ स्टाफ र कमान्डर इन चिफ अफ द आम्र्ड फोर्ससमेत भएका थिए र त्यस बेलादेखि निरन्तर शक्तिशाली रहँदै आएका छन्। सन् १९९० मा उत्तरी र दक्षिणी यमनको एकीकरण भएपछि पनि जोडिएको यमनको राष्ट्रपति सालेह नै भए। लामो समयसम्म सत्ताको सुख प्राप्त गरेका अति महत्त्वाकाङ्क्षी सालेह सजिलै सत्ता छाड्ने मनस्थितिमा छैनन्। मार्च २१, १९४२ मा जन्मेका सालेहले सोर्ह वर्षको उमेरमा नोर्थ यमनी आम्र्ड फोर्सेसमा प्रवेश गरेका थिए। हाई स्कूलसम्म पनि पास नगरेका यिनले शक्ति र कूटनीति दुवैको बलमा आफूलाई यमन– राजनीतिको केन्द्र बिन्दुमा राख्न सफल भए। तर अब भने आउने दिनहरू सालेहका लागि सजिलो देखिएको छैन। अरब जगत्मा फैलिएको प्रजातान्त्रिक चेतनाको लहर इजिप्ट– लिबिया हुँदै यमनसम्म पुगेको छ र त्यो लहरलाई रोक्न सालेहलाई निकै गार्हो हुने देखिएको छ। बरु अन्तर्राष्ट्रिय जगत्को चासो र चिन्ता के छ भने सालेहको सत्ता बहिर्गमनपछि बन्ने सरकारमा प्रजातान्त्रिक शक्तिको पकड बलियो हुनेछ वा अप्रजातान्त्रिक शक्तिको ।
यमनमा प्रजातान्त्रिक परिपाटीमा चुनाव गराउन, भ्रष्टाचार नियन्त्रण गर्न तथा सालेहको शासन व्यवस्थाको अन्त्य गर्न भनी राजधानी सानाको चेन्ज स्क्वायरलाई मुख्य थलो बनाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सरकार विरोधी आवाजलाई बलियो पार्दै लगेका मात्र छैनन्, अन्तर्राष्ट्रिय समुदायको समर्थनसमेत प्राप्त गरेका छन्। संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियनलगायत अन्य राष्ट्रहरूले समेत यमनी सरकारलाई हिंसा रोक्न भनेका छन्। र यसैगरी द्वन्द्वरत दुवै पक्षहरूलाई शान्तिपूर्वक शक्ति हस्तान्तरण गर्न सल्लाह पनि दिएका छन् । यस वर्षको अन्तमा राष्ट्रपतिको निर्वाचन गराउनसमेत राष्ट्रपति सालेहलाई दबाब दिरहेका छन्। गल्फ कोअपरेसन काउन्सिलसमेतले यमन सरकारलाई शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्न आह्वान गरिसकेको छ।
यमनमा जारी आठ महिनादेखिको सङ्घर्षमा २०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।
अरबियन पेनिनसुलामा अवस्थित यो देश गरिबी र भ्रष्टाचार दुवैको चपेटामा परेको छ । अरब विश्वका ज्यादै कम विकास गरेका तथा अति निर्धन राष्ट्रहरूमध्ये यमन एक हो। एकातिर जनसङ्ख्या वृद्धि तीव्र गतिमा भइरहेको छ भने अर्कोतिर रोजगारका लागि श्रम बजारमा प्रवेश गर्नहरूको सङ्ख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ। परिणामस्वरूप बेरोजगारीहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको छ। मध्य–पूर्वमा रहेको यो देश तुलनात्मकरूपमा मध्य–पूर्वका अन्य देशहरूभन्दा आर्थिकरूपमा कमजोर छ, स्रोत र साधनको हिसाबले। र त्यस्तो हुनुको मुख्य कारण यमनसँग तेल भण्डार कम हुनु हो। अर्कोतिर यस देशको अर्थ व्यवस्था तेलमा नै आश्रित छ। यमनको तेल भण्डार सन् २०१७ सम्म समाप्त हुनेछ भनी विज्ञहरूले अनुमान गरेका छन्। विज्ञहरूको विचारमा तेल भण्डार सकिएपछि यमनको अर्थतन्त्रले ठूलो चुनौतीको सामना गर्नुपर्ने स्थिति आउन सक्छ। हुनत यमनमा प्राकृतिक ग्याँस भण्डार पनि छ।
यमनको आर्थिक विकासको गतिलाई ज्यादै सुस्त पार्न यस देशमा व्याप्त भ्रष्टाचार मुख्य जिम्मेवार मानिन्छ । भ्रष्टाचार ठूलो स्तरमा रहेकोले विदेशी लगानीकर्ता यमनमा आएर लगानी गर्न हिचकिचाइरहेका छन्।
५ लाख ५५ हजार वर्गकिलोमिटरमा फैलिएको यमन क्षेत्रफलको आधारमा विश्वको ५० औ ठूलो देश हो। सन् २००९ को अनुमान अनुसार यहाँको जनसङ्ख्या २ करोड ३५ लाख ८० हजार रहेको थियो। सन् २००९ कै अनुमानअनुसार कुल गार्हस्थ्य उत्पादन र प्रतिव्यक्ति आय, क्रयशक्ति बराबर (उगचअजबकष्लन उयधभच
उबचष्तथ) को आधारमा, अमेरिकी डलरमा क्रमश: ५८ हजार २१८
मिलियन र २ हजार ४५७ रहेको थियो । यमन अरबियन पेनिनसुलाको दक्षिण पच्छिम र दक्षिणको पुछारमा पर्दछ। यसको उत्तरमा साउदी अरबिया, पश्चिममा लाल सागर अनि पूर्वमा ओमान पर्दछ ।
समाचारहरूमा उल्लेख भए अनुसार यमनमा जारी सङ्घर्षमा पूर्ण प्रजातन्त्र र निष्पक्ष चुनावको माग गर्ने व्यक्तिहरूको मात्र सहभागिता छैन। यो सङ्घर्षमा त्यस्ता व्यक्ति र समूहहरू पनि संलग्न छन्, जो सालेह सरकारको पतन गराएर आफू शक्तिशाली हुन खोजिरहेका छन्, सरकारमा जाने प्रयास
गरिरहेका छन् । र त्यस्ता महत्त्वाकाङ्क्षीहरूले यो जनान्दोलनको उपयोग गरिरहेका छन्।
यमनको राजनीतिलाई सामान्य जनताको अभिमतले भन्दा यमनभित्र छरिएर रहेका पृथक–पृथक शक्तिकेन्द्रहरूले बढी प्रभावित पार्ने गर्दछ। सालेह–परिवार र खासगरी सालेहका छोरा अहमद अलि अबदुल्लाह सालेह, सौतेनी भाई अलि सालेह अल–अहमर र भतिजाहरू तारिक, याहया र अमारले यमनको राजनीतिलाई प्रभावित गर्ने शक्ति राख्छन्। यसैगरी ट्राइबल कन्फेडेरेसनका प्रमुख शेख सादिक अल–अहमर पनि केहीरूपमा शक्तिशाली छन् । तर बढी शक्तिशाली भने व्यापारी हमीद अल–अहमर छन् र उनीमाथि राष्ट्रपति सालेहविरुद्ध जनतालाई भडकाएको र प्रदर्शनकारीहरूलाई आर्थिक र भौतिक सहयोगसमेत गरेको आरोप छ। हमीदले लगातार राष्ट्रपति सालेहको
राजीनामाको माग गर्दै आएका छन्। जनप्रदर्शनको समयमा हमीदले प्रदर्शनकारीहरूलाई सञ्चार सेवा उपलब्ध गराएको सरकारी आरोप छ। राष्ट्रपति सालेहको गभर्निंग पिपुल्स काउन्सिलबाट राजीनामा दिएका शेख हुसेन बिन अब्दुल्लाह अल–अहमर र अर्का भूतपूर्व उपसभामुख हिमियारलाई पनि शक्तिशाली मान्ने गरिन्छ। यमनको राजनीतिमा अर्का शक्तिशाली व्यक्ति हुन्, जेनेरल अलि मोहसेन अल–अहमर।
यमनको वर्तमान द्वन्द्वलाई सम्बोधन गर्न राष्ट्रपति सालेहको राजीनामा र वर्तमान सरकारको बर्खास्तगी मात्र पर्याप्त देखिंदैन। महत्त्वपूर्ण कुरा यमनका पृथक–पृथक उद्देश्य बोकेका राजनैतिक शक्तिहरूले देश विकासका लागि कसरी मिलेर कार्य गर्ने हुन् भन्ने हो। र अन्तर्राष्ट्रिय समुदायको वर्तमान चासो र चिन्ता पनि यही नै हो।
यमनको एकीकरण हुनुभन्दा पहिलेको कुरा गर्दा, उत्तरी यमन नोभेम्बर १, १९१८ मा ओटोमन साम्राज्य र दक्षिणी यमन नोभेम्बर ३०, १९६७ मा संयुक्त अधिराज्यको उपनिवेशबाट स्वतन्त्र भएको थियो।