प्रस, वीरगंज, १० असोज/
पर्यटन कार्यालय पर्साले ३२ औं विश्व पर्यटन दिवस २०११ को अवसरमा विशेष समारोह सम्पन्न गरेको छ। शङकराचार्य प्रवेशद्वारमा सो कार्यक्रम आयोजना भएको थियो। तेस्रो मुलुकबाट आउने तीनजना विदेशीलाई सो अवसरमा फूलमाला लगाई प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले स्वागत गरेका थिए। तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकहरूमध्ये लुइस आर्म स्ट्राङग
(अस्ट्रेलिया), मेरी इलेन सेलेन (क्यानाडा) र इ. रहमान भारतीय रहेका छन्। उनीहरू भारतको बाटो प्रयोग गरी आज नेपाल भित्रिएका थिए। सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष श्यामकिशोर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारी, पर्यटन कार्यालयका प्रमुख ए.के. नारायण शर्मा, प्रहरी नायब निरीक्षक दिवेश लोहनी, समाजसेवी पशुपति विक्रम राणा तथा उषा शाह राणाको कार्यक्रममा सहभागिता थियो। विश्व पर्यटन दिवसको अवसरमा सम्झना होटलले विदेशी नागरिकलाई निश्शुल्क खाने र बस्ने व्यवस्था गरेको थियो।