उमाशङकर द्विवेदी
नेपालको राष्ट्रिय चाड दशैं साधारण चाड नभई ठूलो धार्मिक अनुष्ठान हो। शक्तिपूजाको प्रयोजनको लागि घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवरात्र व्रत बस्ने धार्मिक विश्वास भएका मनिसहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। नौ दिनसम्म नवरात्र व्रत बस्न किन आवश्यक छ भने शक्ति स्वरूपा दुर्गा माताका नौवटा रूपहरू मार्कण्डेय पुराणमा वर्णित छ। जस अनुसार (प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।। नवमं सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिता:। नवरात्रको पहिलो दिन भगवतीको शैलपुत्री रूपको अराधना हुन्छ भने दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा , चौथो दिन कुष्माण्डा,पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, तथा नवौ दिन सिद्धिदात्रीको रूपको आराधना हुन्छ। नौ दिनमा भगवतीको नौवटा रूपहरूको आराधना गर्नुपर्ने भएको हुनाले नै नौ दिनको नवरात्र व्रतको सङकल्प हुने गर्दछ।
शक्तिपूजा गर्ने व्रतालुहरूले घटस्थापनाको दिन बिहानै नित्य क्रियापछि नदी–पोखरीको पवित्र जलमा स्नान गरेर नदी–पोखरीको बालुवा ल्याई पूजा कोठामा वेदी बनाएर विधिवत् घटस्थापना गरी नौ दिनको व्रतको थालनी गर्दछन्। त्यस प्रकारले बनाइएको वेदीमाथि जौको दाना छरेर जमरा उमार्ने गर्दछन्। व्रतालुहरू दिनभरि निराहार बसेर बेलुकाको पूजा समापनपछि फलाहार गर्छन्। कोही–कोही व्रतालुले अलिनो अन्न पनि खाएर व्रत बस्दछन्। यस प्रकारले शक्तिपूजा गर्ने व्रतालुहरूले नौ दिनसम्म पूर्ण संयम तथा ब्रह्मचर्यको पालना गर्नुपर्ने आवश्यक हुन्छ अझ भूमि शयन, वल्कल वस्त्र तथा पूर्ण उदासीन अवस्थामा रहनुपर्ने अनिवार्य हुन्छ। घटास्थापनाको दिनदेखि नै व्रतालुहरूले कपाल–दार्ही तथा नङग काट्न पूर्णरूपेण निषेधित हुन्छ। घटस्थापना भएको ठाउँमा नौ दिनसम्म अहोरात्र अखण्ड ज्योति बालिराख्नुपर्दछ। यस प्रकारले पूजा आराधना गर्दै जाँदा नवौं दिनमा दशमांश मार्जन, दशमांश तर्पण तथा पूर्णाहुति गरेर यस शक्तिपूजाको समापन हुने गर्दछ। दशौ दिनमा जमरा विभिन्न देवी–देउताहरूलाइ अर्पण गरेर स्वयंले धारण गरि दशैं पूजाको समापन
हुन्छ।
यस शक्तिपूजाको सम्बन्धमा राजा सुरथसित महर्षि मेधा ऋषिले भनेका थिए– तामुपैहि महाराज शरणं परमेश्वरीम्। आराधिता सैव नृणां भोगस्वर्गापवर्गदा।। महाराज तपाईंले तिनै भगवती परमेश्वरीको शरण ग्रहण गर्नुहोस्। उनी आराधनाबाट प्रसन्न भएर मानिसहरूलाई भोग, स्वर्ग र अपुनरावर्ती मोक्ष प्रदान गर्नुहुनेछ। यसै अनुसार आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएका थिए भने वैराग्यवान समाधि वैश्यले दुर्लभ ज्ञानद्वारा मोक्ष प्राप्त गरेका थिए। यदि वास्तवमा पूर्ण निष्ठा, सम्यक विधि विधान तथा श्रद्धापूर्वक भगवतीको नवरात्र आराधना गर्ने हो भने साधकले–यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्। जेजे चिताउँछ त्यो अभीष्ट वस्तु निश्चय नै प्राप्त गर्न सफल हुन्छ। जीवेद् वर्षशतं साग्रमपमृत्युविवर्जित:। शक्तिपूजा गर्ने साधक अपमृत्यु (अकाल मृत्यु)– आगो, पानी, बिजुली तथा सर्पदंश आदिद्वारा हुने मृत्युबाट रहित भएर एक सय वर्षसम्म बाँच्छ। दशैंको यस पुनीत अवसरमा हामी माता भगवतीसित यही प्रार्थना गरौंं–देवि प्रपन्नर्तिहरे प्रसीद प्रसीद मातर्जगातोऽखिलस्य। प्रसीद विश्वेश्वरी पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य।।