सुषमा शर्मा, वीरगंज, १० असोज/
“नगरपालिकाले कलेजको नक्सा पास गरोस् कर तिरिदिन्छौं”– नेशनल मेडिकलका फाइनान्स प्रमुख योगेन्द्र यादव बताउँछन्। उनलाई नक्सा पास भएको भवनको कर किन नतिरेको भनी सोध्दा उक्त भवन पहिले अरूले बनाएको थियो, एक वर्ष भयो मेडिकलको नाममा रजिस्ट्रेसन पास भएको।
वीरगंज उपमहानगपालिकाले असुल गर्नुपर्ने कर प्रशस्तै बाँकी छन् तर नगरपालिका भने असुल्नतिर ढिलासुस्ती गर्दैछ। नगरपालिका राजस्व शाखाका प्रमुख शान्त बस्नेतका अनुसार ससाना व्यापारीको कुरै छोडौं ठूल्ठूला व्यापारीले कर तिरेका छैनन्। नेशनल मेडिकल कलेज, नीना कम्प्लेक्स, पमपम बिल्डिङक, ग्लोबल बैंक, किष्ट बैंक, माछापुच्छ्रे बैंकजस्ताले पनि कर बुझाएका छैनन्। नियमले व्यवस्था गरे अनुसार कर बुझाउन पत्र पठाए तापनि कोही कर बुझाउन आएको छैन।
नेशनल मेडिकल कलेजले १५ करोड कर नतिर्दा पनि किन नगरपालिकाले केही गर्न नसकेको भनी सोध्दा हामी बारम्बार चिठ्ठी पठाउँछौं तर कसैले गम्भीररूपमा लिएको छैन, हामीलाई प्रशासनको सहयोग छैन।
त्यस्तै बैंकका एक कर्मचारीलाई सो सम्बन्धमा सोध्दा उनले–“हामीलाई पत्र आएको छैन, पत्र आउला र कर तिर्न जाउँला भनी बसेका छौं कर तिर्न कति बाँकी छ त्यो पनि पत्र नभएसम्म थाहा हुन सक्दैन भनी बताए।
प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमका अनुसार गल्ती नगरपालिकाको हो, पहिले त नगरपालिका नै तात्नुपर्यो । कर असुल्ने काम हाम्रो होइन, नगरपालिकाको हो। उसले काम गर्दा कुनै अप्ठेरो आइपर्छ भनेमात्र हामी अघि सर्ने हो।
त्यस्तै नगरपालिकाका एक कर्मचारीका अनुसार यहाँ ससाना घर हुनेहरूले दुई–तीन सय कर तिरेर
जान्छन् तर नेशनल मेडिकल कलेजजस्ता १५ करोड कर नतिरी आरामले बसेका छन् ।
नगरपालिकाको रेकर्ड अनुसार कलेज हाताभित्र निर्माण भएका छात्रावास भवन मोहनप्रसाद शर्मा, शिवशङकरप्रसाद यादव र देवनाथ राउत बरैबाट आव २०६५/०६६ मा नेशनल मेडिकल कलेजले आफ्नो नाममा पास गरेको देखिन्छ भने कलेज परिसरभित्र करिब १७ बिघा जमिनमा ३५ वटा ठूला–ठूला भवनहरू निर्माण भएका छन्। नगरपालिकामा भने जम्मा १–१८–३ क्षेत्रफल जग्गा देखाई चारवटा भवनको मात्र नक्सा पास भएको राजस्व शाखाका प्रमुख शान्त बस्नेत बताउँछन्।