देश अनिश्चतताको भुमरिमा फसेकोमा जत्ति दोषी राजनीतिकर्मी छन् सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पनि दोष उत्तिकै देखिन्छ। जनान्दोलनको उपलब्धि संस्थागत गर्न संविधान निमार्णको साटो राजनीतिक दलहरू सत्ता केन्द्रित राजनीतिमा रुमलिरहेका छन्। यस्तो अवस्थामा मिडियाले समन्वयकारी र पहलकर्ताको भूमिका खेलेको खण्डमा देश दुर्घटनाबाट जोगिन सक्छ। तर विडम्बना यहाँ पत्रकारिता कसैको लागि मागीखाने भाँडो तथा कसैको लागि भातको जोहोभन्दा बढी हुन सकेको छैन । समस्याको जरो राज्य सञ्चालन तहमा देखिन्छ। राज्यले कुनै पेशा, सेवा वा व्यवसाय सञ्चालनको निम्ति स्वीकृति, प्रमाणपत्र वा शैक्षिक योग्यताको मापदण्ड तोकेको छ तर अपवादमा पत्रकारिता पेशा पर्दछ।
गाडी चलाउनका लागि लाइसेन्स चाहिन्छ तर लाखौं मानिसलाई सुसूचित गर्ने अधिकार पाएको पत्रकारका लागि कुनै प्रमाणपत्र वा शैक्षिक योग्यता आवश्यक पर्दैन। यसैले गर्दा पत्रिकामा आक्कल–झुक्कल कलम चलाएर वा प्रकाशकलाई शराब, शबाब र कबाबले वशमा पारी पत्रकार परिचय बनाई पत्रकारितालाई भजाएर खान पल्केकाहरूको जमात बर्खायामको च्याउझैं बढिरहेको छ। यस्ता विकृति मौलाउनुमा पत्रकार महासङ्घ पनि गैरजिम्मेवार छ। आफ्नो पक्षको बहुमत बढाउन र चुनावमा माहौल तयार गर्न गलत क्रियाकलापमा लागेकालाई महासङ्घको सदस्य बनाउने परम्परा देखिएको छ। यसैको परिणाम हो आपराधिक क्रियाकलापमा पत्रकारहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संग्लनता, तर महासङ्घ, आफ्नो प्रतिष्ठा बचाउनैका लागि भएपनि त्यस्तालाई सुनपानी छर्की चोख्याउने काम गर्दछ।
समस्या पहिचान र मुद्दा उठाएपछि निष्कर्षसम्म पुग्नु पहिले नै आत्मसर्मपणवादी शैलीले गर्दा पनि पत्रकारिता धर्म तथा चरित्रमाथि प्रश्न उठ्ने गरेको छ। राजस्व छली प्रकरण जोडतोडले उठाइयो, राजस्व छलेका केही कम्पनीहरूका काला–कर्तूत बाहिर पनि आए तर कारबाई नथाल्दै सेलाएर गयो । बेरोजगार युवाको रोल मोडेल बन्न सक्ने खतरा रहेको परशुराम प्रकरणलाई पत्रकारहरूले आफ्नो प्रतिष्ठासँग जोडेर उठाए, महासङ्घले पनि चरणबद्ध आन्दोलन गर्यो तर निष्कर्षसम्म पुग्नुभन्दा पहिले आन्दोलन तुहियो।
महासङ्घ अहिले के गर्दैछ ? यसले त झन् अपराधीलाई कानुनले छुन नसक्ने र परशुरामलाई हीरो बनाउने काम मात्र गर्यो। हामीले पत्रकारिता कसको लागि गर्ने ? नेताहरूलाई रुघाखोकी लागेको सूचना दिने कि सुदूरपश्चिमका पखाला लागी ज्यान गुमाएका नागरिकको ?
मोफसलका पत्रिकाहरूमा दुर्घटनामा २ को मृत्यु, नेताद्वारा कार्यक्रम उद्घाटन, कार्यक्रम सम्पन्न मात्र परिरहेको छ। खोज पत्रकारिता तराईको गिद्धझैं लोप भइरहेको अवस्था छ। स्थानीय संयन्त्रको माध्यमबाट विकास–निमार्ण कार्यमा आएको कति रकम भागबन्डा गरेर सिद्धियो के पत्रकारहरूलाई थाहा छैन, वा सङ्क्रमणकाल र दण्डहीनताको कारण मुखमा बुजो र कलमको मसी सुकाएर बसेका छन्।
पत्रकारिताको मूलभूत मान्यताभन्दा व्यक्तिवादी चरित्र, सङकठनवाद, विचार वा समूहको पछाडि रुमलिरहेको अवस्था छ। खासगरी मोफसलमा पत्रकारिता व्यावसायिक हुन नसक्नुले पनि पत्रकारहरूलाई आफ्नो धर्म निर्वाहमा कठिनाई भइरहेको छ। यहाँ पत्रकारितामात्र गरेर जीविकोपार्जन सम्भव छैन । आज कुन आमाबाबुले आफ्ना छोराछोरीलाई पत्रकार बन्न प्रेरित गर्छ ? जबसम्म पत्रकारितलाई पूर्ण व्यावसायिक बनाउन सकिंदैन यी समस्या ज्यूँकात्यूँ रहिरहने छन्।
(विवेक बस्नेत– सम्पादक, नमस्ते टाइम्स राष्ट्रिय साप्ताहिक, बारा–७)