वीरगंज उपमहानगरपालिका कार्यालयले मीना बजारमा निर्माण गर्न लागेको आधुनिक बजार निर्माणको काममा ढिलासुस्ती र अनियमितता भएको छ।
आधुनिक बजारको निर्माणका लागि वीरगंज उपमहानगरपालिकाले दातृसंस्थाको सहयोगमा २ करोड ५६ लाखमा लगाएको ठेक्काले चार महिना पूरा हुन लाग्दासम्म कुनै गति लिएको छैन। ठेकेदार कम्पनी स्वचन्द्र, रामजानकी र रोशन निर्माण सेवाले ठेक्का लिएको ४ महिना बित्दापनि मीनाबजारको कामले गति नलिएको उपमहानगरपालिकाका इन्जिनियर प्रकाशमान अमात्य स्विकार्छन्। इन्जिनियर अमात्यले ठेकेदार कम्पनीको ढिलासुस्तीबारे अहिले कुराकानी भइरहेको बताए। उनले मीनाबजारका व्यापारीहरूले समयमा बजार खाली नगरेको, निर्माण कार्यमा ढिलाइ भएपछि पुन: बजार फर्केका कारण ढिला हुन गएको बताए।
वीरगंज उपमहानगरपालिका कार्यालयले मीनाबजार निर्माण कार्य सुचारु गर्न बजारका व्यापारीहरूलाई विपी उद्यानमा सारेर पुरानो भौतिक संरचना भत्काई नयाँ बजारको लागि सेडहरू निर्माण सम्पन्न नगरेको होइन । तर विपी उद्यानमा निर्मित सेडहरू अहिले सात महिना बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन। मीनाबजारमा सेड निर्माण कार्य सम्पन्न गरेको वीउमनपाकाले सात दिनको समयसीमा दिएर व्यापारीहरूलाई नयाँ बजारमा सर्न सूचना जारी गरेको थियो। पहिले सेड निर्माण गर्नुपर्ने अडान राखेका व्यापारीहरूले मीनाबजारमा पुरानो संरचना भत्काउने क्रममा निस्केका सामग्री प्रयोग गरेर आफुखुशी सेड निर्माण गरेका थिए। यसरी निर्माण गरिएको सेडमा व्यापारीहरू अहिलेसम्म सरेका भने छैनन्।
यसरी विभिन्न बहानाबाजी गरेर नयाँ स्थानमा बजार सार्न व्यवसायीहरूले गरेको ढिलासुस्ती अब दशैं, तिहार र छठपछि मात्र गति लिने माछा, मासु व्यवसायी सङ्घका ग्यासु देवान बताउँछन् । दशैं, तिहार र छठपछि बजार सार्ने सहमति भइसकेको ग्यासुले बताए। यता मीनाबजार निर्माण गर्दा पुरानो संरचना हटाइएपनि त्यसबाट निस्केका छड, इँटा, काठको झ्याल–ढोकाहरू नगरपालिकाको जिन्सीमा दाखिला भएको छैन।
जानकारहरू वीउमनपाले यसरी पुरानो बजार भत्काउँदा निस्केका सामग्री जिन्सी दाखिला गर्नुपर्ने तर सो नगरिएको कारण भ्रष्टाचार भएको टिप्पणी गर्छन् ।