ई. गोपाल श्रेष्ठ
व्यवस्थापनमा अनुगमन तथा मूल्याङकनको भूमिका गहन हुन्छ। प्लानिङ साइकलमा अनुगमन तथा मूल्याङकन नै एउटा यस्तो अवस्था हो जसले स्टेण्डर्ड अनुसार अथवा सोचेअनुसार (प्लान) काम भइरहेको छ/छैन सोको यकिन गर्न सहयोग पुर्याउँछ। काम हुँदै गयो तर बीचमा अनुगमन तथा मूल्याङकन भएन भने कामको स्तर खस्कँदै जान्छ र अन्ततोगत्वा यसले सबै पक्षको साखलाई असर पारिदिन्छ। यसको प्रत्यक्ष उदाहरण हाल सरकारले गरेको बजार अनुगमनवाट प्राप्त परिणाम हो। अहिलेसम्म कसले सोचेको थियो र हाम्रो बजारमा यतिसम्म कालोबजारियाको कारोबार भइरहेको छ भनेर ? बजारमा तयारी अवस्थामा रहेको यतिसम्मको प्रदूषित र गुणस्तरहीन खाद्यान्न हामी उपभोग गरिरहेका छौं भनेर। अनि कसले सोचेको थियो कि तौलमा पनि हामी यति ठगिएका छौं भनेर ?
सरकारी अनुगमन संयन्त्रले पहिलेदेखि नै बराबर बजार अनुगमन कार्यलाई आफ्नो कर्तव्य ठानी निरन्तरता दिंदै आएको भए अवश्य पनि यो स्थिति आउने थिएन। साथै अनुगमन संयन्त्रलाई पनि सर्वोच्च निकायले अनुगमन कार्यमा निरन्तरता दिइरहेको छ/छैन भनी अनुगमन गरिदिएको भए पनि यो स्थिति आउने थिएन। सरकारले गुणस्तर सम्बन्धी अनुगमनको काम गर्ने र नापतौल सम्बन्धी अनुगमनको काम गर्ने छुट्टाछुट्टै निकायको व्यवस्था गरिदिएको भए तापनि ती निकायहरूले आआफ्नो कर्तव्यबोध नगरेकाले यस्तो स्थिति सृजना हुन गएको हो। उपभोक्तावादी सङ्घ/संस्था र सरकारी अनुगमन टोलीले देखाएको अहिलेको अनुगमन कार्य प्रतिको सक्रियताले यस्तो निगरानी र खबरदारीको कार्य ठूलो कुरा रहेछ भन्ने देखाएको छ।
विडम्बनाको कुरा भनौं हाम्रो सरकारी खाद्यान्न निरीक्षकले बराबर खाद्यान्न तथा खाद्यवस्तुको निरीक्षण गर्दैन । हाम्रो सरकारी गुणस्तर निरीक्षकले उत्पादन गर्दै गरेको र उत्पादन प्रक्रिया समाप्त भई तयारी अवस्थामा रहेको माल/ सामानको गुणस्तर बराबर अनुगमन गर्दैन। अनि हाम्रो सरकारी नापतौल निरीक्षकले पनि बराबर कहिल्यै पसल–पसल गई नापतौलका ढक तथा उपकरणहरू कतिसम्म ठीक या बेठीक छन् भन्ने अनुगमन गर्दैन। यी त भए खाद्यान्न, खाद्यवस्तु तथा अन्य वस्तुको गुणस्तर तथा नापतौल अनुगमन सम्बन्धी चर्चाको कुरा। सरकारी अनुगमनको अन्य पक्ष पनि यस्तै दु:खदायी छ। उदाहरणका लागि श्रम कार्यालयले बराबर उद्योग व्यवसाय क्षेत्रको निरीक्षण गरी श्रमिकहरू व्यवस्थापन पक्षबाट शोषित/पीडित छन् कि भनी अनुगमन गर्नुपथ्र्यो। साथै व्यवस्थापन पक्ष पनि श्रमिकवर्गको अनुचित मागबाट पीडित छ कि भन्नेतर्फ बराबर अनुगमन हुनुपथ्र्यो । तर यस्ता कामहरू अहिलेसम्म भएको देखिएको छैन।
कामको अनुगमन गरेपछि स्वत: मूल्याङकन हुन्छ। काम गल्ती भएको छ भने समयमैं सच्याउन पाइन्छ, जसले गर्दा थप नोक्सान वा दुर्घटना हुनबाट बच्न र बचाउन सकिन्छ। त्यस्तै काम ठीकसँग भइरहेको छ भने अझै ठीक तवरले ग्राहक तथा उपभोक्तावर्गको सन्तुष्टिमा ध्यान दिन सकिन्छ भने काम गर्ने कामदारलाई पुरस्कृत गर्ने आधार तयार भई सोही अनुसार पुरस्कारको व्यवस्था गरी कामप्रति लगनशील, इमानदार र अनुशासित हुन प्रोत्साहित गर्न सकिन्छ वा दण्ड नै गर्नुपरे पनि त्यसको आधार तयार भई दण्ड गर्न सकिन्छ र सुधारको लागि अवसर दिन सकिन्छ। गुणस्तरीय ढङगले काम सम्पन्न गर्न कसैलाई तालिम नै दिन आवश्यक देखियो भने पनि तालिम तथा प्रशिक्षण कार्यक्रम डिजाइन गर्न सजिलो हुन्छ। कुनै काम गर्दागर्दै त्यो काम कुनै कारणवश त्याग्नु नै पर्ने अवस्था आयो भने पनि व्यवस्थित ढङगले काम त्याग गर्न सकिन्छ। काममा कुनै नयाँ प्रविधिको प्रयोग गर्न पनि सजिलो हुन्छ। कामको अनुगमन तथा मूल्याङकन व्यवस्थित कार्य प्रणालीको अभिन्न पाटो भएकोले यस कार्यलाई हामी सबैले आआफ्नो कर्तव्य ठानी अनुसरण गर्दै कामलाई व्यवस्थित गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता बनेको छ।