$type=ticker$count=12$cols=4$cate=0

अनाहकमा सम्झौता विरोध

SHARE:

श्रीमननारायण
    संविधानसभा निर्वाचन परिणामले देशको राजनीतिक समीकरणमा नयाँ परिवर्तन ल्याएको यथार्थलाई हामीले बिर्सनुहुँदैन। जसरी वि.सं. २०४६ सालको जनान्दोलनले नेपाली काङ्ग्रेस र एमालेलगायत दलहरूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्‍यो त्यसरी नै एकीकृत माओवादीको दश बर्से सशस्त्र सङ्घर्ष र वि.सं २०६३ एवं  ०६३–०६४ को मधेस आन्दोलनले ए. माओवादी र नवमधेसवादी दलहरूलाई स्थापित गरेको छ। संविधानसभा निर्वाचन परिणामले नेपाली काङ्ग्रेस एवं नेकपा एमालेलाई दोस्रो एवं तेस्रो ठूलो दलको रूपमा स्थापित गरेको अवश्य पनि हो तर यो स्थान उनीहरूको निम्ति खस्किंदो जनाधारको सङकेत मान्नुपर्दछ।
    मधेसवादी दल नयाँ राजनीतिक शक्तिको रूपमा स्थापित भएको हो। संविधानसभा निर्वाचन परिणाम आएलगत्तै ए. माओवादी र मधेसवादी मोर्चाको नेतृत्वमा सरकार गठन हुनुपर्दथ्यो तर त्यसो हुन सकेन। डेढ दशकसम्म संसद् र सत्ताको प्रमुख शक्तिको रूपमा स्थापित नेपाली काङ्ग्रेस र एमालेको भूमिका संविधानसभामा सहयोगीको र व्यवस्थापिका–संसद्मा रचनात्मक विपक्षको हुनुपर्दथ्यो। संविधानसभा निर्वाचन परिणामले एमाले र काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिएको भए पनि आफ्नो राजनीतिक कुशलता एवं चातुर्य एवं अनुभवका कारण यी दुई दल सत्ताबाहिर रहन सकेनन्। अहिले सत्ताबाट बाहिर बस्नु परिरहेको पीडा खप्न नसकी काङ्ग्रेस र एमालेले ए.माओवादी मधेसी मोर्चा सम्मिलित अहिलेको सरकारमाथि तथानाम आरोप लगाउने गरेको छ। यदि साँच्चिकै ए. माओवादी र मोर्चाबीच भएको सम्झौता जनता एवं देशको हित विपरीत छ भने एमाले र काङ्ग्रेसले यस विषयलाई लिएर जनतामा जाने, आन्दोलन गर्ने साहस गर्न सक्नुपर्दछ।
    ए. माओवादी र मोर्चाबीच भएको चार बुँदे सम्झौताको एक महिना हुन थालेको छ यस अवधिमा सरकारले खासै महत्त्वपूर्ण निर्णय लिएको छैन। देशमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु समयको माग र देशको आवश्यकता हो। सम्झौताको पहिलो बुँदामा माओवादी सेनाका लडाकूहरूको समायोजन सम्बन्धी सम्पूर्ण निर्णय संविधानमा व्यवस्था भएको विशेष समितिबाट नै गरिनेछ भन्ने उल्लेख छ। सम्झौताको यस बुँदामा आपत्ति हुनुपर्ने कुनै कारण र गुन्जाइश देखिंदैन ।
    त्यसैगरी बुँदा नम्बर दुईमा मिति २०६८ भदौ ८ गते ए. नेकपा (माओवादी) को तर्फबाट जारी प्रस्ताव एवं प्रतिबद्घतामा उल्लिखित कार्यभार सम्पादन गर्ने सन्दर्भमा कुनै पनि रूपमा कसैलाई पनि उसको कानुन अनुसार स्वामित्वको सम्पत्तिबाट बेदखल गरिने छैन भन्ने उल्लेख छ। यसबाट ए. माओवादीले विगतमा गरेका घरजग्गा कब्जालाई फिर्ता गर्ने प्रतिबद्धताको रूपमा लिन सकिन्छ। यसै बुँदामा देशका विभिन्न भागमा र विभिन्न समयमा हुने सबैखाले विरोध प्रदर्शन जनान्दोलन हुनै सक्दैन तर एउटा आन्दोलनलाई निस्तेज गर्नका निम्ति अर्को पक्षलाई आन्दोलनको निम्ति उत्प्रेरित गर्ने सरकारी नीतिका कारण पनि देशमा दर्जनौ आन्दोलन भएको यथार्थ हामीले बिर्सनुहुँदैन। एउटा मधेस आन्दोलनको विरुद्धमा थारू, चुरेभावर, पिछडावर्ग मुसलमान र दलितको आन्दोलन भएको थियो। त्यसैगरी ए. माओवादीलाई कमजोर पार्न पूर्वी पहाडलगायतका विभिन्न ठाउँमा जातीय आन्दोलन भएको थियो। विगतका सरकारहरूले आन्दोलनहरूलाई जायज स्वीकार गर्दै पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका कारण त्यसमा सहमति जनाउनु अथवा कार्यान्वयन गर्न खोज्नु किमार्थ अपराध होइन।
    कार्यकर्ता पोस्ने हिसाबले राहतको नाममा सरकारी ढुकुटी रित्याउनु ठीक होइन तर नेपालको निम्ति यो दुर्भाग्यको विषय हो कि यहाँ पीडक र पीडित हुने दुवै पक्षले राहत सुविधा पाउँदै आएको छ। विश्व इतिहासमा पीडितप्रति सहानुभूति व्यक्त गर्न राहत प्रदान गर्ने र न्याय दिने काम हुँदै आएको छ र पीडितलाई अदालतको कठघरामा उभ्याइने एवं सजाय दिने काम हुँदै आएको छ तर नेपालमा त्यस्तो आजसम्म भएको छैन। विगतका आन्दोलन जायज थियो भने आन्दोलन दबाउनेमाथि कारबाई हुनुपर्दछ तर त्यसो पनि हुन सकिरहेको छैन। राजनीतिक प्रवृत्तिका मुद्दाहरूलाई खारेज गरिनुपर्दछ तर राजनीतिको आडमा भएको आपराधिक कारबाईलाई पनि राजनीतिक आवरण दिनु ठीक होइन । त्यसले गलत परम्परालाई जन्म दिनेछ। हुनत विगतमा एमाले र काङ्ग्रेसले पनि आममाफीको नाममा कतिपय आपराधिक मुद्दा खारेज गर्ने काम गरिसकेको छ। विगतमा यस्तो भयो भने त्यसैलाई नजीर बनाएर निरन्तरता दिनु ठीक भएन तर निर्दोषीले मुक्ति पाउनुपर्दछ। राजनीतिक माग राखेर भएको आन्दोलनको क्रममा झूटा मुद्दा लगाइएको रहेछ भने त्यो खारेज हुनुपर्दछ। प्रत्येक अपराधीलाई चोख्याउने काम हुनुहुँदैन। बुँदा तीन विशुद्धरूपमा संविधानसँग सम्बन्धित छ र संविधान निर्माण भएमा मात्रै यसले मूर्तरूप प्राप्त गर्न सक्दछ। संविधान निर्माण दुई तिहाईको समर्थनबाट मात्रै हुन सक्दछ तसर्थ यसलाई विवादको विषय बनाइनुहुँदैन। आत्मनिर्णयको अधिकार सहितको सङ्घीय शासन प्रणालीमाथि धेरै शङका उब्जिएका छन् तर नेपालको राजनीतिमा आत्मनिर्णयको अधिकार शब्दको प्रयोग ए. माओवादीबाट नै सर्वप्रथम भएको हो। माओवादी पृष्ठभूमिका मधेसवादी नेता उपेन्द्र यादवले यस शब्दलाई बढी प्रयोग गरेका छन्। आत्मनिर्णयको अधिकारलाई राष्ट्र सङ्घले अब नयाँ ढङगले परिभाषित गरेको छ यसमा राष्ट्र विखण्डन नै हुन्छ भन्ने छैन। सङ्घीय शासन प्रणाली अपनाउने देश, जहाँ लोकतान्त्रिक शासन थिएन, त्यहाँ मात्र देश टुक्रिएको छ जस्तो– सोभियत सङ्घ र चेकोस्लोभाकिया। नेपालमा लोकतन्त्र छ तसर्थ राष्ट्र विखण्डनको कल्पनासम्म नगरौं। नेपाललाई जति प्रेम राजधानीका बासिन्दाले गर्दछन् त्योभन्दा बढी नै तिब्बत सीमा र भारत सीमा नजिकका नेपालीहरूले गर्दछन्। राष्ट्रलाई विखण्डन गर्ने मनसाय कसैको पनि हुन सक्दैन।
    संविधानसभाबाट निर्णय हुने विषयमा सरकारले कसरी निर्णय गर्न सक्दछ ? देश नै सङ्घीय घोषित भइसकेको अवस्थामा मधेस प्रदेश हिमाली प्रदेश र पहाडी प्रदेशको माग हुनु आश्चर्यको विषय होइन। बुँदा चारलाई बढी विवादास्पद मानिंदै छ। नेपाली सेनामा १० हजार मधेसी युवालाई समूहगत प्रवेश गराउने माग विगत २१ वर्षदेखि हुँदै आएको छ।  झन्डै एक लाखको सङ्ख्यामा रहेको नेपाली सेनामा एक हजार पनि मधेसी छैनन् फेरि मधेसी युवाहरू कुनै एउटा राजनीतिक दलबाट प्रभावित छैनन्। सशस्त्र जनपद, अनुसन्धान, सेना, नेपाली काङ्ग्रेसको मुक्तिसेना एवं ए. माओवादीको जनसेनामा रहेर पनि मधेसीहरूले आफ्नो योग्यता, क्षमता र दक्षता साबित गरिसकेका छन्। सेनामा मधेसी सहभागिताबाट राष्ट्रघात हुने शङका गर्नु दुर्भाग्यपूर्ण र दु:खद हो। यसबाट मधेसी जनतालाई पीडा हुन्छ।
    नेपालका दुवै छिमेकी मित्र राष्ट्रसँग सम्बन्धमा सुधारका निम्ति उच्च प्राथमिकता दिईनेछ भन्ने चर्चा गर्नु गलत होइन। नेपाल र छिमेकी मित्र राष्ट्रहरूसँग दुई पक्षीय सम्बन्ध र हितलाई ध्यानमा राखेर सहमति हुन र प्रस्तावित विषयलाई समाधान गरिनेछ भन्ने बुँदा नयाँ होइन। हाम्रा दुवै छिमेकीहरू चीन र भारतबाट सिमाना र सुपुर्दगीजस्ता विषयमा सन्धि प्रस्तावित छन्। सहमतिमा नयाँ सन्धिको कुरा छैन। फेरि पुराना सन्धि विगतकै सरकारहरूको सहमति र स्वीकृतिका कारण चर्चामा आएका छन्। बिनाकारण सम्झौताको विरोध गरेर  सरकारलाई लोकप्रिय बनाउने काम भइरहेको छ। यस सरकारको आयु खासै लामो छैन तर एमाले, काङ्ग्रेस एवं ए. माओवादीको एउटा पक्ष जसरी यस सरकारको विपक्षमा उभिएको छ यसले अनाहक सरकारलाई बोनस अङक प्राप्त भइरहेको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अनाहकमा सम्झौता विरोध
अनाहकमा सम्झौता विरोध
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/09/blog-post_4099.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/09/blog-post_4099.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy