विपी यादव, वीरगंज, १० असोज/
हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको हत्या आरोपमा रोहित भन्ने अमन कुशवाहालाई अनुसन्धान निम्ति पहिलोपटक हिरासतमा राख्न ६ दिनको म्याद दिइएको जिल्ला सरकारी वकिल कार्यालयका नायबसुब्बा वृषबहादुर थापाले बताए।
आरोपित कुशवाहालाई यसअघि सार्वजनिक अपराधमा मुद्दा दर्ता भएको थियो जसमा जिल्ला प्रशासन कार्यालय पर्साले साधारण तारिखमा छोड्न आदेश दिएको थापाले बताए।
सार्वजनिक मुद्दाको अभियोगमा साधारण तारिखमा छोड्ने आदेश भएपछि काशी हत्याकाण्डमा कुशवाहालाई जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पर्साले थप अनुसन्धान गर्न ६ बुँदे निर्देशात्मक रायसहित जिल्ला प्रहरी कार्यालयमा मिसिल पठाएको सरकारी वकिल कार्यालयले बताएको छ। त्यसपछि थप अनुसन्धान निम्ति अभियुक्तलाई हिरासतमा राख्न म्याद माग्दा अदालतले ६ दिनको म्याद थप गरेको बताइएको छ। प्रहरीको अनुसन्धान कागजको आधारमा अदालतले पटक–पटक गरी २५ दिनसम्म म्याद थप गर्न सक्ने कानुनी प्रावधान छ।
२०६७ असार १२ मा अशोक वाटिकास्थित शिव–पार्वती मन्दिरमा तिवारीको गोली हानी हत्या भएको थियो।