प्रस, कलैया, १२ असोज/
परसौनी क्रिकेट क्लबको आयोजनामा बाराको परसौनीमा सञ्चालित सात दिवसीय नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा मनोकामना क्रिकेट क्लब नौतन विजयी भएको छ। नौतनले गोल्ड स्टार क्रिकेट क्लब गहवालाई चार विकेटले पराजित गरी विजयी भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको गोल्डस्टारले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रन बनायो । प्रत्युत्तरमा मनोकामनाले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो। नौतनको लागि जवाहर अंसारी ५६ रन र १ विकेट लिएबापत प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए। यसैगरी आजै भएको अर्काे खेलमा भरवलिया क्रिकेट क्लब विजयी भएको छ। भरवलिया फेटा क्रिकेट क्लबलाई ६४ रनको फराकिलो अन्तरले पराजित गरी विजयी भएको हो। टस जितेर पहिले ब्याटिङमा ओर्लेको भरवलियाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । प्रत्युत्तरमा फेटा १५ ओभर ३ बलमा सबै विकेट गुमाई ९८ रनमैं समेटियो। प्रतियोगितामा २५ रन र ३ विकेट लिएबापत भरवलियाका योगेश दास म्यान अफ दि म्याच घोषित भए।