उमाशङकर द्विवेदी
खेल भन्ना साथ हाम्रो मन मस्तिष्कमा फूटबल, भलिबल, क्रिकेट तथा टेनिसको सम्झना आउँछ। खेल मनोरञ्जन तथा शारीरिक व्यायामको लागि खेलिन्छ। खेल दुई टिमबीच खेलिन्छ, जसमा एक टिम जित्छ भने अर्को टिम हार्छ। यी आधुनिक खेलहरू हुन्। हाम्रो विषय यस्ता आधुनिक खेलहरूबारे केन्द्रित नभएर तराईको यस क्षेत्रका केही बिर्सिंदै गइरहेका खेलकुद बारे केन्द्रित छ। खेल मनोरञ्जन पाउने एक तरिका हो भने कुद शारीरिक व्यायामको लागि आवश्यक अभ्यास हो। त्यसैले खेल भन्नुपर्दा खेल मात्र नभनेर खेलकुद भनिने गरिन्छ।
तराईमा सानैदेखि खेल खेल्ने प्रचलन रहेको पाइन्छ। शैशव अवस्थामा शिशुहरू चोर लुकन्त, खोपी, गुच्चा, लट्टु खेल्न थाल्छन् भने किशोर अवस्थामा थाडीटिका, मडवा भतवा, बाँडी बेटी, कबड्डी, गुली–टाँडजस्ता शारीरिक व्यायाम हुने खेल खेल्दछन्। मडवा–भतवा भन्ने खेल गर्मीको दिनमा आँपको बगैंचामा खेलिने खेल हो। यस खेलमा एक पक्षको खेलाडी रूखको हाँगामाथि चढेर आफ्नो खुट्टा अर्को पक्षको खेलाडीसित बचाउँछ भने अर्को पक्षको खेलाडीले पहिलो पक्षको खेलाडीको खुट्टा आफ्नो हातको लौरोले छुन खोज्दछ। खुट्टा लौरोले छोइएपछि खुट्टा छोइएको खेलाडी हार्न पुग्दछ। थाडी–टिका खेल वर्गाकार कोर्टमा खेलिन्छ, जसको बीच भागमा रेखा कोरिएको हुन्छ। सम सङ्ख्यामा रेखाको वारिपारि खेलाडीहरू रहेका हुन्छन्। एक पक्षको खेलाडीले अर्को पक्षको खेलाडीको हात समातेर आफूतिर तान्ने प्रयास गर्दछ। यसप्रकारले तानेर रेखापारि तान्न सफल भएमा वा आफ्नो खुट्टाले विपक्षी खेलाडीको खुट्टामा छोइ मात्र दियो भने तानिएको खेलाडीको हार हुन पुग्दछ। बाँडी–बेटी खेलमा शारीरिक कसरत प्रशस्त मात्रामा हुने गर्दछ। यस खेलमा खेलाडी टुक्रुक्क बसेर घुँडामुनि हात छिराएर दुइटै हातले दुवै कान समाती भ्यागुताझैं उफ्रेर एक निश्चित दूरीसम्म पुग्नुपर्ने हुन्छ। गुली–टाँड खेल पनि दुई दलको बीचमा खेलिने खेल हो। काठको दुई/तीन फिटको लौरोलाई टाँड र एक बित्ता जतिको काठको टुक्रालाई गुल्ली भन्दछन्। जमिनमा सानो खाडल खनिएको हुन्छ जसलाई घुल्ची भन्दछन्। यसै घुल्चीमा गुल्लीलाई तेर्स्याएर राखी टाँडले हानिन्छ। यसप्रकारले हानिएको गुल्लीले जति दूरी तय गर्दछ, त्यसलाई टाँडबाट एको, दियो, तियो, चारो, पाँचो आदि सङ्ख्यामा नापेर स्कोर बनाइन्छ। जसको स्कोर बढी हुन्छ, त्यस खेलाडीले अरू खेलाडीलाई एक साँसमा घुल्चीसम्म दुगुर्न लगाउँछ। नदी पोखरीमा बेल भन्ने खेल खेलिने गरिन्थ्यो। एक हुल केटाहरू नदी पोखरीको पानीमा उभिएर एकजनाले हातमा ढुङगा लिएर हात उचाली सोध्ने गर्दथ्यो– कइसे बेल ? बाँकी खेलाडीहरूले भन्थ्यो– टके सेर। पहिलोले फेरि भन्थ्यो– मार बुडुकिया खोजले बेल। अनि हातको ढुङगालाई गहिरो पानीमा फालेर अरूहरूलाई खोज्न लगाइन्थ्यो। पानीभित्र डुबुल्की मारी त्यस ढुङगालाई खोजी ल्याउनुपर्दथ्यो। जसले ढुङगा खोजी ल्याउँथ्यो त्यसको जीत हुन्थ्यो।
आश्विन महिनाको पितृपक्षको अष्टमी तिथिमा तराईमा जितिया भन्ने पर्व मनाइन्छ। जितिया भन्दा एकदिन पहिलाको रातिमा सर्गही (नेपालीमा दर) खाने चलन छ। यस राति महिला तथा युवतीहरूले जाटजाटीन खेल्दछन् भने केटाहरूले कबड्डी खेल्दछन्। महिलाहरूले गीत गाउँछन– एकिया हो राजल बेनिया...., अर्कोतिर केटाहरूको हुल कबड्डी खेलिरहेका हुन्छन्– रेवा छुह.. रेवा छुह.. झुनझुन परेवा छुह..झुनझुन परेवा छुह...।
तराईका गाउँहरूमा खेलिने यी केही पुराना खेलहरू थिए। दुर्भाग्यवश यसमा भूतकाल लगाउनुपरिरहेको छ किनकि वर्तमान समयमा यी खेलहरू अस्तित्वमा छैनन्। तराईका गाउँहरूमा बच्चाहरू तीन/चार वर्षको उमेरदेखि नै विद्यालयमा भर्ना हुन पुग्दछन्। अलिक उमेर पुगेपछि विभिन्न कलकारखाना वा आयआर्जनको क्रममा विभिन्न ठाउँमा काम गर्न बाध्य हुन्छन्। भौतिक सुविधाको खोजीको क्रममा लागेका केटाहरूलाई अब मडवा–भतवा, बाँडी–बेटी, गुलीटाँड, थाडी–टिका वा कबड्डी जस्ता खेलहरू खेल्ने फुर्सत पनि कहाँ छ र ? न अब ती बावन बिघा आँपका बगैंचा अस्तित्वमा छन् न परम्परालाई सम्मान गर्ने मानिस नै छन्। निकट भविष्यमा अब यी खेलहरूको नाम सुनेकाहरू पनि औंलामा गन्न सकिने हुनेछन् भन्ने कुरामा दुई मत नहोला।