– उदय पन्दाक (लिम्वू)
यति वेला मुलुक दोबाटोमा उभिएको छ। पहिलो स्थायी शान्ति र संविधानको, अर्को कहिल्यै शान्ति नहुने गरी गृहयुद्धमा फस्ने बाटो। यसै बेला मुलुकमा विचारक भनिएका र जनताका सर्वाधिक प्रिय मानिएका नेता डा. बाबुराम भट्टराईले मुलुकको नेतृत्व सम्हालेका छन्। यो ऐतिहासिक आवश्यकताको सरकारको नेतृत्व गर्न पाउनु उनको सौभाग्य पनि हो। उनी मलुकको सबैभन्दा ठूलो पार्टीको नेता पनि हुन्। उनले पहिलो बाटो भएर हिड्न सकेमा मूलुकले स्थायी शान्ति र संविधान पाउन सक्छ। यो सर्वाधिक जन कल्याण र आवश्यकताको बाटो हो। यही बाटोले देशलाई नयाँ जीवन दिन सक्छ भने नेपाल र नेपालीको भविष्य उज्यालो पार्नुका साथै नेपाली जनतालाई सधै सार्वभौमसम्पन्न बनाइराख्न सक्छ। तर उनलाई पहिलो बाटो भएर मुलुकलाई नेतृत्व दिन त्यति सजिलो देखिदैन। संसदीय इतिहासमा पहिलोपल्ट प्रतिपक्ष नरम देखिएको बेला प्रधानमन्त्री, आफ्नै पार्टीको एउटा बलियो खेमाले प्रतिपक्षीको रूपमा डटेर विरोध गरिरहेको अवस्था झेल्नुपरेको छ।
यस खेमाको नेतृत्व अर्का उपाध्यक्ष मोहन वैद्यले गरिरहेका छन्। वैद्य पार्टी या सत्ता दुवैको नेतृत्व गर्न नसक्ने तर नेतृत्वप्रति सधैं फरक मत राख्ने नेताका रूपमा चित्रित छन। उनी अहिंसाको बाटोबाट राजनैतिक उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विश्वास नगर्ने माओ विचारधाराबाट गहिरो गरी दीक्षित भएका शास्त्रीय नेता हुन्। जसमा सङ्घर्षको मात्र नारा जपिरहने तर सबैसँग मिलेर जानुपर्छ भन्ने भावना देखिंदैन। उनको र प्रधानमन्त्रीको विचार समानान्तर रेखाहरूको सिद्धान्तको जस्तो कहिल्यै मेल नहुने खालका छन्। प्रतिपक्षी दल भट्टराईलाई सहयोग गर्न तयार देखिन्छन् तर वैद्य समूह प्रधानमन्त्रीलाई असफलतातिर धकेलिरहेको छ। तर यस पल्टको असफलताले माधव नेपाल र झलनाथको जस्तो मात्र अर्थ राख्दैन बरु यसले त विचार र चिन्तनले गर्ने राजनीतिको अन्त्य हुन गई हिंसा र आतङकको राजनीतिले प्रश्रय पाउँछ। जनताका भावनाहरूलाई प्रतिविम्बित गर्ने अथक प्रयासले प्राप्त जनताकै सर्वोच्च निकाय संविधानसभा निकम्मा साबित हुन पुग्दछ। मुलुकको स्थायी शान्ति र संविधानलाई नै सधैंका लागि गुमाउने खतरा रहन्छ र अब फेरि नेपाली जनता नतिजाविहिन संविधानसभाको आयु बारम्बार थप्न तयार हुन सक्दैन। पटक–पटक संविधानसभाको आयु थप्दै गर्दा नेताहरूले यस अर्थले संविधानसभाको आयु थप्नुपर्ने भयो भनेर जनतालाई चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् र जनताको चित्त बुझ्ने आधार बनाएका पनि छैनन्।
डा. बाबुराम भट्टराई जनयुद्धकै समयमा पनि माओवादीका नेताहरूमध्ये सबभन्दा बढी छापाहरूमा आइरहेको नाम हो। जनताबीच त्यति बेला पनि उनी लोकप्रिय थिए। पार्टी खुला राजनीतिमा आइसकेपछि र संविधानसभा चुनावले माओवादीलाई ठूलो पार्टी बनाएपछि पटक–पटक उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रचारमा ल्याइएको थियो। संविधानसभा चुनावमा सर्वाधिक मत प्राप्त गरेर संविधानसभा सदस्यमा निर्वाचित भए जसरी नै प्रधानमन्त्रीका लागि विभिन्न सञ्चार माध्यमहरूले गर्ने गरेका सर्वेक्षणमा उनी सधैं अगाडि देखा पर्दथे। यसको अर्थ नेपालका हालका नेताहरूमध्ये सबभन्दा बढी जनविश्वास भएका नेता भट्टराई नै हुन भन्ने देखाउँछ र हिमाल, पहाड, तराई सबै क्षेत्र र वर्गका जनता उनीप्रति उदार देखिन्छन्। त्यसैले सबैभन्दा बढी योग्यता र भरोसा भएको नेताका रूपमा उनको छवि जनतामाझ स्थापित हुन सकेको हो। यसको मुख्य कारण उनले लिएको स्पष्ट शान्ति र संविधानको मार्गचित्र नै हो। अहिले जनताको सर्वाधिक चासोको विषय पनि यही हो। शान्ति र संविधानको मार्गले नै मुलुकका यावत समस्या समाधान गर्न सक्छ। शान्ति र संविधानले नै महिला, दलित, मधेसी, आदिवासी जनजाति, पिछडिएको वर्ग र क्षेत्रको समस्यालाई सम्बोधन गर्न सक्छ। सशस्त्र द्वन्द्वबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित भएकाहरूलाई सम्बोधन गर्न सक्छ। सहिदका सपनाहरू साकार हुन सक्छन् र लामो समयदेखि अन्योल र अँध्यारोभित्र रुमलिएको गरीब देशले मिर्मिरेको आभास प्राप्त गर्दै सधैंका लागि उज्यालो बाटो फेला पार्न सक्छ। एकमतले यही सर्वोत्तम कल्याणकारी बाटोलाई स्विकार्न सके सम्भावित भयानक दुर्घटनाबाट हामी र हाम्रो सुन्दर देशलाई सधैंका लागि जोगाउन सक्छौं।
कदाचित डा.भट्टराईले मुलुकलाई पहिलो बाटोमा हिंडाउन सकेनन् भने मुलुक हिड्ने अरू तेस्रो बाटो देखिंदैन। पहिलो बाटोको सम्भावना सकिएपछि मुलुक दोस्रो बाटोतिरै हिंड्ने हो। जसमा भएको थोरै उज्यालोका सङकेतहरू समेत सिध्याएर अँध्यारोको साम्राज्यमा मुलुक फस्ने हो। दोस्रो बाटोले वैद्य खेमाले सोचेको जस्तो क्रान्ति दिन सक्दैन। माओले प्रतिपादन गरेका क्रान्तिका पुराना नियमहरूले अब हुने भयावह विध्वंसलाई नियन्त्रण गर्न सक्दैन। अर्थात् गाँधी नै आएपनि हुने हिंसालाई अहिंसामा बदल्न सक्दैनन् र पृथ्वीनारायण शाहले पनि अबको विखण्डनलाई रोक्न सक्दैनन्।
अब वैद्य समूह या अन्य कुनै एक समूहले सशस्त्र युद्धको घोषणा गरेलगत्तै यहाँ अनेकौं समूहले युद्ध घोषणा गर्न थाल्छन् भन्ने ठोकुवा गर्न सकिन्छ। पूर्वमा लिम्बुवान, खम्बुवान हुँदै उपत्यकामा नेवारहरूले, ताम्सालिङमा तामाङहरूले, खसानमा खसहरूले आआफ्नै माग राखेर लडाइँ प्रारम्भ गर्नेछन्। मधेसमा अब हुने आन्दोलनले त देशको अस्तित्वलाई नै धरापमा पार्न सक्छ। तराई यस बेला संवेदनशील मानिएको क्षेत्र हो। सबभन्दा बढी असन्तुष्टि व्यक्त गर्ने जनता तराईमैं छ। भावनात्मक हिसाबले पनि तराई र पहाडको सम्बन्ध पहिलेदेखि नै धमिलो देखिएको हो। झन् यस्तो विषम परिस्थितिमा हामीले क्रान्तिकै कुरालाई निरन्तरता दिइरहयौं भने त्योभन्दा अर्को दुर्घटना हाम्रो लागि हुनेछैन। यसले विखण्डनबाहेक अर्को परिणाम दिंदैन जसले गर्दा हामी नेपाली थियौं भन्ने दिन नआउला भन्न सकिन्न। सबैलाई चेत भया...।–ताप्लेजुङ
उबलमबप)गमबथ२थबजयय।अयm