विरोध समाजमा प्रचलनमा रहेको आस्था, मान्यता, कार्यप्रणालीविपरीत र कहिलेकाहीं मान्यताको विस्थापनका लागि गरिने मानवीय क्रिया हो। यो क्रिया स्वत:स्फूर्त हुन्छ र व्यक्तिविशेष अथवा समूहद्वारा स्वविवेकले गरिन्छ भने यसको उत्पादकता स्थिर र उपलब्धिमूलक हुन्छ। विरोधले समाजमा जीवन्तता कायम रहेको पनि देखाउँछ। यस दृष्टिकोणले नेपालमा जहाँतहीं विरोध भइरहेको, जुनसुकै आस्था र मान्यताको विरोधमा मानिसहरूले पहल गरिरहेको देख्दा यहाँजस्तो सक्रियता र रचनात्मकता कतै छैन भन्ने भान हुनु स्वाभाविक हुन्छ। तर दु:खको कुरो के छ भने यहाँ हुने विरोध अधिकांशत: कुनै बाठो व्यक्तिले आफूअनुकूल कुनै क्रियाकलाप भइरहेको छैन भने केही सोझा अथवा आफ्ना लहैलहैमा हिंड्ने मानिसलाई उचालेर गर्ने गरिन्छ। कुनै वर्गविशेष, कुनै समूह अथवा सङगठनलाईभन्दा हुललाई उचालेर विरोध गराउने क्रियाकलाप नेपालमा बढी देखा पर्ने हुँदा यसको निष्फलता अनिवार्य देखिन्छ साथै विरोधमा व्यय भएको समय र परिश्रम पनि व्यर्थ हुन्छ। र अनाहक समाजमा विग्रह जन्मन्छ।
यस किसिमका विरोधहरूको सबभन्दा प्रस्ट उदाहरण विद्यालय व्यवस्थापन समितिहरूको निर्वाचन तथा गाविस सचिवहरूको रकम व्यवस्थापन सम्बन्धमा देखा पर्दछ। अचेलका राजनीतिक दलका मानिसहरू निर्वाचन लड्न नपाएर काकाकुल बनेका छन्। हारेका जुवाडेले खपडाको टुक्राको बाजी थापेर जुवा खेलेजस्तै यी विद्यालय व्यवस्थापन समितिको निर्वाचनमैं ंआफ्नो लोकप्रियता र बाहुबल साबित गर्न थाल्दछन् । नतिजा आज प्रायश: सामुदायिक विद्यालयहरूमा भाँडभैलो मच्चिएको छ, आपसी वैरभावमा वृद्धि भएको छ र कति ठाउँमा मुद्दा–मुकदमा पनि चल्ने गरेको छ, पढाइ नोक्सानी हुने त छँदैछ। त्यसैगरी गाविस सचिवहरूको क्रियाकलाप पनि प्रभावित भएको छ। सरकारले स्थानीय निकायको निर्वाचन गराउन त सकेको छैन तर सबै राजनीतिक दलका प्रतिनिधिहरूको सल्लाहमा काम गर्ने निर्देशनलाई लामा हात भएका कार्यकर्ताले यस अर्थमा बुझेका छन् कि उनीहरू गाविसका निर्वाचित प्रतिनिधि नै हुन्। यसै बेला विभिन्न आतङक र त्रासले गाविस सचिवहरू गाउँ जाँदैनन्। अनि गाविसलाई अनुदान तथा विभिन्न वर्गलाई राहतस्वरूप बाँडिने ठूलो रकममाथि सबैको गिद्धे दृष्टि पुगेर गाविसको रकम व्यक्ति–विकासमा खर्च हुने गरेको छ। यसमा जुन पक्षले चित्तबुझ्दो रकम पाउँदैन उसले विरोधको प्रक्रिया अपनाउँछ ।
अस्ति यस्तै क्रियाकलापविरुद्ध लङगडीका विभिन्न क्षेत्रका महिलाहरूले गाविस कार्यालय घेराउ गरे। उनीहरूको आरोप थियो गाविसको विकास निर्माणका प्राप्त अनुदान रकम तथा दलित, आदिवासी, अपाङग, विधवा तथा ज्येष्ठ नागरिकलाई राहतस्वरूप आएको रकम यथास्थान नदिएर सचिव तथा राजनीतिक दलका प्रतिनिधिहरूले बाँडेर खाए। हुन पनि विकास निर्माणको रकममा भएको अनियमितता त सबैको सरोकारको विषय नबन्ला तर व्यक्तिले पाउने रकममा सरोकारवालाको रुचि नरहने कुरै हुँदैन। यस्तो रकमपनि पच पार्ने दाउ राख्दा विरोध स्वाभाविक हुन जान्छ। जे होस् घरभित्र घुम्टोमा लुकिरहने महिलाहरूमा आफ्नो स्वार्थका लागि भएपनि जागरुकता आएकोलाई राम्रै ठान्नुपर्छ। आफ्नोपछि समाजको स्वार्थ हेर्ने बानी बस्दै जान्छ।