प्रस, कलैया, १२ असोज/
नागरिक सुरक्षा दिवसको अवसरमा बारा सदरमुकाम कलैयामा बिहीवार बिहान जिल्लास्थित सुरक्षा निकायहरूले जनचेतनामूलक र्याली निकालेका छन्। सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी एवं प्रशासन कार्यालयको मूल
गेटबाट सुरु भएको र्यालीले कलैया नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
र्यालीमा सुरक्षा निकायका प्रमुखहरू, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विद्यार्थीहरूको सहभागिता थियो। नगर परिक्रमापश्चात् र्याली जिल्ला प्रशासन कार्यालय बारा पुगी सम्पन्न भएको थियो ।
र्यालीपश्चात् आयोजित कोणसभामा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त कुमार उपाध्यायले व्यक्तिगत सुरक्षमको लागि सचेत बन्नुपर्नेमा जोड दिएका थिए । गृह मन्त्रालयको आयोजनामा सो र्याली सम्पन्न भएको हो।
त्यसैगरी आज पर्सा प्रहरीको पहलमा वीरगंजमा नागरिक सचेतना दिवस मनाएको छ। वीरगंजको घण्टाघरबाट निस्केको जुलुस नगरपरिक्रमापश्चात् पुन: सोही स्थानमा पुगेर समापन भएको थियो । जुलुसमा पर्साका प्रजिअ तारानाथ गौतम, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्रका प्रहरी उपरीक्षक राम श्रेष्ठसमेत नेपाल प्रहरी, सशस्त्र, सामुदायिक सेवा केन्द्र, विद्यालयका विद्यार्थी र नगरका सचेतवर्गको सहभागिता थियो। जुलुससँगै नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले सुरक्षा र ट्राफिक नियम कानुनबारे सचेत गराइएको पोस्टर पम्पलेट वितरण गरेका थिए।