अन्ना हजारेले तेर्हौं दिनका दिन एउटी मुसलमान र अर्की दलित बालिकाको हातबाट अनशन समाप्त गरे। शायद आफ्नो पुरानो १२ दिनको अनशन अवधिको रेकर्ड तोड्नकै लागि संसद्ले एक दिन अगावै मागअनुसार कानुन बन्ने जनाएपनि उनले आइतवार, तेर्हौं दिनका दिन अनशन समाप्त गरे। जे भएपनि उनले नैतिकरूपमा लडाइँ जितेका छन्, यदि संसद्ले मागअनुसार कानुन पारित गर्दैन भने संसद्को योभन्दा निन्दनीय कार्य विश्व इतिहासमैं फेला पर्नेछैन। भारत भ्रष्टाचारबाट जर्जर छ, सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान प्रजातान्त्रिक भारतमा चरितार्थ भएको छ। किनकि साना ओहोदाधारीहरूलाई कर्याकचाप पार्न सुदक्ष र प्रभावशाली सिबिआई नामक संस्था भारतमा क्रियाशील छ। तर उसको अधिकार क्षेत्रमा ठूला पदाधिकारी एवं मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्री, न्यायाधीशहरू पर्दैनन्। अर्थात् भारतमा यिनले गरेको भ्रष्टाचारको छानबिन तथा कारबाई गर्ने कुनै निकाय छैन। यस सुविधाको फाइदा उठाएर भ्रष्ट नेता तथा ठूला कर्मचारीलगायत व्यापारीहरूको खर्बौं रुपियाँ विदेशी बैंकमा जम्मा छ।
अन्ना गाँधीवादी सामाजिक नेता हुन्। उनले यसपालि भ्रष्टाचारविरुद्ध युद्ध मात्र लडेनन् अन्य सामाजिक र राजनीतिक कुरीतिबाट पनि समाज र देशलाई त्राण दिलाउने काम गरे। छुवाछुत र जातिगत भावनाले ग्रस्त भारतमा विधर्मी तथा दलितलाई हेर्ने दृष्टिकोणमा कति सङकीर्णता छ भनिरहनुपर्दैन। प्राय: यस्ता अवसरमा ठूला पदधारी व्यक्तिहरूले अनशनकर्तालाई जुस ख्वाएर अनशन तोडाउने परम्पराविरुद्ध अन्नाले आफ्नो धर्मभन्दा बाहिरकी मुसलमान केटी र अर्की दलित केटीको हातबाट जुस खाएर अनशन तोड्नुले अब धर्म र जातियता अथवा वर्गीय विभाजनविरुद्ध सामाजिक क्रान्तिको बिगुल फुकेको सङकेत प्राप्त हुन्छ। प्रधानमन्त्री अथवा राजनीतिक नेताको हातबाट यो कार्य भएको भए अन्नाको त कुन्नि तर उनीबाट तिनको इज्जत बढेको ठहर्ने थियो जसविरुद्ध उनले यत्रो लडाइँ गरे। अन्नाको यो कार्य स्वयंले के देखाएको छ भने समाजमा लड्नका लागि थुप्रै विपरीत परिस्थितिहरू छन् जसलाई कुनै पनि बेला प्रयोग गर्न सकिन्छ र गर्न सक्नुपर्दछ। व्यक्ति यसै कारणले ठूलो हुन्छ कि उसले कुन बेला कस्तो निर्णय गर्दछ। अन्नाको यस निर्णयले निश्चय नै भ्रष्टताबाट नितान्त निष्कलङक केटीहरू नै यस अवसरका उपयुक्त पात्र हुन् भन्ने देखाएको छ।
अब हेर्नुछ जुन सत्याग्रहबाट हठात् अङ्ग्रेजहरू भारत छोडेर गए, त्यसको प्रतिक्रिया स्वदेशी शासकहरूमा कुन किसिमले पर्दछ। आशङका गर्नुपर्ने ठाउँ के भने लोकपाल विधेयक पहिले पनि ठूलो हङगामा खडा भएर पारित भएको हो, तर स्वदेशी शासक तथा राजनीतिकर्मीहरूले ठूलो धोका गरे। उनीहरूले लोकपाल बिल पास त गरे तर आफूहरूमाथि अबगाल आउने अथवा आफूहरू पक्राउ पर्ने कुनै पनि प्रावधान निर्लज्जतापूर्वक पन्छाइदिए। जुन बिलको कुनै तात्पर्य नै थिएन। किनकि उनीहरूले नयाँ बिलको नाउँमा पुरानै पद्धतिलाई पालिराखे। सानामाथि कारबाई हुन सक्ने, ठूलाहरू भने चैनको बाँसुरी बजाइराख्ने। अब त्यस्तो गर्ने हिम्मत राजनीतिकर्मीहरूले नगर्लान्। यदि गरे भने के थाहा, यसपालिको जस्तो अद्वितीय शान्त विरोध होला कि नहोला। यस आन्दोलनलाई यस कारण पनि असाधारण मान्नुपर्दछ कि सानो–सानो कारणका लागि हुने बन्द, हडतालमा हुने तोडफोड र अशान्तिको धर्सोसमेत देखिएन, जबकि यो मुद्दा भारतका सवा अर्ब व्यक्तिको सरोकारको विषय थियो।