काठमाडौं, ११ भदौ/रासस
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।
व्यवस्थापिका–संसद्को आजको बैठकमा मत विभाजनका आधारमा भएको निर्वाचनमा उनले तीन सय ४० मत प्राप्त गरे।
डा. भट्टराईका एकमात्र प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले दुई सय ३५ मत प्राप्त गरेका थिए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डा. भट्टराईलाई निर्वाचित गराउन आज निर्णायक मत दिएको थियो। हाल संसद्मा पाँच सय ९४ मत रहेकोमा आजको निर्वाचनमा पाँच सय ७५ मत खसेको थियो।
निर्वाचनअघि ए. माओवादी र मोर्चाबीच शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि चार बुँदे सहमति भएको थियो।
यसैगरी डा. भट्टराईको पक्षमा मधेसी जन अधिकार फोरम नेपाल, नेकपा (माले–समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत), नेकपा (संयुक्त), समाजवादी जनता दल, नेपाल परिवार दल, नेपाल सद्भावना पार्टी (गिरी), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी मञ्चलगायतले मतदान गरेका थिए।
नेता पौडेलका पक्षमा नेकपा
(एमाले), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, स्वतन्त्र सांसद बबन सिंह र अन्य साना दलले मतदान गरेका थिए।
मतदानमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भाग लिएनन्।
व्यवस्थापिका–संसद्को संशोधित नियमावलीअनुसार बैठकमा कारण देखाएर मात्रै अनुपस्थित हुन पाउने तथा उपस्थित सदस्यले तटस्थ नबसी पक्ष वा विपक्षमा मतदान गर्नैपर्ने प्रावधान छ।
यसअघि गत वर्षको साउनमा भएको प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्न पाउने व्यवस्थाका कारण १६ औं पटकसम्ममा पनि प्रधानमन्त्री चयन हुन सकेको थिएन।
बैठकमा सभामुख सुवास नेम्वाङले सहमतिको सरकार बन्न नसके पनि मुलुकका नयाँ प्रधानमन्त्री चयन गर्न सकिएकोमा प्रसन्नता व्यक्त गरे।
उनले राष्ट्रिय सहमति, शान्ति र संविधानका विषयमा डा. भट्टराईलाई सफलता मिलोस् भनी शुभकामना दिए। उपाध्यक्ष डा. भट्टराई निर्वाचित भएको घोषणा भएलगत्तै व्यवस्थापिका–संसद् बैठक हलमा प्रधानमन्त्री पदका प्रत्याशी रामचन्द्र पौडेलले बधाई दिएका थिए।