प्रस, वीरगंज, १३ भदौ/
महेन्द्र राजपथको अमलेखगंजको पुल नं. १ मा र चन्द्रनिगाहपुरमा बस दुर्घटना भएको छ।
वीरगंजबाट काठमाडौंतर्फ हिंडेको बा.१ ख ९०१४ नं. को बसले विपरीत दिशाबाट आएको बा. ७प ९५६३ नं. को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार आमा, बुवा र ३ वर्षीय बच्चाको घटनास्थलमैं मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरी गाविस हासपोसा– २ का सरोज अधिकारी, भारती खरेल उनका छोरा ३
वर्षीय बच्चाको नाम खुलेको छैन। उनीहरूको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।
त्यसैगरी हेटौडाबाट वीरगंजतर्फ आइरहेको ना. ३ख ८८६४ नं.को ट्रक चुरियामाईमा हिजो राति पल्टिंदा घटनास्थलमैं दुईजनाको मृत्यु भएको प्रहरी चौकी अमलेखगंजका इन्चार्ज प्रहरी नायब निरीक्षक अरुण कुशवाहाले बताएका छन् । मृत्यु हुनेमा मनहरी–१ की माया थिङग र जगरनाथपुर निवासी मकबुल अन्सारी रहेका छन्।
त्यसैगरी बाराको कोल्भीबाट बर्दीवासका लागि हिंडेको ना.३ख ९८५२ नं. को यात्रुवाहक बस चन्द्रनिगाहपुरको पश्चिमपट्टी पल्टिंदा चालकसहित ३० जना घाइते भएका छन्।
बसचालक बारा दोहरीका अब्दुल रोजिद अन्सारी रहेका छन्। बसको स्टेरिङग फेल भई बस पल्टिएको चालकले बताएका छन्। चालकको दुवै हातखुट्टा भाँचिएको छ।
बस पल्टिएर दुर्घटना हुँदा घाइते हुनेमा पुरुषोत्तम उप्रेती, रौतहट फतुवा हर्साहा–७, बारा रामपुर्वा–२ का शोभा धामी, शान्ति धामी, सर्लाहीका पौडेल खत्री, कल्पना बुढाथोकी, रौतहट हिमालीवासका सुमिर्ती पौड्याल, गौरटाँडका दान बहादुर, जयदेश भुजेल, विन्दा धामी, बबिता विक, फूलमाया बिक, रनमाया अधिकारी बरहथवा, बारा सपहीका कृष्णामाया काफ्ले, कमला काफ्ले, सर्लाही ढुङ्ग्रे–३ का काली कथामी, चन्द्रनिगाहपुर कली कथामीलगायत रहेका छन्। उनीहरूको हातखुट्टा भाँचिनुका साथै टाउको, जीउ, खुट्टामा चोट लागेको छ। उनीहरूको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।