वर्षा सिद्धिन लागेको छ। अव्यवस्थित शहरको पाइला–पाइलामा खाल्टाखुल्टीहरू छन्। तिनमा पानी सुक्न महिनौं लाग्छ, कति खाडलमा त पानी वर्षभरि पनि सुक्दैन। वातावरणमा नमी छ, जसले गर्दा गर्मी अति सार्हो छ। यो मौसम कीरा–फटयाङ्ग्राहरू जन्मने अनुकूल बेला हो। रैथाने लामखुट्टे त एक–दुईको सङ्ख्यामा होइन, फौजको रूपमा जन्मन्छ। तीमध्ये कति टोकाहा र चुसाहा मात्र हुन्छन् भने कति भयङकर बिमारीका संवाहक हुन्छन्। यिनको प्रकोपले गाउँ–बस्तीको कुरै छाडौं, शहर–बजारमा समेत मानिसको ज्यान जाने गर्दछ। देशभरिको ठयाक्कै तथ्याङक त भन्न मिल्दैन तर सरदर प्रतिवर्ष लामखुट्टे र कीराहरूको चकचकीले १०–२० जनाको ज्यान त जाने गरेकै छ। यस प्रकोपबाट नागरिकलाई जोगाउन स्थानीय निकायले तदारुकताका साथ पानी जम्ने ठाउँको मात्र उचित प्रबन्ध गरिदिने हो भने सम्भावित बिमारीलाई आधा जितेको मानिने छ। गाउँहरूमा त तत्विशेष, शहरमा भने घरेलु पानी निकासका लागि बनाइएका नालाहरू खुला हुन्छन्, जसले गर्दा लामखुट्टेलगायत विभिन्न कीराहरू बढी उत्पन्न हुन्छन्।
नालाहरूमा नियमित सफाइ नहुँदा पानीले प्रायश: निकास पाएको हुँदैन, जसले गर्दा जमेको पानीमा लामखुट्टेले सजिलै प्रजनन गर्ने र बच्चाहरूलाई हुर्काउने गर्दछ। लामखुट्टेजन्य रोगहरूबाट जोगिन सबभन्दा राम्रो र प्रभावकारी उपाय भनेकै सरसफाइ हो। तर शहरमा जति गरेपनि सफाइको जहिले पनि अभाव नै भइरहेको हुन्छ। त्यसपछिको उपाय हो कीटनाशक औषधिहरूको नियमित छराइ। जुन काम गाविसहरूको वशमा नै हुँदैन र नगरपालिकाहरूले जबसम्म सरकारी अस्पतालमा एक–दुईजना लामखुट्टेजन्य रोगबाट मरेको खबर पाउँदैनन् वा नागरिकले विरोध गर्दैनन् कुम्भकर्णे निद्राबाट बिउँझनै मान्दैनन्। यसै बेला कालाजारको पनि महामारी फैलिएको हुन्छ। भुसुना, झिँगा इत्यादि पनि जाडो नआउन्जेल मानिसलाई विभिन्न रोगहरूको त्रास दिलाइरहेका हुन्छन्। गाउँ–बस्तीदेखि शहरसम्म मानिसहरू खुला शौचालय प्रयोग गर्छन्। ती फोहरहरूले पनि हानिकारक कीटहरूको उत्पत्ति र संवद्र्धनमा मदत पुर्याइरहेको हुन्छ। त्यसै ठाउँको फोहर बटुलेर झिँगाहरू मानिसको खाद्य पदार्थसम्म बस्न पुग्छन्। यसको परिणाम के हुन्छ कसैलाई भनिरहनु परोइन।
नागरिक समाजमा रोग–व्याधिबाट जोगिने र सरसफाइयुक्त बसोबासको चेतना जाग्रत नभएसम्म नगरपालिका तथा गाविसहरूले जनस्वास्थ्यप्रति सतर्क रहनै पर्दछ। यो उनीहरूको प्राथमिक दायित्वभित्र पर्ने कुरा हो। नगरपालिका तथा गाविसहरूलाई यसप्रति सतर्क गराउनका लागि जनस्वास्थ्य कार्यालय तथा प्रशासनले पनि घच्घच्याइरहनुपर्दछ। नागरिक समाजले पनि यस्ता कुराहरूमा सचेतता अपनाउनुपर्छ र आफू स्वयंबाट हुने काम आफूले र अरू कामका लागि स्थानीय निकायलाई खबरदार गरिरहनुपर्छ । तर समस्या यहीनिर उपस्थित भएर आउँछ। जबसम्म मानिसको क्षति हुँदैन कसैले पनि यस समस्यामाथि आजसम्म पहल गरेको छैन। सार्वजनिक सरोकारका कुरामा सतर्कता भन्ने संस्कार हामीले सिकेका छैनौं। समाचारहरूमा कीटजन्य रोगहरूबाट मानिस पीडित हुन थालेको कुरा प्रकाशित हुन थालिसकेको छ। शहरमा यसैपनि जनसङ्ख्या कृत्रिमरूपले बढिरहेको छ । यस्तोमा फोहर पनि बढी उत्पादन हुने निश्चित नै छ र रोगहरू बढयो भने परिमाणात्मक क्षति पनि बढ्ने नै छ।