प्रस, वीरगंज, ११ भदौ/
मेशिन रिडेबल पासपोर्ट
(एमआरपी) जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी आजदेखि औपचारिकरूपमा वितरण कार्य सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले मेसिन रिडेबल पासपोर्ट
(एमआरपी) सेवाग्रहीहरूलाई वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। नेपाल सरकारले राजधानीबाहेक विराटनगर, धनगढी, नेपालगंज, पोखरा र वीरगंजबाट बितेको साउन १ गतेदेखि एमआरपीको लागि निवेदन लिएको थियो। सोही अनुरूप साउन महिनामा दर्ता भएका ३१८ निवेदनमध्ये ३०८ जनाको पासपोर्ट वितरण गर्ने र १० जनाको कागजात नमिलेकोले छुट भएको प्रजिअ गौतमले बताए।
बारा, पर्सा, रौतहट जिल्लाका लागि पासपोर्ट वितरण केन्द्र जिल्ला प्रशासन कार्यालय, पर्सालाई तोकिएको छ। एमआरपीको लागि रौतहटमा ७२ वटा निवेदनमध्ये २१ वटा, बारामा १४९ निवेदनमध्ये १९ वटा निवेदनहरू समावेश गरिएकोमा कागजात नमिलेपछि परराष्ट्र मन्त्रालयले रद्द गरी पुन: कागजात माग गरेको प्रजिअ गौतमले बताए।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण कार्य पर्सा प्रहरी उपरीक्षक रमेश खरेल, परराष्ट्र मन्त्रालयका उपसचिव कौशलराज शर्माको रोहबरमा भएको हो।