अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न : किसानहरुले प्रहरीको निगरानीमा उत्पादन गरेको गाँजा आफ्नो घरमा राख्न मिल्छ कि मिल्दैन ? प्रहरीले आफ्नो नाम कमाउनका लागि हामी सर्व साधारणको घरमा गाँजा खोज्न राति १२ बजे प्रवेश गरी अनाहक दु:ख दिई बुहारी छोरीको सन्दुक, दराज र पर्स खोल्न लगाई, एक–एक गरी उधिनी यो कसको, किन राखेको र व्यक्तिगत सामान हेर्दै देखाउनु कहासम्म न्यायोचित हो ? घर खनतलासी लिने कानुनी प्रावधान र प्रक्रिया के हो ?
–राजकुमार गुप्ता लङगडी
उत्तर : राजकुमारजी, नेपाल कानुन अनुसार गाँजा लागू औषध हो। गाँजा अवैध बाली हो। गाजाजस्तो अवैध लागू औषधको खेती कसैको सहयोग वा निगरानीमा न त उत्पादन गर्न मिल्छ न घरमा सञ्चय गर्न नै। चाहे त्यो प्रहरीकै सहयोगले किन नहोस्। कुनै प्रहरी जवानले निगरानी गरी उत्पादन गर्नमा सहयोग गरेको छ भने उसले पनि कानुनविपरीत काम गरेको ठहर्छ। यसर्थ गाँजा किसानहरूले घरमा सञ्चय गरी राख्न मिल्दैन।
गाँजाजस्तो लागू औषध खानतलासी गर्ने ऐन २०३३ को दफा ८ ले कानुनी प्रक्रिया निर्धारण गरेको छ। सो प्रक्रिया पूरा हुनुपर्छ। दफा ८ को व्यवस्था यस प्रकार छ।
बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार: (१) यस ऐनअन्तर्गत कुनै अपराध, कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेको छ र तुरुन्तै कारबाई नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तिमा प्रहरी सहायक निरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरू गर्न सक्नेछ।
(क) त्यस्तो घरजग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्नु,
(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारबाई गर्न,
(ग)अपराधसित सम्बन्धित लागू औषध र अन्य सामानहरू तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्न, र
(घ) अपराध गरेको भनी शङका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तारसमेत गर्ने।
तर नगरपालिका वा गाउँ विकास समिति वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलाद्मी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि त्यस्ता व्यक्तिहरू उपलब्ध नभएको उचित आधार भएमा कम्तिमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तिमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिने कानुनी प्रावधान छ। त्यसैगरी घर खानतलासी लिंदा अदालती बन्दोबस्तको १७२ नं मा पनि प्रक्रिया निर्धारण गरेको छ। सो अनुसार–
घर–ठाउँको तलासी लिनुपर्ने भए घर–ठाउँमा बसोबास गरी आएका धनी वा जिम्मा लिएको मानिसलाई तलासी लिन खोजेको कारण खोली सो कुराको सूचना दिनुपर्छ। सो सूचना पाएमा तलासी लिन आएका प्रहरी अधिकृतलाई बाधा अवरोध नगरी प्रवेश गर्न दिनुपर्छ। घर धनीले प्रवेश गर्न नदिएमा घर वा ठाउँमा रहेबसेका स्वास्नी मानिसलाई हट्ने सूचना र मौका दिई आवश्यकताअनुसार बाहिरी वा भित्री कुनै झ्याल–ढोका वा छेका खोली, तोडीफोडी भित्र पसी तलासी लिन हुन्छ। खनतलासी गर्दा अदालती बन्दोबस्तको १६ नं.को पनि प्रक्रिया पूरा गर्नुपर्छ। १६ नं. अनुसार घरभित्रको मानिस पक्रनुपर्दा घरको चौक–आँगनसम्म गई पक्रन हुन्छ। सो ठाउँसम्म जाँदा पक्राउ हुन सकेन भने जनाउ दिई सूर्योदयदेखि सूर्यास्तसम्म घरभित्र पसेर पनि पक्राउ गर्न हुन्छ।
१७२ नं. कै व्यवस्था के छ भने कुनै घर वा ठाउँको तलासी लिंदा त्यस ठाउँको गाविस वा नगरपालिका सदस्य वा प्रतिनिधि दुईजनामा नघटाई भलाद्मीहरू, घरधनी वा उसको एकजना प्रतिनिधि र पाएसम्म जिमिदार, तालुदार पटवारीसमेत साक्षी राखी तलासी लिने र साक्षी बस्न सबैको अङग खोली केही वस्तु नलिई सो घर वा ठाउँभित्र पसी तलासी लिनुपर्छ। कुनै मानिसको अङगको तलासी लिनुपरेमा सोसमेत लिन हुन्छ, स्वास्नीमानिसको अङगको तलासी लिनुपरेमा महिलाको बेइज्जत नहुनेगरी पत्यारकी अर्की स्वास्नीमानिसबाट लिन लाउनुपर्छ। तलासी लिंदा निस्केको माल सामान वा वस्तुको सबै विवरण र सो पाइएको ठाउँ र अवस्था खोली फेहरिस्त बनाई तलासी लिने र साक्षी बस्ने सहीछाप गर्नुपर्छ र घरधनी वा निजको प्रतिनिधिलाई सो फेहरिस्तको एकप्रति नक्कल र सोमध्ये कुनै धनमाल वा वस्तु प्रहरी अधिकृतले कब्जा गरी लगेमा त्यसको भरपाईसमेत दिनुपर्छ। साक्षी बस्नुपर्ने मानिस साक्षी नबसेमा एक सय रुपियाँसम्म जरिवाना पनि हुने प्रावधान छ। खानतालासी लिने प्रमुख कानुनी प्रावधानहरू यही हुन्, गुप्ता जी।