विनोद गुप्ता
मित्रराष्ट्र भारतलाई ६५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा उन्नति र समृद्धिको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भारतको नेपालमा वार्षिक लगानी नै करिब नेरु ६,३०० करोड छ, जसमा देशभरिका ७५ जिल्लामा ४११ वटा परियोजना समेटिएका छन्। भारतले नेपाली विद्यार्थीहरूलाई बर्सेनि १,५०० जति छात्रवृत्ति उपलब्ध गराउँदछ र गोर्खा सैनिकहरूलाई पनि वार्षिक करिब रु. १,९०० करोड पेन्सनको रूपमा उपलब्ध गराउँदछ। नेपालको सुरुको दुई पञ्चवर्षीय योजनाहरूमा भारत नै एकमात्र सहयोगी राष्ट्र रहेको थियो।
करिब १ अर्बभन्दा बढी जनताको व्यवस्थापन गर्दै सन् १९८५ देखि राजीव गाँधीको नेतृत्वमा उदारवादी आर्थिक नीति अवलम्बन गरेको भारत करिब २५ वर्षको अवधिमा नै सशक्त एवं उदीयमान आर्थिक शक्तिको रूपमा विश्व रङगमञ्चमा देखिएको छ। भारतको यो प्रगति स्तुत्य छ। आफ्नो ६५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय राजदूतले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– “भारत आफ्ना समग्र नागरिकहरूको समृद्धिको लागि अनवरत् प्रयास गरिरहँदा हामी हाम्रा नजिकका छिमेकीहरूको शान्ति, स्थायित्व र समृद्धि प्राथमिक महत्त्वका विषय हुन् भन्ने कुरालाई पनि भुल्न सक्दैनौं।”
यो भारतको चाहना हुन सक्दछ। तर वास्तविक त्यस्तो छैन। भारतका छिमेकी राष्ट्र भनेकै पाकिस्तान, बङगलादेश, श्रीलङका, चीन र नेपाल हुन्। स्वतन्त्रता सङ्ग्रामपश्चात् भारतबाट टुक्रिएर अलग भएको मुस्लिमबहुल मुलुक पाकिस्तानको राजनीतिको आधारशीला नै भारतविरोधी हो। जनस्तर र सरकारीस्तरमा भिन्नता छ। आम जनता भारतसँग राम्रो सम्बन्ध होस् भन्ने चाहन्छन् भने सत्ताधारीहरू भारतविरोधी । यसबाटै के स्पष्ट हुन्छ भने पाकिस्तानमा सरकारले जनताको प्रतिनिधित्व गर्दैन र बाह्य शक्तिबाट सञ्चालित छ। त्यसैले भारतसँग पाकिस्तानको सम्बन्ध राम्रो छ भन्न सकिंदैन । बङगलादेश सन् १९७२ मा पाकिस्तानलाई टुक्र्याएर भारतले बनाइ दिएको देश हो तर शेख मुजीबुर रहमानको हत्यापछि त्यहाँको राजनीति पनि अस्थिर छ तर सीमा क्षेत्रमा पाकिस्तान जत्तिकै संवेदनशील नभए पनि सम्बन्ध मध्यमस्तरमैं छ भन्नुपर्ने अवस्था छ। श्रीलङकासँगको सम्बन्धमा राजीव गाँधी हत्या प्रसङग र लिट्टेको अवसानसँग जोडेर हेर्दा राम्रो भन्ने स्थिति छैन। चीनको कुरा गर्ने हो भने २–२ पटकसम्म भारत र चीनबीच युद्ध भइसकेको छ। अहिले चीनले सामरिकरूपमा ३० मिनेटभित्र भारतको राजधानीलगायतका ठूला शहरहरूमा आक्रमण गर्न सक्ने क्षमता विकसित गरिसकेको सुरक्षा विशेषज्ञहरूको दाबी छ। यसका साथै भारतको धार्मिक भावनामा नै ठेस पुग्ने गरी गङगा नदीको बहाव नियन्त्रण गर्दै मुहान नै फर्काउने परियोजना चलाइरहेको छ भन्ने कुरा गुप्तचरहरूको रिपोर्टबाट उजागर भएको छ। प्रत्यक्षरूपमा आफ्नो सामरिक शक्ति बढाउनुका साथै छिमेकी राष्ट्रहरूमा आफ्नो प्रभुत्व जमाइ भारतलाई क्रमश: घेराबन्दी गर्ने चिनियाँ नीति रहेको हालको चीनको क्रियाकलापबाट स्पष्ट देखिन्छ। पाकिस्तानलाई लामो समयदेखि चीनले ठूलो सहयोग गरेको छ। श्रीलङकालाई लिट्टेविरुद्धको सङ्घर्षमा चीनको ठूलो सहयोग रहेको जगजाहेर छ। नेपालमा पनि नयाँ चिनियाँ राजदूतको आगमनपश्चात् आएको चिनियाँ टोली र त्यससँग भएका छलफल एवं सम्झौताहरूले नेपालमा चीनको बढ्दो रुचितर्फ सङकेत गर्दछ।
वस्तुत: नेपालकै कुरा गर्दा त्यति विशाल धनराशि खर्च गरेर पनि किन नेपालमा खास गरेर पहाडतर्फ भारतविरोधी भावना नै प्रबल रहेको पाइन्छ। अब तराईको कुरा गर्ने हो भने भारतले अत्यन्त उपेक्षा गरेर राखेको नेपालको तराईलाई विगत केही वर्षदेखि स्कूल भवन, एम्बुलेन्स, छात्रवृत्ति र हुलाकी सडकको नाउँमा सहयोग विस्तार गरे पनि आफ्नो सीमा क्षेत्रमा जलबहाव बढी हुने क्षेत्रहरूमा एकतर्फीरूपमा बाँध बाँधेर नेपाली जनताको घर डुबानमा पार्ने कार्य, कोशी गण्डकको समस्याको एकतर्फी विचार, नेपाली उत्पादनलाई भारत वा तेस्रो मुलुक प्रवेशमा पटक–पटक उत्पन्न गरिने विघ्न बाधा, हालै कन्टेनरमा लगाउन सुरु गरिएको तालाबन्दी जस्ता कार्यले जनस्तरमा भारतविरोधी भावना भन्न नसके पनि भारतप्रतिको भावना क्ष्लमषाभचभलत वा निरपेक्ष (न पक्षमा न विपक्षमा) रहेको मलाई अनुभूति हुन थालेको छ। मधेस आन्दोलन चर्किंदा मधेसलाई द्यगााभच श्यलभ धष्तजष्ल द्यगााभच क्तबतभ भन्न पुगेको चीन अहिले यस द्यगााभच श्यलभ लाई नै तरल बनाउने अवस्थामा छ। लुम्बिनी विकासको नाउँमा हालसालै प्रचण्डजीको नेतृत्वमा भएको काम कारबाईलाई हेर्दा भित्रीरूपमा लुम्बिनी विकासको यो काममा चीनको संलग्नता रहेको आशङका हुन थालेको छ। संयुक्त राष्ट्रसङ्घको संस्थाहरूले यसबारे अनभिज्ञता प्रकट गर्नु, नेपाल सरकारलाई कुनै आधिकारिक जानकारी नहुनु र उल्लिखित संस्थामा प्रचण्डजी एवं पारस शाह दुवै उपाध्यक्ष हुनुले भारतलाई सचेत गराउनुपर्ने अवस्था आएको छ। प्राय: सबै छिमेकी राष्ट्र असन्तुष्ट रहेको भारतले भने आफ्नो १ अर्ब जनताको उत्साहजनक व्यवस्थापन भने गरेकै छ। यस अर्थमा भारतको परराष्ट्र त नभनौं छिमेकी राष्ट्र नीतिमा ठूलो स्तरमा परिमार्जनको आवश्यकता छ। किनभने नेपाली उखान नै छ– ‘राम्रो निद्रा सुत्नु छ भने असल छिमेकी खोज्नु’ । अङ्ग्रेजीमा पनि यसलाई ऋयलतभलत ल्भष्नजदयगचजययम भनिएको छ।
आजको भारतलाई पनि ठूलो आर्थिक शक्तिको रूपमा उदीयमान हुन असल छिमेकी चाहिएको छ र यसको व्यवस्थापनमा भारतले ध्यान दिएर सुखी र समृद्ध राष्ट्र बन्दै हामीलाई पनि भारतीय राजदूतको “भारतसँग विशेष सभ्यता र भातृत्वको सम्बन्ध रहेको नेपाली जनतालाई जति फाइदा अरूलाई बिरलै रहला” भन्ने सन्देश सार्थक होस् भन्ने कामना व्यक्त गर्दछु।
यसबाहेक प्रतीक दैनिकलाई पनि रजत जयन्ती वर्षको उपलक्ष्यमा मोफसलको पत्रपत्रिकामा अग्रणी हुँदै उत्तरोत्तर प्रगति गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।