प्रस, वीरगंज, १२ भदौ/
जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चको नेतृत्वमा गएको टोलीले आदर्शनगरको दुईवटा गोदाममा छापा मारी लगभग १५ क्विन्टल कृषिमा प्रयोग हुने औषधिको कच्चा पदार्थसहित ४ जनालाई पक्राउ गरेको छ।
भारत रक्सौल निवासी मुन्ना गुप्ता, गोपाल अग्रवाल, श्यामबाबु प्रसाद, राजनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतीय नागरिक भएपनि विगत लामो समयदेखि आदर्शनगरमा गोदाम राखी कृषि उत्पादनमा प्रयोग हुने नक्कली औषधि बनाउने गरेको क्राइम टोलीका इन्चार्ज प्रहरी निरीक्षक मन्जिल मकारुङको दाबी छ।
प्रहरीले छापामारी गर्दा उनीहरूको गोदामबाट इन्डाफिल, अल्ट्राकोल, सुर्पागोल्ड, जिङक, राहीनो m ठछ, रुपीनि, सञ्जीवनी, फुरान्डा, मेटासीड, टोगर, डिपानेजस्ता कीटनाशक औषधिहरूको कभर, झोला, डब्बा आदि फेला परेको छ।
प्रहरीले दिएको जानकारीअनुसार यिनीहरूले कृषि उपजका लागि चाहिने कीटनाशक औषधिहरू नक्कली बनाई नेपालका कुना–कुनामा पठाउने गरेका थिए। नेपाललगायत भारतमा पनि यी कीटनाशक औषधिहरू पठाउने
गरेको पक्राउ परेका अग्रवालले बताएका छन्।
प्रहरीले दिएको जानकारीअुनसार यिनीहरूले बनाएको औषधि वीरगंजको विभिन्न ठाउँहरू खुल्लमखुला बिक्री हुने गरेको छ। गोदामबाट कीटनाशक बनाउने मशीन, सील गर्ने मशीन, नाप्ने दम तराजु र तरल पदार्थ आदि पक्राउ परेको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले बताएका छन्।