–कुमार रुपाखेती
२०३७ सालमा बहुदल कि निर्दल भनेर जनमत सङ्ग्रह भएको थियो। निर्दल अर्थात् पहेंलो, बहुदलले नीलो रङग पाएको थियो। त्यतिखेर पहेंलो र नीलो रङगको बिगबिगी नै थियो। त्यो जनमत सङ्ग्रहमा निर्दलीय अर्थात् सुधारिएको पञ्चायती व्यवस्थाले विजय प्राप्त गरेको थियो। जनमत सङ्ग्रह भएको ३० वर्ष बितिसकेको छ। सुधारिएको पञ्चायती व्यवस्था ढलेको पनि दुई दशक नाघिसकेको छ। यस अवधिमा नेपाल र नेपालीको हितमा थुप्रै किसिमका सरकारहरू नानाथरिका तामझामसहित अस्तित्वमा आए र इतिहासको गर्भमा विलीन भए।
अहिले पनि नेपाल र नेपालीको नाममा, शान्ति र संविधानको नाममा सरकारको नेतृत्व कसले गर्ने भन्ने जोरआजमाइस जोरशोरले, धडल्लेले सात जारी छ। गणतान्त्रिक नेपालले अल्पायुका तीनवटा सरकार खेपि (देखी) सक्यो। राजासमेत प्रजामा परिवर्तन भइसकेको यो अवस्थामा नेपाल र नेपालीको कल्याण हुनु त कता हो कता उल्टै पशुपतिनाथदेखि सेनासम्म, नागरिकदेखि राष्ट्रियतासम्म पतनोन्मुख र विवादित अवस्थामा छन्। नेपालको राष्ट्रिय पोशाक सम्बन्धी सर्वोच्चले गरेको फैसलासमेत केहीलाई अपाच्य भएको छ । दौरा, सुरुवाल र टोपी नपच्नेलाई तपाईं के भन्नुहुन्छ ? पशुपतिनाथमा भारतीय भट्टहरूको चलखेलमा के देख्नुहुन्छ ? नवनागरिकको चर्तिकलालाई के भन्नुहुन्छ ? र्हासोन्मुख राष्ट्रियताबाट के महसुस गर्नुहुन्छ ? त्यसैले त बुद्ध र हिमालको देश नेपाललाई प्रख्यात बङगलादेशी लेखिका तसलिमा नसरीनले देख्या नदेख्यै गरिन्। नेपाल भन्ने देश छ र ? भनिन्।
गमछा र मर्दानी पक्कै नेपालको निशानी होइन। गम्छा, मर्दानी र हिन्दी नेपालको तराईको रैथाने पोशाक र भाषा हो। चिनियाँ पेलाइमा पर्नुअघि हिन्दुस्तानले ‘हिन्दी–चिनी भाइ–भाइ’को नारा बुलन्द गरेको थियो। आमनागरिक आज पनि नेपालको राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङग सिम्रिक, चन्द्र–सूर्य अङिकत राष्ट्रिय ध्वजा (झन्डा) तथा दौरा सुरुवाल र टोपीलाई नेपाल र नेपालीको ‘आन–बान र शान’ ठान्दछन्। अब क्षेत्रीय स्तरकाहरूलाई यो हजम हुँदैन भने एउटा सिङगो राष्ट्र क्षेत्रीयता र साम्प्रदायिक सोचमा कदापि सहमत हुन सक्दैन।
यो देशको दुर्भाग्य नै हो कि केही मन्त्रीहरू, प्रधानमन्त्री र सभासद्हरूले राष्ट्रको पहिचान झल्किने पोशाक लगाउन आनाकानी गरेको, कञ्जुस्याइँ गरेको पाइएको छ। गुमेको पद फेरि पाउन सकिन्छ तर राष्ट्रियता गुम्यो भने फेरि फिर्ता आउँदैन भन्ने हेक्का यिनमा देखिंदैन । अब त हामी मतदाताहरूले नीति र सिद्धान्तभन्दा राष्ट्रियता जोगाउन सक्ने राष्ट्रवादी भावना भएकाहरूलाई मतदान गरी आफ्नो राष्ट्रिय जिम्मेवारी पूरा गर्ने बेला आएको छ। नेपाल नबुझ्नेले नेपालीलाई के चिन्छ ?
पञ्चायतकालमा बहुदल माग्नेलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो। अहिले अराष्ट्रिय तत्त्व राष्ट्रिय तत्त्व हुन खोज्दैछ । राष्ट्रियता खोज्नेहरू अराष्ट्रिय तत्त्व भएका छन्। नेपालभित्रै नेपाल हराउँदै जानु आश्चर्यजनक हो। राजनीतिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई कमजोर बनाउँदै लगेपछि कुनै पनि गरिब र अस्थिर मुलुकको हविगत हाम्रोजस्तै हुन्छ। कुम्लो बोकी ठिमीतिर भनेझैं सानोदेखि ठूलो दलसम्मलाई कुर्सी चाहिएपछि, साम्प्रदायिकताले टाउको उठाउन थालेपछि, राष्ट्रियताभन्दा क्षेत्रीयता अगाडि बढ्न थालेपछि, हिमाल, पहाड र तराईले बेग्लाबेग्लै सोच राख्न थालेपछि, ‘जो अगुवा उही बाटो हगुवा’ बनेपछि, ‘रुँदिनन् मेरी आमा र राष्ट्रले रगत मागे मलाई बलि चढाऊ’ भन्ने कुरा कोरा नारा र गीतमात्र साबित हुनेछन्। म त भन्छु शान्ति, संविधानका साथसाथै राष्ट्रियता पनि जरुरी छ। आज तसलिमा नसरीनले नेपाल भुलिन्, भोलि विश्वले नेपाल भुल्न सक्छ। सावधान १