ई. गोपाल श्रेष्ठ
इन्जिनियर भन्नाले साधारणतया जनमानसले सिभिल इन्जिनियर भन्ने बुझ्छन्, जो निर्माण कामसँग सम्बन्धित छ। आजकल मेकानिकल इन्जिनियर र इलेक्ट्रिकल इन्जिनियर पनि बुझ्छन्। कारण मेशिन र विद्युत्को प्रयोग तथा व्यवस्थापनबाट आज काम गर्ने प्रक्रिया सजिलो, छिटो/छरितो बनाउने र सुविधाभोगी पार्ने प्रचलन विश्वव्यापी भइसकेको छ। इन्जिनियरिङको यी तीन विधाबाहेक अन्य विधा पनि धमाधम देखा परेको छ। जस्तो कृषि इन्जिनियरिङ, वातावरण इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, खानी इन्जिनियरिङ, अन्तरिक्ष इन्जिनियरिङ, मेरिन इन्जिनियरिङ, एरोनटिकल इन्जिनियरिङ, जेनेटिक इन्जिनियरिङ आदि। अहिले इन्जिनियरिङ शिक्षाको अध्ययन गर्ने गराउने क्रममा ‘मेकाट्रोनिक इन्जिनियरिङ’ पनि विश्वका विभिन्न मुलुकलगायत हामै्र छिमेकी राष्ट्र भारतमा समेत आइसकेको छ। जसमा मेकानिकल र इलेक्ट्रोनिक्स विषयलाई मर्ज गरी अध्ययन तथा अध्यापन गराउने गरिन्छ, तर हाम्रो मुलुकमा भने हाल यो विषयको इन्जिनियरिङले प्रवेश पाएको छैन।
कृषि इन्जिनियरङ कृषिको पूर्वाधार निर्माण, कृषि यन्त्रीकरण तथा कृषिजन्य उद्योगसँग सम्बन्धित छ भने वातावरण इन्जिनियरिङ पृथ्वी, जलवायु, प्रदूषण (जल, वायु, माटो, ध्वनि ...) नियन्त्रण आदिसँग सम्बन्धित छ। त्यस्तै कम्प्युटर इन्जिनियरिङ कम्प्युटर विकास तथा फेसबुक, इमेल, इन्टरनेट, टुइटर ... जस्ता सफ्टवेयर विकाससँग सम्बन्धित छ। इलेक्ट्रोनिक इन्जिनियरिङ साधारणतया रेडियो, टि.भी., सञ्चार, दूरसञ्चार ... आदिसँग सम्बन्धित छन्। खानी इन्जिनियरिङ खानी उत्खनन्सँग सम्बन्धित छ भने अन्तरिक्ष इन्जिनियरिङ अन्तरिक्ष यान, रकेट, भूउपग्रह र त्यसले दिने रिपोर्ट र त्यसको अनुसन्धानसँग सम्बन्धित हुन्छ। मेरिन इन्जिनियरिङ पानीजहाज, एरोनोटिकल इन्जिनियरिङ हवाईजहाजसँग सम्बन्धित छ र जेनेटिक इन्जिनियरिङ प्राणीहरूको जिनको अध्ययनसँग सम्बन्धित रहन्छ।
जुनसुकै विधाको इन्जिनियर भए तापनि इन्जिनियरिङ जवाफदेहीपूर्ण पेशा हो। जस्तो कि कुनै सार्वजनिक पुल तथा सडक एउटा सिभिल इन्जिनियरको प्राविधिक सहयोगमा निर्माणपश्चात् निश्चित समयको निम्ती ग्यारेन्टी अवश्य हुने गर्दछ तर त्यो पुल तथा सडक प्रयोग भएको केही दिन वा महिनामा नै भत्कियो भने त्यसले हजारौं सर्वसाधारणलाई असर पार्छ। त्यस्तै विद्युत् आपूर्ति अवरुद्ध हुुँदा यसबाट पाउने कष्ट हामीले भोगेकै छौं, मेशिन/इन्जिनको प्रयोगले हाम्रो दैनिक जीवन धेरै सरल र सजिलो बनेको छ– यो हामीलाई अवगत भएकै कुरा हो। कृषि यन्त्रले किसानहरूलाई कृषि पेशामा समर्पित हुन सहयोग गरेको छ, हवाईजहाज, पानीजहाजले मानिसलाई अत्यन्त दूर स्थानमा आवतजावत गर्न र त्यस्ता स्थानबाट मालसामान ओसार पसार गर्न सजिलो बनाइदिएको छ। टि.भी., रेडियो, फोन तथा मोबाइल आज हरेक व्यक्तिको निम्ति अभिन्न अ· बनेको छ। कारण सञ्चार क्षेत्रले दुनियाँमा निकै फड्को मारिसकेको छ। खानी उत्खननले धेरै राष्ट्रको भाग्योदय भएको छ भने अन्तरिक्ष ज्ञानले पृथ्वी बाहेक अन्य ग्रहमा पनि मानव बस्तीको संभावना बढ्दै गएको छ। त्यस्तै जिनको विकासले सम्पूर्ण प्राणी तथा वनस्पति जगतमा नै हलचल मच्चाएको छ। यी सबै जति पनि आविष्कार, अनुसन्धान तथा विकासका कामहरू भएका छन्, मानव जातिले केही नयाँ कुरा थाहा पाउन र सुविधा प्राप्त गर्ने लक्ष्य लिएर नै यी कामहरू भएका/गरेका हुन् र यी सबैमा आआफ्ना पेशा र विधाका इन्जिनियरहरू समावेश भएका हुन्छन्।
आज सम्पूर्ण विधाका इन्जिनियरहरूको हक तथा अधिकारको लागि इन्जिनियर्स एसोसियसन छ। इन्जिनियरिङ सेवालाई अझै गुणस्तरीय बनाउन इन्जिनियरिङ काउन्सिल पनि छ। त्यस्तै इन्जिनियरहरू वैज्ञानिक, अनुसन्धानकर्ता, योजना प्रमुख, प्रबन्ध निर्देशक, निर्देशक, सचिव आदि पदमा पनि कार्यरत तथा समर्पित भएका छन्। कतिपय इन्जिनियर कन्सलटेन्ट/ एड्भाइजर तथा उद्यमी पनि छन् भने कति इन्जिनियर राजनीतिमा पनि संलग्न छन्। तर जो जहाँ कार्यरत भए तापनि इन्जिनियरहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। यही कारणले गर्दा इन्जिनियरिङ पेशाको गरिमा बढेको छ। विश्वमा कुनै उद्योग डुब्न लाग्यो भने इन्जिनियरिङ पेशाको नै सहयोग लिएको पाइन्छ। बैंक तथा वित्त संस्था र कम्पनीहरू डुब्न लागे भने पनि कतिपय अवस्थामा इन्जिनियरिङ सेवाको नै सहयोग लिएको पाइन्छ। इन्जिनियरहरू विश्लेषणात्मक हुने भएकाले कुनै पनि समस्याको चुरोमा उनीहरू पुग्न सक्छन्। समस्याको मूल समाती समस्या समाधान गर्ने उनीहरूको अध्ययन तथा तालिम हुने हुँदा हरेक समस्या समाधानमा इन्जिनियरको योगदान अर्थपूर्ण रहन्छ। आजकल कतिपय इन्जिनियरहरू नाम मात्रका हुन्छन्। कारण शिक्षाको व्यापारीकरण भएकोले यो नयाँ रोग इन्जिनियरिङ पेशाभित्र प्रवेश गरेको छ। यो दु:खदायी र निन्दनीय कुरा हो। यस रोगको निदानका लागि इन्जिनियरिङ काउन्सिलले बलियो भूमिका निभाउनु पर्ने हुन्छ। डाक्टरको गल्तीले एउटा मान्छे मर्न सक्छ भने इन्जिनियरको गल्तीले एक हुल मान्छे मर्न सक्छ। एउटा हवाईजहाज दुर्घटना भयो भने दुई/तीन सय मानिसको एउटै चिहान हुन्छ भने अर्बौको सम्पत्ति नष्ट हुन्छ। एउटा भवन अथवा पुल अचानक भत्कियो भने पनि बहुसङ्ख्यक मानिसको एकै चिहान हुन सक्छ। यी सबै तथ्यलाई मनन गरी इन्जिनियरहरूले जवाफदेहीपूर्ण तरिकाले आफ्नो जिम्मेवारी वहन गर्नुपर्दछ।