राजेन्द्रप्रसाद कोइराला
देशको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित डा. बाबुराम भट्टराई जनताका आशाका किरण हुन्, एक भरोसा हुन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वासिला र लोकप्रिय व्यक्तित्व हुन्। ९ महिना अर्थमन्त्री भएको समयमा, आफ्नो क्षमता उनले जनताको सामुन्ने स्पष्ट पारिसकेका छन्। उनलाई एक निस्स्वार्थ, निडर, भिजनमा अडिग र नचाहिंदो नबोल्ने नेताका रूपमा लिने गरिन्छ। माओवादीभित्र लोकतान्त्रिक गणतन्त्रका अभियन्ताका रूपमा उभिएका डा. भट्टराई विभिन्न बाधा, अवरोध, आलोचनाका बावजुद लोकतन्त्र, शान्ति र संविधानका मुद्दालाई ज्वलन्त रूपमा उठाएर, त्यसलाई स्थापित गरिछाडे। उनलाई भारतपरस्त, दक्षिणपन्थी, जस्ता विभिन्न आरोपहरू आफ्नै दलभित्रबाट नलागेको होइन। तर आफ्नो दृष्टिकोणमा स्पष्ट भट्टराई कहिल्यै पनि विचलित नभई गन्तव्यको अग्निपथ पार गर्दै आज राष्ट्रको प्रधानमन्त्री बन्न सफल भएका छन्।
डा. भट्टराई प्रधानमन्त्री भएको देख्न चाहने अधिकांश जनता अहिले ज्यादै हर्षित छ, नहुन पनि कसरी। तर डा. भट्टराईका सामुन्ने पहाडजस्ता चुनौतीहरू तेर्सिएका छन्। सहमतीय सरकारको आवश्यकता र अपरिहार्यता हुँदाहुँदै पनि, त्यो सम्भव भएन र उनी बहुमतीयका प्रधानमन्त्री भएका छन्, जुन विगतका सरकारभन्दा के नै फरक भयो र ? अर्को काङ्ग्रेस र एमाले दुई ठूला दलहरू अहिले प्रतिपक्षमा छन्, जोसँग सामञ्जस्य मिलाउँदै लग्न फलामको चिउरा चपाए जस्तै हो। त्यसमा पनि ओली र नेपाल ब्रान्डले बाबुराम भट्टराईजस्तो व्यक्तित्वलाई सहयोग र समर्थन गर्छ भनेर रत्तिभर विश्वास गर्न सकिंदैन। किनकि यी दुवै बाँदरे प्रवृत्तिका हुन्, न आफ्नो घर राम्रो बनाउँछन् न अरूको घर राम्रो बनोस् भन्ने चाहन्छन्। अब कुरा काङ्ग्रेसको ( काङ्ग्रेसको जातै भँडुवा) यसका नेताहरू कसरी वर्तमान सरकारलाई चाँडैभन्दा चाँडो विघटन गर्न सकिन्छ, त्यसतिर लाग्नबाहेक, यिनीहरूमा सकारात्मक सोच छैन (केही युवा नेताहरू बाहेक)। आफ्नै दलभित्रबाट भट्टराईले पूर्णतया सहयोग पाउने कुरामा शङका र उपशङका छ। त्यसमा पनि प्रचण्ड पक्षका केन्द्रीय नेताहरूले भट्टराईको उछित्तो काढ्ने छैनन् भन्न सकिने अवस्था छैन। किनकि दलभित्रको आन्तरिक कलहबाट माओवादी दल आफैं सङ्क्रमित छ।
अब प्रसङग मधेसवादी दलको, यसका अधिकांश नेताहरू हिजो काङ्ग्रेस र एमालेको डाम लागेका छन्। यिनीहरूको भ्रष्ट आचरण र निहित स्वार्थबारे जनतालाई स्पष्ट थाहा छ। उपेन्द्र यादवको दल एक्लैले केही गर्न सक्ने अवस्था छैन । आफ्नो स्वार्थसँग लिप्त त्यस्ता भ्रष्ट आचरण र प्रवृत्तिका नेताहरूलाई एक इमानदार, स्पष्ट अडान र निस्स्वार्थ प्रवृत्तिका प्रधानमन्त्रीसँग हातेमालो गरेर हिंड्न र प्रधानमन्त्रीले उनीहरूबाट रचनात्मक सहयोग कत्तिको पाउन सक्छन्, ज्यादै ठूलो चुनौती छ। प्रधानमन्त्री बनेकै दिनदेखि मन्त्री चयनमा कुरा नमिलेको छापामा आइसकेको छ। त्यसैगरी संयुक्त मधेसी मोर्चाका पनि विवाद सुरु भइसकेको छ। विजय गच्छदारजस्ता आचरण भएका व्यक्ति उपप्रधानमन्त्री र गृहमन्त्री भएका छन्, र इतिहास बनाउँछु भनेर डिंग हाँकिरहेका छन्। कस्तो इतिहासको कुरा गरेका हुन्, बुझ्न गार्हो छ। अर्कोतिर तिनै गच्छदारलाई सार्वजनिक विकिलिक्स प्रतिवेदनमा अमेरिकाली दूतावासले भ्रष्टनेताका रूपमा उल्लेख गरेको छ।
अब प्रसङग अवसरको (राष्ट्र नेता त्यो हो, जसले राष्ट्रलाई अति विकट र सङ्क्रमित अवस्थाबाट पार लगाई अग्रगामी निकास दिन सक्छ। त्यो क्षमता अवश्य पनि वर्तमान प्रधानमन्त्रीमा छ। उनको सबैभन्दा ठूलो विशेषता भनेकै इमानदारिता र निस्स्वार्थभाव हो। खाने मुखलाई जुँगाले छेक्दैन। गर्ने मान्छेले चुनौतीहरूकै माझबाट अवसर सिर्जना गर्दछ। आफू प्रधानमन्त्री निर्वाचित भएकै दिन उनले भनेका छन्– मेरो सरकारको सबैभन्दा ठूलो प्राथमिकता नै शान्ति र संविधान हो। राष्ट्रको सबैभन्दा ठूलो आवश्यकता नै त्यही हो। शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन सकेमा डा. भट्टराई ऐतिहासिक व्यक्तित्व हुनेछन् । यो अवसरलाई उनले जसरी पनि पूरा गर्न सक्नुपर्छ। दक्षिणि छिमेकीले पनि उनलाई राम्रो सहयोग र समर्थन गरेको छ भन्ने स्पष्टता संयुक्त मधेसी मोर्चाको समर्थनबाटै झल्किन्छ। शान्ति प्रक्रियालाई डेढ महिनाभित्र टुङ्ग्याइने जुन खाका प्रस्तुत गरिएको छ, त्यसलाई पूर्णता दिने बित्तिकै, चाहेर या नचाहेर अरू विपक्षी दलहरूले पनि समर्थन र सहयोग गर्नुबाहेक अर्को विकल्प रहने छैन। संविधान बनेर घोषणा हुनको लागि दुईतिहाई बहुमत चाहिन्छ, जुन काङ्ग्रेस र एमालेको समर्थनबिना सम्भव नै छैन। त्यसकारण ती दलहरूलाई पनि सरकारमा सामेल गराएर राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने ठूलो जिम्मेवारी र अवसर अहिले भट्टराईको काँधमा छ। र जनतालाई ठूलो विश्वास र आस्था छ कि उनले यो चुनौतीलाई अवसरमा परिणत गर्नेछन्। यदि भट्टराई पनि असफल भएमा कसबाट आशा गर्ने त ? ९० प्रतिशत जनताको आशामा तुषारापात हुनु भनेको राष्ट्र नै असफलतातिर त जाने होइन ? त्यसकारण हामी जनता, बौद्धिक नागरिक समाज, प्रिन्ट र विद्युतीय सञ्चारकर्मी, डाक्टर, इन्जिनियर, किसान, मजुदुर र देशका सबै तह–तप्काका व्यक्तिहरू एकजुट भई वर्तमान सरकारलाई होस्टेमा हैंसे गर्दै राष्ट्रलाई शान्ति र संविधान दिन दबाब दिनु अत्यन्त जरुरी छ नत्रभने भोलि यो देशको हविगत पनि अफगानिस्तान र इराकजस्तो नहोला भन्न सकिंदैन। जनताको बल ज्यादै ठूलो बल हो, जुन भट्टराईलाई प्राप्त छ र जनतालाई पनि भट्टराईको निष्ठाप्रति कुनै शङका छैन। भट्टराईको निष्ठा र जनताको बलको संयोजनले यो राष्ट्रले निकास पाउने ठूलो अवसर प्राप्त गरेको छ।
जनताले चाहेजस्तो प्रधानमन्त्री देशले प्राप्त गरेको छ। र भट्टराईलाई पनि राम्ररी अवगत छ कि जनताले उनीबाट के आशा गरेको छ र उनको दायित्व के हो ? जनताको फुक्र्याइमा लागेर आफूलाई चाहिनेभन्दा ठूलो देखाउन खोजेमा भट्टराईको परिणति पनि अघिल्ला प्रधानमन्त्रीहरूजस्तो नहोला भन्न सकिन्न । शान्ति र संविधानको निकास नै आजको आवश्यकता हो। यसको अपरिहार्यतालाई भट्टराईले नबुझेका त पक्कै नहोलान्। जन–जनको आशाअनुरूप, एउटा सही पात्र राष्ट्रले प्राप्त गरेको छ। निश्चित रूपमा धेरै बाधा र विघ्नहरू छन् भट्टराईका अगाडि। यी वाधा–व्यवधानलाई छिचोल्ने आँट र हिम्मत पनि उनमा छ। यी भरोसाका केन्द्रले राष्ट्रको लागि अकल्पनीय फड्को मार्छन् भन्ने विश्वास पनि जनतामा छ। हेरौं अब नियतिले देशको भविष्य कतातिर डोर्याउँछ ।