उमाशङकर द्विवेदी
काठमाडौंको भोसिको टोलमा संवत् १९२३ सालमा जन्मेका मोतीराम भट्ट आफ्नो शैशव समाप्त गरी तरुनो अवस्थामा अध्ययनको क्रममा बनारसमा रहेर फारसी पढी तथा उर्दू र खडी बोलीको पनि राम्रो ज्ञान हासिल गरी कवि मोतीराम भट्टले भारतेन्दु हरिश्चन्द्रको सङगतबाट प्रेरित भई नेपालीमा गजल विधा भित्र्याएको कुरा सबैले स्वीकार गरेका छन्–डा. केशवप्रसाद उपाध्याय, अश्रुपुरित आँखाहरूबारे नामक गजल सङ्ग्रहको भूमिकामा )। शृङगार रसको बाहुल्य भएको उनका कविता र गजलहरू नेपाली साहित्यका अमूल्य निधि हुन् भनेको कुरा निर्विवाद सत्य हो तर मोतीराम भट्टको प्रसिद्धि उनको नेपाली भाषाप्रतिको मोहको कारणले पनि रहेको पाइन्छ। उनी न भएका भए, अथवा नेपाली भाषाप्रति उनको प्रेम सागररूपमा न उर्लेको भए संभवत: नेपाली साहित्यले आफ्नो आदिकवि भानुभक्त तथा उनको रामायण पाउने थिएन होला। ती मोतीराम भट्ट नै थिए जसले भानुभक्तको रामायण तथा अन्य कृति खोजी गरी जनमानस सामु प्रत्यक्ष गरेका थिए। हुनत मोतीराम भट्टले खोज गर्नुभन्दा पहिले नै बूढापाका तथा अन्य धार्मिक मानिसहरूको कण्ठ परम्पराले रामायण प्रसिद्ध हुन लागेको थियो तर कण्ठ परम्पराले कुनै पनि कृतिले दीर्घकालसम्म स्थायित्व प्राप्त गर्न सक्दैन्थ्यो, त्यस्तो समयमा तीन वर्षसम्म सोधखोज गरी भानुभक्तको जीवनचरित्र तयार पार्नु भनेको चानचुने काम पक्कै थिएन। वास्तवमा कवि मोतीराम भट्ट सुयोग्य कवि हुनाले अरूका काव्य र कविताको पारख गर्न सक्दथे। त्यसैले भानुभक्तका रामयण, बधू शिक्षा आदि कृतिहरूमा रहेका रसिलापनदेखि मुग्ध भएर भानुभक्तका परम भक्त बनेका थिए। यसै कारणले भानुभक्तको जीवन चरित्र पनि भट्टजीले लेखेर वि.सं. १९४८ साल भाद्र महिनामा काशी (बनारस) वाट प्रकाशित गराए। यसभन्दा पाँच वर्ष पहिले भानुभक्तका रामायण आदिको उचित मात्रामा १२ पद्यमा बयान गरेका थिए (मोतीराम भट्टको जीवनी, पृ. ३७–४१)। यस जीवन चरित्रमा हदभन्दा बढ्ता बयान गरेर भानुभक्तप्रति भक्ति प्रकट गरेका छन्–जस्ता भानुभक्तका सरस कविता छन् उस्तै यिनको नाम पनि प्यारो छ। संसारमा जन्म लीकन् नाम राखेन भने त्यो पुरुषले जन्म लिएको के सार ? आज भानुभक्त स्वर्गवासी भएको २२ वर्ष भयो, तर कविताको सामथ्र्य हेर्नुहोस् , भानुभक्त फलाना हुन् न भन्न सक्ने हाम्रा श्री ५ सरकारका राज्य भरिमा सयकडा दुई चार हुनन्।....धन्य कवि १ धन्य कविता १
(भानुभक्तको जीवन चरित्र पृ. २९ )
मोतीराम भट्टले भानुभक्तको जीवन चरित्रको मुख्य घटना घाँसीसँगको संवाद बताएका छन्। भट्टजीको लेखाइअनुसार भानुभक्तले घाँसीबाट कूंवा दृष्टान्तद्वारा उपदेश पाइ कवि बनेका थिए। यस उपदेशवाट तुरन्त कवि बनेर यो पहिलो कविता बनाए भन्ने भट्टजीको भनाइ छ। कविता यस प्रकारको छ–
भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो।
नाम् क्यै रहोस् पछि भनेर कूंवा खनायो।।
घाासी दरिद्रि घरको तर बुद्धि कस्तो।
मो भानुभक्त धनि भैकन आज यस्तो।।
मेरा इनार न त सत्तल पाटि क्यै छन्।
जे धन र चीजहरू छन् घर् भित्र नै छन्।।
तेस् घाासीले कसरी दिएछ अर्ती।
धिक्कार हो मकन् न राखि कीर्ति।।
हामीहरू पनि पाँच छ कक्षादेखि भानुभक्तको यो प्रसिद्ध कविता कण्ठ पारी घोकेका थियौं तर २००३ सालतिर इतिहास शिरोमणि श्री बाबुराम आचार्यले ‘पुराना कवि र कवितामा’ यो पद्य भानुभक्तद्वारा न लेखिई मोतीराम भट्टद्वारा नै लेखिएको हो भन्ने साबित गरेर नेपाली साहित्यका पाठकहरूलाई छक्क पारिदिएका छन्। हुनत सन् १९५४ (वि.सं. २०११) तिर सूर्य विक्रम ज्ञवालीद्वारा लिखित भानुभक्तको सङ्क्षिप्त जीवन चरित्रमा पनि यो घटना थोरबहुत फेर–बदलका साथ जस्ताको त्यस्तै वर्णित छ र यसको रचनाकाल इ.सं.१८३६ मानिएको छ तर यो तथ्य पनि मोतीराम भट्टबाट नै उधृत गरिएको हुँदा ज्ञवालीज्यूको यसप्रति निजी मौलिक अनुसन्धान वा धारणा न रहेको प्रस्ट छ।
मोतीराम भट्ट नै उपर्युक्त पद्यका रचनाकार हुनुमा इतिहास शिरोमणि बाबुराम आचार्य दृढ हुनुमा प्रमुख तथ्यहरू निम्नलिखित छन्।
– तनहूँमा घाँस काटी पैसा लिएर बेच्ने चलन न अघि थियो न अद्यावधि नै छ।
– घाँसीको मुखबाट कुँवा र इनार शब्द एउटै अर्थमा प्रयोग भएको छ। भानुभक्तले लेखेका भनी माथि लेखिएका पद्यमा पनि यी दुई शब्द एउटै अर्थमा व्यवहार गरिएको छ। काशी (बनारस) मा जसलाई कुँवा भन्दछन् त्यसलाई काठमाडौंमा इनार भनिन्छ। लमजुङ, तनहूँतिर इनारलाई कुँवा न भनेर साना पनेरालाई कुँवा भन्दछन्। पनेरा दुई हाथभन्दा बढी गहिरो हुँदैन तथा यसमा इँटाको प्रयोग पनि भएको हुँदैन, ढुङगाले मात्र बनाइएको हुन्छ। यस कारणले घाँसी वा भानुभक्तले कुँवा र इनार शब्द एउटै अर्थमा कदापि प्रयोग गर्न सक्दैनथे।
– घाँसीको घाँस काट्ने हतियार खुर्पी बताइएको छ। तनहूँमा घाँस काट्नको लागि खुर्पा वा हँसियाको उपयोग हुन्छ।
– भानुभक्तको पहिलो कविता भनेको पद्यमा सत्तल शब्द पनि आएको छ। गोरखा र त्यसदेखि पश्चिमपट्टि धर्मशालाको निम्ति सत्तल शब्द प्रयुक्त हुँदैन। नुवाकोटदेखि पूर्वपट्टि मात्र यसको प्रयोग हुन्छ। यो पद्य काठमाडौं न आउँदै भानुभक्तले बनाएका भए यो शब्द कसरी व्यवहार गर्दथे ?
– यस पद्यको रचना शैली हेर्दा सिकारु कविको रचना मान्न सकिंदैन। कविता गर्न अभ्यास भएका कविको रचना देखिन्छ। यसमा ‘म’ को सट्टा ‘मो’ शब्द प्रयोग भएको छ। यो शब्द भट्टजीले नै गद्य पद्यमा व्यवहार गरेको देखिन्छ। भानुभक्तले कतै पनि ‘मो’ शब्दको व्यवहार गरेको देखिंदैन। यस कारण यी दुवै पद्य भट्टजीकै कलमबाट निस्केको देखिन्छ।
यस सम्बन्धमा ‘पुरानो कवि र कविता’मा बाबुराम आचार्य भन्नुहुन्छ– भट्टजीको दोष देखाउनका निमित्त यो ‘टिपन्न’ लेखिएको होइन। आफ्नो आदिकविका जीवन चरित्रमा फैलिएको भ्रमको सुधार गर्नाका निमित्त लेखिएको हो। कल्पनाका संसारमा दौड्ने कविको अभ्यास हुने हुनाले यो घाँसी–भानुभक्त संवाद भट्टजीले नै कल्पना गरेको देखिन आएको छ। यस किसिमका कल्पनालाई कविहरूको दृष्टिबाट दोष सम्झिइँदैन। (पुरानो कवि र कविता, पृ. २००)
कवि मोतीराम भट्टको १४५ औं जन्मजयन्तीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली।