अवसाद एक किसिमको मनोविकार हो, जसमा मन एवं भावनाको स्थिति र स्तर अधोगामी रहन्छ। यस अवस्थामा मानसिक एवं भावनात्मक ऊर्जा आफ्नो न्यूनतम स्तरमा हुन्छ र यही कारण हो कि क्रियाशीलता एवं कार्यक्षमता, दुवै यसले गर्दा बाधित हुन्छन्। यो गहिरो निराशाको अवस्थामा पलाउँछ। जब हामी असफल हुन्छौं अनि हामीलाई निराशाले घेर्दछ र घरीघरी असफल भइरहँदा लाग्दछ निराशा टक्क हामीसँग टाँसिइदिन्छ। यस्तो अवस्थामा अवसादले हामीलाई घेर्न पुग्छ। अवसादले घेरिएको मन कहीं पनि स्थिर हुन पाउँदैन न कुनै काममा नियोजित नै हुन पाउँछ ।
मनोरोग विज्ञान (एब्नार्मल साइकोलोजी) मा अवसादलाई ‘मूड डिस्आर्डर’ अन्तर्गत राखिन्छ, जसमा के भनिन्छ भने जब जीवनको अनुभवहरू दुर्बल हुन थाल्छन्, रिस उठ्न थाल्छ, कहीं पनि मन लाग्दैन र दैनिक जीवनमा आउने साना–साना समस्याहरूबाट हामी व्यथित र पीडित भएर उदास हुन थाल्दछौं, अनि अवसाद पलाउन थाल्छ । अवसादले हाम्रो शरीर, मन, व्यवहार, एवं भावना सबैलाई प्रभावित गर्दछ। अवसादका कारण शरीर जडवत् हुन्छ र आलस्य हुन थाल्छ। यसरी
निष्कर्म बसिरहँदा शरीरको वजन कि बढ्न थाल्छ कि घट्न थाल्छ। घट्नु र बढ्नु दुवै अवस्थामा अवसाद झल्किन्छ । यसले व्यक्ति कि अति क्रियाशील बन्दछ कि केही पनि नगरी निष्क्रिय बन्न
पुग्छ।
अवसादको मानसिक लक्षण हो– एकाग्रताको अभाव, झर्किने बानी, थकाइ एवं विश्रान्ति–अभावको अनुभूति । मनमा यति धेरै नकारात्मक विचार जन्मन्छ कि मन कहीं पनि र कुनै पनि विषयमा लामो समयसम्म टिक्न सक्दैन। यसले गर्दा विस्तारै–विस्तारै स्मरण शक्तिको र्हास हुन थाल्दछ। मनमा निरन्तर आत्महत्या गर्ने विचार आउन थाल्छ। जब मानिस एक्लै हुन्छ, उसलाई जीवनदेखि यति गहन निराशा हुन थाल्छ कि उसले आफूलाई नै नष्ट गर्ने निश्चित गर्न पुग्दछ। अवसाद जब दीर्घकालसम्म टिकिरहन्छ र गम्भीर भएर देखा पर्छ त्यस बेला आत्महत्याजस्तो नकारात्मक विचार मात्र उठ्छ र जब यस्तो हुन्छ उसले आत्महत्या गर्ने नै सोच बनाउँछ।
अवसादका अन्य लक्षण हुन्– निद्रा नलाग्नु अथवा अति निद्रा आउनु (इन्सोम्निया अथवा हाइपरइन्सोम्निया) । रोगी प्रात:काल छिटै उठ्छ। उठेपछि उसलाई फेरि निद्रा आउँदैन तथा उसको मनमा नकारात्मक विचारहरूको हुरी–बतास आउन थाल्छ। नकारात्मक विचारले हाम्रो सम्पूर्ण ऊर्जालाई अवशोषित गर्छ। यसकारण रोगीको आन्तरिक ऊर्जाको क्षरण आरम्भ हुन्छ र ऊर्जा सिद्धिएपछि थकाइ लाग्न थाल्छ । रोगीले स्वयंलाई अतिहेय, क्षुद्र र महत्त्वहीन ठान्न थाल्दछ र यस्तो ठान्न विवश पार्ने नकारात्मक विचारहरू हुन्। जब व्यक्तिले आफ्नैबारे यस्तो कल्पना गर्न थाल्दछ अनि ऊ आफूलाई अरूसँग समन्वित गर्नै सक्दैन। ऊ सबैसँग टाढा बस्न थाल्दछ र सबैसँग काटिन थाल्छ। उसको जीवन नै एक्लिन पुग्छ। उसलाई बिनाकारण अपराधबोध हुन थाल्दछ अथवा आफ्नो कुनै गल्तीको सम्झना भएर अपराधबोधबाट ग्रस्त हुन थाल्दछ ।
अवसादको यो अवस्था आखिर आउँछ किन ? कुन कारण हो, जसले हामीलाई अवसादको जालोमा जाकिदिन्छ ? मनोविज्ञानी के भन्दछन् भने यसका थुप्रै कारणहरु छन्। जैविक कारणहरूमध्ये शरीरमा हार्मोन एवं न्यूरोट्रान्समिटरको व्यतिक्रम हो। यीसँग सम्बन्धित क्रियाकलापहरूमा परिवर्तन आयो भने अवसाद उत्पन्न हुन्छस जस्तै– डायबिटिज, क्यान्सर, मुटुरोग अथवा जीर्ण रोग (क्रोनिक) आदि। यी रोगहरू हुँदा मन अवसादग्रस्त हुन्छ। यसबाट २० देखि २५ प्रतिशत मानिस प्रभावित हुन्छन् । सामान्यरूपमा हेर्ने हो भने महिलाहरू अवसादप्रति बढी संवेदनशील हुन्छन्। आनुवंशिक कारक पनि यसका लागि उत्तरदायी हुन्छ।
साइकोडाइनेमिक प्रभावको आधारमा हेर्ने हो भने दीर्घकालीन
(क्रोनिक) तनावले अवसादलाई जन्म दिन्छ । खासगरी तब, जब यो तनाव बालपनमा हुन्छ। जुन केटाकेटीहरू कुनै कारणले बाल्यकालमा अति तनावग्रस्त हुन्छन् र तनाव लामो समयसम्म रहिरहन्छ अनि यो अन्तत: अवसादमा परिवर्तित हुन्छ। योग मनोविज्ञानका अनुसार अवसादको सम्बन्ध चिन्तन, विचार एवं व्यवहारमा निहित हुन्छ। जसका चिन्तन एवं विचारमा नकारात्मक तत्त्व बग्रेल्ती हुन्छन्, ती अवसादजन्य विकारहरूले घेरिन पुग्छन्। दुष्कर्मको परिणति एवं परिणाम पनि अवसादको रूपमा देखा पर्छ। जुन दिन कुनै काम हुँदैन, यसै दिन बित्दछ, त्यस दिन मन एकतमासको बन्न पुग्दछ, स्वस्थ महसुस हुँदैन र त्यस दिन यदि कुनै काममा गल्ती भयो भने मन अनायास आफ्नो स्थितिबाट अधोगामी भइदिन्छ। यो स्थिति यदि लामो समयसम्म चलिरहन्छ घरीघरी आइरहयो भने यसको अन्तिम परिणति अवसादको रूपमा प्रकट हुन्छ। अवसादको सघनता आत्महत्याको कारण बन्दछ।
अवसादको एउटा लक्षण कुण्ठा पनि हो। कुण्ठाको तात्पर्य हो– भित्र कुनै गहिरो घाउ बस्नु। कुनै कारणले जब यो घाउ पीडित हुन्छ अनि मन अतिसंवेदनशील बन्न पुग्दछ। संवेदनशील मनको नकारात्मकताले सदा शङका, सन्देह र अविश्वास जन्माउँछ। यदि कसैले मुस्कुराएर हेर्यो भने पनि कटाक्ष लाग्दछ । ऊ सधैं के खोजिरहन्छ भने ऊबारे केही गलत त भनिरहिएको छैन, परोक्षमा कसैले कुनै षड्यन्त्र त गरिरहेको छैन ? ऊ कसैमाथि पनि विश्वास गर्न सक्दैन, न स्वयंमाथि भरोसा गर्न सक्दछ । किनकि आन्तरिक क्षमता त समाप्त भइसकेको छ।
अवसादको तीन भेद छन्–
(१) मेजर डिप्रेसिभ डिस्आर्डर– यो यस्तो मनोरोग हो, जसमा रोगी एक वा बढीपटक गम्भीर अवसादमा जेलिन्छ र त्यहाँबाट बाहिर निस्कन सक्दैन। यो अति खतरनाक अवस्था हो, जुन बीस वर्षको उमेरदेखि आरम्भ हुन्छ। यसै स्थितिमा रोगी आत्महत्या गर्न विवश हुन्छ, तर यौगिक एवं आध्यात्मिक उपचारको माध्यमले त्यसलाई पूर्णरूपले स्वस्थ बनाउन सकिन्छ ।
(२) डायस्थेमिक डिस्आर्डर– यो दीर्घकालीन (क्रोनिक) एवं हलुको अवसादको अवस्था हो अर्थात् जब कसैलाई हलुको अवसाद लामो समयसम्म (करिब दुई वर्षसम्म) रहन्छ भने त्यसलाई डायस्थेमिक मनोविकार भनिन्छ। यो मेजर डिप्रेशन विकारभन्दा भिन्न हुन्छ, किनकि त्यस अवस्थामा पूरा दिन एवं प्रतिदिन करिब दुई हप्तासम्म अवसाद गम्भीररूपमा देखा पर्छ, जबकि डायस्थेमिकमा केही वर्षसम्म कुनै न कुनै रूपमा अवसादको स्थिति विद्यमान रहन्छ । दुवैका लक्षण झन्डै–झन्डै एकैनासका हुन्छन्, तर यिनमा अन्तर तिनका गम्भीरतम अवधि एवं स्थितिको हुन्छ।
(३) अन्य प्रकारको अवसाद– यसमा ती अवसादहरू पर्दछन्, जो साइकोटिक (जो होशमा हुँदैन), मेलेंकोलिक, कैटाटोनिक एवं एटिपिकल आदिसँग सम्बन्धित हुन्छन्। यस्तो अवसाद ठीक पनि हुन सक्छ, नहुन पनि सक्छ।
यिनको उपचारका लागि कैयौं प्रकारका उपचारको प्रयोग गरिन्छ। साइकोथेरेपीमा काग्निटिभ–बिहेभिरल थेरेपी (ऋद्यत्) को प्रयोग गरिन्छ, तर यस चिकित्सापद्धतिबाट रोगी पूर्णरूपले स्वस्थ हुन सक्दैन। यदि उसले पूर्णरूपले स्वस्थ हुनु छ भने आहार–विहार तथा दिनचर्या सुधार्नुका साथै योग चिकित्साको सहारा लिनुपर्छ।
योग चिकित्सा अन्तर्गत अवसादको पूर्ण नियमन गर्न सकिन्छ। किनकि अवसादले मन एवं भावना दुवै दुर्बल र कमजोर बन्दछन्, रोगीले केही यस्ता यौगिक क्रियाबाट गुज्रनुपर्छ, जसले उसकोभित्रको क्रियाशीलता बढ्छ, रक्तसञ्चार सुचारु र गतिशील हुन्छ तथा मांसपेशीहरूमा हलचल हुन्छ। यी कुराहरूलाई ध्यानमा राखेर आसनहरूको अभ्यास गर्नुपर्छ।
आसन– यस्ता आसन, जसले शारीरिक उष्णता उत्पन्न गरोस्, सबैभन्दा पहिले त्यसको अभ्यास गर्नुपर्छ । प्रज्ञायोगको अभ्यास पनि अवसाद नियमनका लागि उपयुक्त हुन्छ।
प्राणायाम– प्राणायाम अवसाद हटाउने सशक्त र सक्षम माध्यम हो, तर यसका लागि केही विशेष प्रकारको प्राणायाम सक्षम हुन्छ। जस्तै: नाडीशोधन, भस्त्रिका, सूर्यभेदन, भ्रामरी एवं ओम उच्चारण आदि। यी प्राणायामले शरीरको सिंपैथेटिक नर्वस सिस्टम क्रियाशील हुन्छ, जसले रोगीलाई सन्तुलित बनाइदिन्छ।
क्रिया– क्रियाहरूमा जलनेति, रबरनेति, सूत्रनेति आदिको निरन्तर अभ्यास गर्नुपर्छ। व्यूत्क्रम कपालभाति पनि अवसाद हटाउन निकै प्रसिद्ध छ। नौली एवं शङ्खप्रक्षालनको अभ्यासले पनि अवसाद नियमनमा मदत प्राप्त हुन्छ । त्राटकमो ज्योति त्राटकको अभ्यास गर्नुपर्छ । के ध्यान गर्नुपर्छ भने जुन अँध्यारो व्याप हुनाले मन अवसादले ग्रस्त भएको छ, त्यो प्रकाशपुञ्ज ग्रहण गर्नाले टाढिंदै गएको छ। यसप्रकारको अवधारणाले अवसाद टाढिन्छ।
स्वाध्याय चिकित्सा: महापुरुषहरूको प्रेरक प्रसङग, उनीहरूको जीवनी एवं श्रेष्ठ साहित्य जस्तै: रामायण, महाभारत, गीताको श्लोक, युगनिर्माण साहित्य आदिको अध्ययनबाट वैचारिक जड्ता नष्ट हुन्छ र अवसाद कम हुन्छ। स्वाध्यायको तात्पर्य मन एवं विचारहरूले स्नान गर्नु।
श्रेष्ठ कर्म एवं शालीन व्यवहार: अवसाद एकप्रकारको भयानक तमस हो । तमस अर्थात् जड्ता। जड्वत् मन कुनै पनि कार्यमा संलग्न रहँदैन। अत: जड्तालाई तोड्न सार्थक एवं कठोर परिश्रमको आवश्यकता पर्छ। श्रम राजसिक गुण हो र श्रमले जड्ता तोडिन्छ। अत: श्रेष्ठ कर्म गर्नुपर्छ। श्रेष्ठ कर्म गरेबाट मन प्रसन्न हुन्छ एवं
शरीरमा उमङग एवं उत्साहको हावा चल्छ। यी समस्त कुराहरू अवसादरूपी जड्ता काट्ने सर्वश्रेष्ठ साधनहरू हुन्।
अवसादलाई सत्कर्मको माध्यमबाट रूपान्तरण गर्ने हो भने मन एवं भावनाको प्रसन्नता एवं खुशीहरूको सीमा रहँदैन र यस्तो कार्य गर्न सकिन्छ। आध्यात्मिक क्षेत्रमा यस्तो कार्य सजिलै र सहज ढङगबाट गरिन्छ। गायत्री मन्त्रको जप एवं बीज मन्त्रहरूको जपले अवसादलाई अवसान गर्न सकिन्छ। यो सुनिश्चित हो कि आहार–विहारमा संयमताले केही यौगिक क्रियाहरूको साथै स्वाध्याय एवं सत्कर्मको समन्वय नै अवसाद निराकरणको महाऔषधि हो।