अनन्तकुमार लाल दास
बालबालिकाहरू परिवारका आकाङ्क्षा र अपेक्षाहरूको केन्द्र हुन्छन्। बालबालिकाहरू पारिवारिक सुख, समृद्धि र सफलताका आधार हुन्छन्। यस अर्थमा सम्पूर्ण सामाजिक व्यवस्थाको आधारस्तम्भ नै बालबालिका हुन्छन् र उनीहरूकै लागि हामी जीवनपर्यन्त सङ्घर्षरत रहन्छौं। मानिस प्रकृतिको सबैभन्दा विकसित प्राणी भएकै हुनाले बालबालिकाको सुरक्षा र उनीहरूको मानसिक विकासका लागि दिनरात परिश्रम गर्ने गर्छन्। ज्ञान सँगसँगै उनीहरूको भित्री प्रतिभा पनि उजागर हुन्छ। यसै योग्यता र प्रतिभाले गर्दा समाजमा उनीहरूले मान र सम्मान प्राप्त गर्छन् र यसरी समाज र राष्ट्रलाई त्यसको लाभ प्राप्त हुन्छ।
प्रत्येक मानिसले आफ्नो पारिवारिक र सामाजिक स्तर अनुसार बालबालिकालाई योग्य, प्रतिष्ठित, सम्पन्न र प्रभावशाली बनाउने प्रयत्न गर्छन् तर उसको क्रियाकलाप, स्वभाव, बानी र मानसिक सोचको छाप बालबालिका माथि पनि पर्छ। यस कारण प्रत्येक अभिभावकले बालबालिकाप्रतिको चाहना र आफूद्वारा गरिने क्रियाकलापबीच सामञ्जस्य स्थापित गर्नु नितान्त आवश्यक हुन्छ।
हाम्रो देश एउटा गरीब मुलुक हो। यहाँ किसान र मजदूरहरूको सङ्ख्या नै बढी छ। जुन वर्ग आर्थिकरूपले सम्पन्न छ, उसले आफ्ना सन्तानलाई अङ्ग्रेजी स्कूलमा पढाउनुमा गर्वको अनुभूति गर्छ। तर नौलो कुरो के छ भने गरीबी र अभावका बावजुद आज अभिभावकहरूमा शिक्षाप्रति जागरुकता बढेको छ। शहर होस् वा गाउँ विद्यालयहरूको सङ्ख्यामा वृद्धि भएको छ। निम्न मध्यमवर्गीय परिवारले पनि आफ्ना छोराछोरीलाई प्रि–नर्सरी, नर्सरी, एल.के.जी., यु.के.जी. भएको विद्यालयमा पढाउन चाहन्छन् किनभने उनीहरूको नजरमा सरकारी स्कूल काम नलाग्ने र राजनीतिक अखडा भइसकेका छन्।
यी सबै पछाडि अभिभावकको एकमात्र उद्देश्य के हो भने उसको सन्तान समयसँगसँगै हिंड्न सकोस् र कसैभन्दा पछाडि नपरोस्। यी सबैका बावजुद अधिकांश अभिभावक आफ्ना नानीहरूको उच्छृङ्खलताले परेशान, निराश र हताश देखिन्छन्। वास्तवमा भन्ने हो भने वर्तमान सामाजिक परिवेश, सिनेमा–संस्कृति, त्यसको ग्लैमर र मोबाइलले बालबालिकाहरूको मानसिक सोचलाई प्रदूषित गरिराखेको छ। तर निराशामा नै आशाको बीउ पनि हुन्छ। यस कारण त्यस्ता अभिभावकले रचनात्मक सोच अपनाउनुपर्छ।
सामाजिक र नैतिक दृष्टिले अभिभावक आफ्नो सन्तानप्रति समर्पित हुन्छ तर लोग्नेस्वास्नीको इच्छाविरुद्ध संयोगवश जन्मिने बालबालिकाले आमाबुवाबाट चाहिएजति स्नेह प्राप्त गर्दैनन्। उदाहरणस्वरूप गरीबी रेखामुनि जीवनयापन गर्ने परिवारका यस्ता लाखौंैं बालबालिका छन् जसमा प्रतिभा भए तापनि त्यो विकसित हुन सकिरहेको छैन। भोक र कामको अभावमा यस्ता बालबालिकाहरूको प्रतिभाले बाध्यतावश गलत दिशा लिन्छ र परिवारका साथसाथै देशका लागि पनि टाउको दुखाइको कारण बन्ने गरेको हाम्रो सामु छर्लङग छ।
वास्तवमा प्रतिभाको आफ्नै मनोविज्ञान छ। जस्तै चक्कुको काम काट्नु हो। यसबाट कसैको घाँटी पनि रेट्न सकिन्छ भने कसैको जीउमा पसेको गोली निकाली जीवनरक्षा पनि गर्न सकिन्छ। यो त चक्कुको उपयोगमाथि निर्भर छ। यस्तै प्रतिभालाई राम्रो अभ्यास मार्फत् सीपयुक्त र दक्ष बनाउन सकिन्छ भने गलत अभ्यासमार्फत् पाकेटमार पनि बनाउन सकिन्छ। यस कारण बाल विकासको सम्पूर्ण दायित्व अभिभावकमाथि निर्भर छ। यसो भन्नुको तात्पर्य के हो भने पारिवारिक वातावरणको प्रभाव बालबालिकामाथि अत्यधिक पर्छ। यस कारण स्वस्थ पारिवारिक वातावरण बनाउने कर्तव्य अभिभावकको हो, किनभने बालबालिकाहरू आफ्नो मनका धेरै कुराहरू अभिभावकसामु व्यक्त गर्दैनन्। वर्तमानमा सानो परिवार आधुनिक जीवन शैलीको अङग बन्दै गएको छ। एक्लो सन्तानले बढी माया वा कामकाजी महिलाका सन्तानले मायाको अभावमा विपरीत सोच राख्न सक्छन्। अर्कोतर्फ ठूलो परिवारमा आर्थिक साधन सीमित हुने हुनाले कलहको बढी सम्भावना हुन्छ। यस परिवेशमा यदि समयमैं बालबालिकाहरूको आवश्यकता पूर्ति भएन भने उनीहरू हीन भावनाको शिकार हुन सक्छन्। यसर्थ अभिभावकहरूले आफ्नो सन्तानको भविष्यप्रति सधैं सतर्कता र सजगता अपनाउनुपर्छ।
जुन विद्यालयमा शिक्षकहरूले व्यक्तिगतरूपमा विद्यार्थीमाथि ध्यान दिन्छन्, ती विद्यालयका विद्यार्थीहरूको हरेक क्रियाकलापमा प्रगतिको लहर देख्न र सुन्न पाइन्छ। एकल होस् वा संयुक्त, परिवारको कर्तव्य हो बालबालिकाहरूको क्रियाकलापमा रुचि लिनु, किनभने यसको अभावमा उनीहरूले आफूलाई असुरक्षित र तनावग्रस्त अनुभव गर्छन्। जसरी पानीको अभावमा बोटबिरुवा उम्रन सक्दैन त्यसैगरी स्नेह, प्रेरणा र प्रोत्साहनको अभावमा उनीहरूभित्र रहेको प्रतिभाको विकास हुँदैन। प्रेरणा र प्रोत्साहनबाट उनीहरूमा सङ्घर्ष गर्ने शक्तिको विकास हुन्छ र प्रथम स्थान प्राप्त गर्न नसके तापनि पुन: बढी उत्साह र लगनका साथ प्रथम आउने कोशिश गर्छन् र प्रथम स्थान प्राप्त गर्न सफल पनि हुन्छन्।
परिवारमा बालबालिकाहरूको स्थितिले पनि उनीहरूको विकासमाथि प्रभाव पार्छ। छोरा वा छोरी माइलो वा कान्छो छ भने प्राय: दाजु वा दिदीको स्वभाव र आदतले प्रभावित हुन्छन्। विद्वान् गोल्डस्टीनका अनुसार परिवारमा नै बालबालिकाहरूले सामाजिक व्यवहार सिक्छन्। यस कारण पारिवारिक सम्पर्कमा आउने सबैबाट उनीहरू प्रभावित हुने गर्छन् र यही नै पछि गएर उनीहरूको संस्कारमा परिवर्तित हुन्छ। यस कारण परिवारलाई प्रथम पाठशालाको रूपमा मान्यता प्राप्त छ। भन्नुको अर्थ के हो भने बालबालिकाहरूको व्यक्तित्व विकास पूर्णरूपेण परिवारमाथि निर्भर छ। मनोवैज्ञानिकहरूको भनाइ अनुसार उनीहरूको संस्कार, चालचलन, उनीहरूद्वारा गरिने व्यवहार आदि सबै परिवारको देन हो। यस कारण अभिभावकहरूले आआफ्ना छोराछोरीलाई साथीजस्तै समान व्यवहार गर्नुपर्छ अर्थात् उनीहरूको हरेक गतिविधिमा रुचि लिनु, उनीहरूको कुरा सुन्नु, उनीहरूको सफलतामा प्रशंसा गर्नु र असफलतामा प्रोत्साहन प्रदान गर्नुपर्छ। “मेरो टाउको नखाऊ, गएर बुवासँग सोध” जस्ता वाक्यहरू प्रयोग गर्नुहुँदैन।
विद्यालय जाने बालबालिकाहरूमा विद्यालय नजाने बालबालिकाहरूभन्दा बढी सामाजिक भावना पाइन्छ। विद्यालय जाने बालबालिकाहरूमा सिक्ने इच्छा, सहयोगी भावना, एक अर्काप्रति सहानुभूति, समयको सदुपयोग गर्ने बानी, शारीरिक विकास, भाषाको ज्ञान, भावना व्यक्त गर्ने क्षमताको विकास, सामूहिक उत्तरदायित्व वहन गर्ने क्षमता र प्रकृतिसँग प्रेम गर्ने जस्ता सामाजिक भावनाको विकास भएको पाइन्छ जसले बाल प्रतिभालाई नयाँ स्वरूप प्रदान गर्छ। यस कारण प्रत्येक अभिभावकले अनिवार्य आफ्नो सन्तानलाई विद्यालय पठाउनुपर्छ।
मनोवैज्ञानिकहरूको कथनानुसार बालबालिकामा भएको प्रतिभा सुषुप्तावस्थामा हुन्छ र यसको विकास विस्तारै वातावरण र समयानुसार हुँदै जान्छ। प्रारम्भिक अवस्थामा कोही बढी रुने, कोही बढी हाँस्ने, कोही सुतिराख्ने वा कोही उदास देखिने हुन्छन्। विस्तारै परिवारसँग घुलमिल प्रारम्भ हुन्छ। त्यसपछि छरछिमेकसँग र छरछिमेकका दौंतरी केटाकेटीहरूसँग आत्मीयता, विस्तारै लिङगभेदको ज्ञान आदि कुराहरूको विकास परिवारमैं हुन्छ। विद्यालय प्रवेश गरिसकेपछि उनीहरूका साथीहरू पनि एक अर्काको घर आउनेजाने गर्छन्। यस अवस्थामा अभिभावकको दायित्व उनीहरूको साथीमाथि ध्यान दिनुपर्ने हुन्छ। समय–समयमा विद्यालय गई शिक्षकहरूसँग विद्यार्थीको प्रगति र विद्यालयमा गरिने क्रियाकलापबारे जानकारी पनि लिइराख्नुपर्छ।
किशोरावस्था नै बालबालिकाहरूको प्रतिभा विकसित हुने अवस्था भएकोले यस अवस्थामा अभिभावकहरू बढी सचेत हुनुपर्छ। यस अवस्थामा बालबालिकाहरूमा विभिन्न प्रकारका शारीरिक परिवर्तन हुन थाल्छ। उनीहरूको आकर्षणविपरीत लिङगसँग हुने पनि बढी सम्भावना हुन्छ। यस अवस्थामा नयाँ–नयाँ रुचिहरूको पनि विकास हुन्छ। उनीहरूको चाहनामा पनि परिवर्तन आउने सम्भावना बढी हुन्छ। यस प्रकार ज्ञान वृद्धिको साथसाथै यदि कुनै विकृति उनीहरूमा देखापर्छ भने यसप्रति अभिभावकहरू गम्भीर हुनु नितान्त आवश्यक हुन्छ किनभने यस अवस्थामा उनीहरूसँग गल्ती हुने सम्भावना बढी हुन्छ। यसको एकमात्र समाधान उनीहरूसँग मित्रवत् व्यवहार नै हो। मित्रवत् व्यवहारले गर्दा उनीहरू खुलेर आफ्नो मनको कुरा परिवारका सदस्यसँग व्यक्त गर्छन् र त्यसको उपचार पनि सजिलै गर्न सकिन्छ। यस कारण बालबालिकाको भावनाको मूल्याङकन आफ्नो स्तरबाट गर्नु एउटा जागरुक अभिभावकको पहिलो दायित्व हो।
यस प्रकार के भन्न सकिन्छ भने बालबालिकामा देखापर्ने गुण वा अवगुण परिवारको देन हो। परिवार त्यो संस्था हो जसले बालबालिकालाई जन्माउँछ, उनीहरूको पालनपोषण र मनोवैज्ञानिक संरक्षण प्रदान गर्छ र समग्रमा समाज र राष्ट्रको लागि योग्य नागरिक बनाउन सक्रिय भूमिका खेल्छ। परिवारमा जन्मिने बालबालिकाले नै सामाजिक सम्बन्ध, व्यवस्था र मान्यताहरूलाई प्रतिष्ठा प्रदान गरी आफूलाई आफ्नो अपेक्षाअनुसार स्वरूप प्रदान गर्छ। यस कारण प्रत्येक अभिभावकले माटोको भाँडो बनाउने कुमालेको भूमिका निर्वाह गर्नुपर्छ जसले काँचो माटोलाई माथिबाट ठोक्छ तर अर्को हात सहाराको रूपमा तल राखिरहन्छ।