गम्भीरा सहनी, जीतपुर, १० भदौ/
इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रनि अङगुर जीसीको नेतृत्वमा बाराको जीतपुर–सिमरा नगरपालिका क्षेत्रभित्रको सडकपेटी अतिक्रमण गरी राखिएको काठदाउरा, गोइठा, ठेला, घुम्ती पसल हटाउने अभियान आजदेखि सुरु भएको छ।
जीतपुर–सिमरा नगरपालिकाको जीतपुरस्थित ६ लेन सडकखण्डको दुवैपट्टीको सडकपेटीमा जथाभावी घरटहरा बनाइ पसल थाप्दा बटुवाहरू सडकमा हिंड्ने गरेकाले सडक दुर्घटना बढ्दो छ। प्रहरीले सञ्चालन गरेको यो अभियानले बटुवाहरूलाई धेरै सहयोग पुग्ने स्थानीय क्यामुदिन अन्सारीले बताए ।
सडकपेटी अतिक्रमण हटाउन र बटुवालाई पेटीबाट हिंड्न उत्साहित बनाउन प्रहरीले आजदेखि अतिक्रमण गरी थापिएका पसल, छज्जा, ठेला तथा होर्डिङ बोर्डलगायत हटाएको छ।
नगरपालिका क्षेत्रभित्र ट्राफिक जाम हुने गरेकोले सो अभियान सुरु गरिएको हो। सडकवरिपरि रहेका घुम्ती पसलहरूसमेत हटाइने इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज अङगुर जीसीले आज प्रतीकलाई बताए।
यस अभियानमा जनपद प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय फोरम लोकतान्त्रिकका श्रीराम साह, फोरम नेपालका प्रभु यादवलगायतका दलका प्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घ बाराका उपाध्यक्ष कपिलदेव यादव र स्थानीय युवाहरूको सक्रियतामा सो अभियान सुरु गरिएको छ।