प्रस, वीरगंज, १३, भदौ/
संविधान बनाउनका लागि जनताले दिएको म्यान्डेट समाप्त भइसकेकोले अब संविधानसभाको म्याद थप गर्न नहुने विरोधसभाका वक्ताहरूले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा वीरगंज घण्टाघर चोकमा आज आयोजित विरोधसभामा सहभागीहरूले सो कुरा बताएका हुन्।
नेताहरूको हैकमवादी प्रवृत्ति, आपसी मनमुटाव र द्वन्द्वका कारण देश धराशायी बन्दै गएको कारण महँगी, भ्रष्टाचारी बढेको वक्ताहरूले बताएका थिए।
राप्रपा नेपाल पर्सा अध्यक्ष रामचन्द्र चतुर्वेदीको सभापतित्वमा सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शम्भु चौरसिया, प्रदीप सुवेदी, जिल्ला सचिव अङगद यादव, क्षेत्रीय इन्चार्ज शिवनारायण मिश्रा, जिल्ला सदस्य गजेन्द्रदेवलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, कलैया/
प्रहरीले गरेको हस्तक्षेपको विरोधमा राप्रपा नेपाल बाराले मङगलवार सदरमुकाम कलैयामा विरोध जुलुस प्रदर्शन गरेको छ। राप्रपा नेपाल बाराका अध्यक्ष राजनारायण साहको नेतृत्वमा सिद्घेश्वर विद्यालय परिसरबाट निस्केको जुलुसले कलैया नगर परिक्रमा
गरेको थियो। नगर परिक्रमापश्चात् जुलुस कलैयाको मुख्यचोकमा पुगी विरोधसभामा परिणत भएको
थियो।
विरोधसभामा भरतबहादुर मल्ल, मुनिलाल साह, राधेकृष्ण कुशवाहा, माधवप्रसाद साह, शिव तिमिल्सिना लगायतले प्रहरी हस्तक्षेपको विरोध गरेका थिए। निर्धारित समय भदौ १४ गते संविधान जारी गर्नुपर्ने माग गर्दै राप्रपा नेपाल बाराले सोमवार साँझ सदरमुकाम कलैयामा प्रदर्शन गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो।