Posts

Showing posts from August, 2011

हिजो आज दुर्घटनै–दुर्घटना केहीको मृत्यु थुप्रै घाइते

प्रस, वीरगंज, १३ भदौ/     महेन्द्र राजपथको अमलेखगंजको पुल नं. १ मा र चन्द्रनिगाहपुरमा बस दुर्घटना भएको छ।     वीरगंजबाट काठमाडौंतर्फ हिंडेको बा.१ ख ९०१४ नं. को बसले विपरीत दिशाबाट आएको बा. ७प ९५६३ नं. को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार आमा, बुवा र ३ वर्षीय बच्चाको घटनास्थलमैं मृत्यु भएको छ।     मृत्यु हुनेमा सुनसरी गाविस हासपोसा– २ का सरोज अधिकारी, भारती खरेल उनका छोरा ३ वर्षीय बच्चाको नाम खुलेको छैन। उनीहरूको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।     त्यसैगरी हेटौडाबाट वीरगंजतर्फ आइरहेको ना. ३ख ८८६४ नं.को ट्रक चुरियामाईमा हिजो राति पल्टिंदा घटनास्थलमैं दुईजनाको मृत्यु भएको प्रहरी चौकी अमलेखगंजका इन्चार्ज प्रहरी नायब निरीक्षक अरुण कुशवाहाले बताएका छन् । मृत्यु हुनेमा मनहरी–१ की माया थिङग र जगरनाथपुर निवासी मकबुल अन्सारी रहेका छन्।     त्यसैगरी बाराको कोल्भीबाट बर्दीवासका लागि हिंडेको ना.३ख ९८५२ नं. को यात्रुवाहक बस चन्द्रनिगाहपुरको पश्चिमपट्टी पल्टिंदा चालकसहित ३० जना घाइते भएका छन्।     बसचालक बारा दोहरीका अब्दुल रोजिद अन्सारी रहेका छन्। बसको स्टेर

मसाल जुलुसमा प्रहरी हस्तक्षेपविरुद्ध विरोध जुलुस

प्रस, वीरगंज, १३, भदौ/     संविधान बनाउनका लागि जनताले दिएको म्यान्डेट समाप्त भइसकेकोले अब संविधानसभाको म्याद थप गर्न नहुने विरोधसभाका वक्ताहरूले बताएका छन् ।     राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा वीरगंज घण्टाघर चोकमा आज आयोजित विरोधसभामा सहभागीहरूले सो कुरा बताएका हुन्।     नेताहरूको हैकमवादी प्रवृत्ति, आपसी मनमुटाव र द्वन्द्वका कारण देश धराशायी बन्दै गएको कारण महँगी, भ्रष्टाचारी बढेको वक्ताहरूले बताएका थिए।     राप्रपा नेपाल पर्सा अध्यक्ष रामचन्द्र चतुर्वेदीको सभापतित्वमा सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शम्भु चौरसिया, प्रदीप सुवेदी, जिल्ला सचिव अङगद यादव, क्षेत्रीय इन्चार्ज शिवनारायण मिश्रा, जिल्ला सदस्य गजेन्द्रदेवलगायतले मन्तव्य व्यक्त गरेका थिए। प्रस, कलैया/     प्रहरीले गरेको हस्तक्षेपको विरोधमा राप्रपा नेपाल बाराले मङगलवार सदरमुकाम कलैयामा विरोध जुलुस प्रदर्शन गरेको छ। राप्रपा नेपाल बाराका अध्यक्ष राजनारायण साहको नेतृत्वमा सिद्घेश्वर विद्यालय परिसरबाट निस्केको जुलुसले कलैया नगर परिक्रमा गरेको थियो। नगर परिक्रमापश्चात् जुलुस कलैयाको मुख्यचोकमा पुगी विरोधसभ

सम्भावित खतरा : कसले ध्यान दिने ?

    वर्षा सिद्धिन लागेको छ। अव्यवस्थित शहरको पाइला–पाइलामा खाल्टाखुल्टीहरू छन्। तिनमा पानी सुक्न महिनौं लाग्छ, कति खाडलमा त पानी वर्षभरि पनि सुक्दैन। वातावरणमा नमी छ, जसले गर्दा गर्मी अति सार्‍हो छ। यो मौसम कीरा–फटयाङ्ग्राहरू जन्मने अनुकूल बेला हो। रैथाने लामखुट्टे त एक–दुईको सङ्ख्यामा होइन, फौजको रूपमा जन्मन्छ। तीमध्ये कति टोकाहा र चुसाहा मात्र हुन्छन् भने कति भयङकर बिमारीका संवाहक हुन्छन्। यिनको प्रकोपले गाउँ–बस्तीको कुरै छाडौं, शहर–बजारमा समेत मानिसको ज्यान जाने गर्दछ। देशभरिको ठयाक्कै तथ्याङक त भन्न मिल्दैन तर सरदर प्रतिवर्ष लामखुट्टे र कीराहरूको चकचकीले १०–२० जनाको ज्यान त जाने गरेकै छ। यस प्रकोपबाट नागरिकलाई जोगाउन स्थानीय निकायले तदारुकताका साथ पानी जम्ने ठाउँको मात्र उचित प्रबन्ध गरिदिने हो भने सम्भावित बिमारीलाई आधा जितेको मानिने छ। गाउँहरूमा त तत्विशेष, शहरमा भने घरेलु पानी निकासका लागि बनाइएका नालाहरू खुला हुन्छन्, जसले गर्दा लामखुट्टेलगायत विभिन्न कीराहरू बढी उत्पन्न हुन्छन्।     नालाहरूमा नियमित सफाइ नहुँदा पानीले प्रायश: निकास पाएको हुँदैन, जसले गर्दा जमेको पानीमा लामख

डा. भट्टराई: चुनौती र अवसर

राजेन्द्रप्रसाद कोइराला     देशको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित डा. बाबुराम भट्टराई जनताका आशाका किरण हुन्, एक भरोसा हुन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वासिला र लोकप्रिय व्यक्तित्व हुन्। ९ महिना अर्थमन्त्री भएको समयमा, आफ्नो क्षमता उनले जनताको सामुन्ने स्पष्ट पारिसकेका छन्। उनलाई एक निस्स्वार्थ, निडर, भिजनमा अडिग र नचाहिंदो नबोल्ने नेताका रूपमा लिने गरिन्छ। माओवादीभित्र लोकतान्त्रिक गणतन्त्रका अभियन्ताका रूपमा उभिएका डा. भट्टराई विभिन्न बाधा, अवरोध, आलोचनाका बावजुद लोकतन्त्र, शान्ति र संविधानका मुद्दालाई ज्वलन्त रूपमा उठाएर, त्यसलाई स्थापित गरिछाडे। उनलाई भारतपरस्त, दक्षिणपन्थी, जस्ता विभिन्न आरोपहरू आफ्नै दलभित्रबाट नलागेको होइन। तर आफ्नो दृष्टिकोणमा स्पष्ट भट्टराई कहिल्यै पनि विचलित नभई गन्तव्यको अग्निपथ पार गर्दै आज राष्ट्रको प्रधानमन्त्री बन्न सफल भएका छन्।     डा. भट्टराई प्रधानमन्त्री भएको देख्न चाहने अधिकांश जनता अहिले ज्यादै हर्षित छ, नहुन पनि कसरी। तर डा. भट्टराईका सामुन्ने पहाडजस्ता चुनौतीहरू तेर्सिएका छन्। सहमतीय सरकारको आवश्यकता र अपरिहार्यता हुँदाहुँदै पनि, त

कीटनाशक औषधिको अवैध कारखानामा छापा कच्चा पदार्थसहित चारजना पक्राउ

Image
प्रस, वीरगंज, १२ भदौ/     जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चको नेतृत्वमा गएको टोलीले आदर्शनगरको दुईवटा गोदाममा छापा मारी लगभग १५ क्विन्टल कृषिमा प्रयोग हुने औषधिको कच्चा पदार्थसहित ४ जनालाई पक्राउ गरेको छ।     भारत रक्सौल निवासी मुन्ना गुप्ता, गोपाल अग्रवाल, श्यामबाबु प्रसाद, राजनकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरू भारतीय नागरिक भएपनि विगत लामो समयदेखि आदर्शनगरमा गोदाम राखी कृषि उत्पादनमा प्रयोग हुने नक्कली औषधि बनाउने गरेको क्राइम टोलीका इन्चार्ज प्रहरी निरीक्षक मन्जिल मकारुङको दाबी छ।     प्रहरीले छापामारी गर्दा उनीहरूको गोदामबाट इन्डाफिल, अल्ट्राकोल, सुर्पागोल्ड, जिङक, राहीनो m ठछ, रुपीनि, सञ्जीवनी, फुरान्डा, मेटासीड, टोगर, डिपानेजस्ता कीटनाशक औषधिहरूको कभर, झोला, डब्बा आदि फेला परेको छ।     प्रहरीले दिएको जानकारीअनुसार यिनीहरूले कृषि उपजका लागि चाहिने कीटनाशक औषधिहरू नक्कली बनाई नेपालका कुना–कुनामा पठाउने गरेका थिए। नेपाललगायत भारतमा पनि यी कीटनाशक औषधिहरू पठाउने गरेको पक्राउ परेका अग्रवालले बताएका छन्।     प्रहरीले दिएको जानकारीअुनसार यिनीहरूले

राप्रपाद्वारा विरोध प्रदर्शन, मसाल जुलुसमा प्रहरी हस्तक्षेप

Image
प्रस, वीरगंज, १२ भदौ/     संविधानसभाको म्याद थप गर्ने सरकारी निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ। विर्ताबजार स्थित पार्टी कार्यालयबाट साँझपख मसाल जुलुस प्रदर्शन तयारी गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरी मसाल खोसेपछि आक्रोशित जुलुस विर्ताबजार परिक्रमा गरी विरोधसभामा परिणत भएको थियो ।     राप्रपा नेताहरू रामचन्द्र चतुर्वेदी, शम्भु चौरसिया र प्रदीप सुवेदीलगायतले सभालाई सम्बोधन गर्दै प्रहरी हस्तक्षेपको भत्र्सना गरेका थिए। यता प्रहरीले भने मसालले सर्वसाधारण नागरिकलाई नकारात्मक असर पुर्‍याउने भएकोले मसालबिनाको शान्तिपूर्ण जुलुस तथा विरोध प्रदर्शन गर्न अनुरोध गर्दा पनि नमानेकोले मसाल खोस्न बाध्य भएको बताएको छ।

डा. बाबुरामको पालो

    वर्षमा दुईदेखि तीनजनासम्म प्रधानमन्त्री फेरिंदै आएको नेपालको राजनीतिमा अहिले डा.बाबुराम भट्टराई प्रधानमन्त्री बनेका छन्। सहमतीय र बहुमतीयको म्याजिक चेयरको गोलचक्करमा डा.बाबुराम भट्टराई पनि अल्झिन पुगे। यो देशका लागि एउटा अवसर र स्वयं भट्टराईका लागि अपयशको बिन्दु बन्न सक्दछ। अहिले नेपाली राजनीति कालो पोतिएको घर बनेको छ, जसमा पस्नेले चाहेर वा नचाहेर मुखमा धुवाँलो लत्पतिएको पीडा बेहोर्नैपर्छ। तर त्यस व्यक्तिका लागि यो एउटा अवसर पनि हो कि ऊ आफ्नो कार्यक्षमता, स्पष्ट विचारले गर्दा नायकको रूपमा प्रकट हुन सक्छ। विचारले, कार्यले, सिद्धान्तले वा देशप्रेमले आज कसैलाई बाँधेर राख्न सक्ने अवस्था छैन, तर बहुमतलाई आफ्नो पक्षमा नपारी काम गर्न पनि सकिन्न, यो आजको नेपाली राजनीतिको दुरभिसन्धि हो। यस दुरभिसन्धिलाई चिर्न गार्‍हो छ, जसले चिर्छ ऊ नेपाली राजनीतिक क्षितिजको विन्स्टन चर्चिल अवश्य नै बन्छ, नायक अवश्य नै बन्छ।     डा. बाबुराम भट्टराई माओवादीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री थिए। सानै कार्यकालमा उनले आफ्नो कार्यशैलीबाट प्रभाव पारेका थिए। नौला–नौला आशलाग्दा योजनाहरू कार्यान्वयन गर्ने प्रति

म्याद थपको प्रस्ताव संसदीय सर्वोच्चताको अवमूल्यन

अधिवक्ता वीरेन्द्र प्रसाद यादव     संविधानको धारा ६४ लाई पहिला दुई पटकमा एक वर्ष तीन महिना म्याद थप गरेर तीन वर्ष तीन महिनामा शान्ति र संविधान पूरा नभएपछि पुन: संविधान सभाको तेस्रोपटक तीन महिनाको लागि म्याद थपको प्रस्ताव सरकारले संसद्मा दर्ता गराएको छ। संविधानसभाको कार्यकाल धारा ६४ ले २ वर्षमात्र तोकेपनि सङकटकालमा ६ महिना बढाउन सकिने प्रावधान छ। तर विगतमा दुईपटक म्याद बढाइएको छ। यस नजिरले म्याद थपको वैधानितालाई ऊर्जा दिन सक्छ। तर यस पालिको म्याद थपको आधार फरक छ। उपरोक्त नजिर मात्र यसपालि म्याद थपको पर्याप्त आधार हुन सक्दैन। उपरोक्त आधारका साथै संसद्ले जेठ १४ गतेमा अनुमोदन गरेको शर्त दल र सरकारले पूरा गरेकै हुनुपर्छ।     सरकार र दलहरूले संविधानसभा जोगाउन म्याद थप गर्न अपरिहार्य बताएका छन् । वास्तवमा भदौ १४ गतेसम्म म्याद थप गरिएन भने संविधान निर्माण र शान्ति प्रक्रियाको निष्कर्षकर्ता, एकमात्र लोकतान्त्रिक निकाय संविधानसभा अन्त हुने निश्चित छ। अन्त भयो भने विभिन्न किसिमका अप्रत्याशित सङकट र चुनौती मुलुकसामु आउन सक्छ। पाएको उपलब्धि पनि गुम्न सक्छ। तर  अनुमोदित कानुन र शर्त नमान्ने नजिर स

सावधान !

–कुमार रुपाखेती २०३७ सालमा बहुदल कि निर्दल भनेर जनमत सङ्ग्रह भएको थियो। निर्दल अर्थात् पहेंलो, बहुदलले नीलो रङग पाएको थियो। त्यतिखेर पहेंलो र नीलो रङगको बिगबिगी नै थियो। त्यो जनमत सङ्ग्रहमा निर्दलीय अर्थात् सुधारिएको पञ्चायती व्यवस्थाले विजय प्राप्त गरेको थियो। जनमत सङ्ग्रह भएको ३० वर्ष बितिसकेको छ। सुधारिएको पञ्चायती व्यवस्था ढलेको पनि दुई दशक नाघिसकेको छ। यस अवधिमा नेपाल र नेपालीको हितमा थुप्रै किसिमका सरकारहरू नानाथरिका तामझामसहित अस्तित्वमा आए र इतिहासको गर्भमा विलीन भए।     अहिले पनि नेपाल र नेपालीको नाममा, शान्ति र संविधानको नाममा सरकारको नेतृत्व कसले गर्ने भन्ने जोरआजमाइस जोरशोरले, धडल्लेले सात जारी छ। गणतान्त्रिक नेपालले अल्पायुका तीनवटा सरकार खेपि (देखी) सक्यो। राजासमेत प्रजामा परिवर्तन भइसकेको यो अवस्थामा नेपाल र नेपालीको कल्याण हुनु त कता हो कता उल्टै पशुपतिनाथदेखि सेनासम्म, नागरिकदेखि राष्ट्रियतासम्म पतनोन्मुख र विवादित अवस्थामा छन्। नेपालको राष्ट्रिय पोशाक सम्बन्धी सर्वोच्चले गरेको फैसलासमेत केहीलाई अपाच्य भएको छ । दौरा, सुरुवाल र टोपी नपच्नेलाई तपाईं के भन्नुहुन्छ ? पशु

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पछार्दै डा.बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित

Image
काठमाडौं, ११ भदौ/रासस     एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराई नेपालको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।     व्यवस्थापिका–संसद्को आजको बैठकमा मत विभाजनका आधारमा भएको निर्वाचनमा उनले तीन सय ४० मत प्राप्त गरे।     डा. भट्टराईका एकमात्र प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले दुई सय ३५ मत प्राप्त गरेका थिए।     संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डा. भट्टराईलाई निर्वाचित गराउन आज निर्णायक मत दिएको थियो। हाल संसद्मा पाँच सय ९४ मत रहेकोमा आजको निर्वाचनमा पाँच सय ७५ मत खसेको थियो।     निर्वाचनअघि ए. माओवादी र मोर्चाबीच शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि चार बुँदे सहमति भएको थियो।     यसैगरी डा. भट्टराईको पक्षमा मधेसी जन अधिकार फोरम नेपाल, नेकपा (माले–समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत), नेकपा (संयुक्त), समाजवादी जनता दल, नेपाल परिवार दल, नेपाल सद्भावना पार्टी (गिरी), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी मञ्चलगायतले मतदान गरेका थिए।     नेता पौडेलका पक्षमा नेकपा (

मेसिन रिडेबल पासपोर्ट वितरण सुरु बारा, पर्सा, रौतहटका लागि वितरण केन्द्र पर्सा

Image
प्रस, वीरगंज, ११ भदौ/     मेशिन रिडेबल पासपोर्ट (एमआरपी) जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गरी आजदेखि औपचारिकरूपमा वितरण कार्य सुरु गरेको छ।     प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सेवाग्रहीहरूलाई वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्। नेपाल सरकारले राजधानीबाहेक विराटनगर, धनगढी, नेपालगंज, पोखरा र वीरगंजबाट बितेको साउन १ गतेदेखि एमआरपीको लागि निवेदन लिएको थियो। सोही अनुरूप साउन महिनामा दर्ता भएका ३१८ निवेदनमध्ये ३०८ जनाको पासपोर्ट वितरण गर्ने र १० जनाको कागजात नमिलेकोले छुट भएको प्रजिअ गौतमले बताए।     बारा, पर्सा, रौतहट जिल्लाका लागि पासपोर्ट वितरण केन्द्र जिल्ला प्रशासन कार्यालय, पर्सालाई तोकिएको छ। एमआरपीको लागि रौतहटमा ७२ वटा निवेदनमध्ये २१ वटा, बारामा १४९ निवेदनमध्ये १९ वटा निवेदनहरू समावेश गरिएकोमा कागजात नमिलेपछि परराष्ट्र मन्त्रालयले रद्द गरी पुन: कागजात माग गरेको प्रजिअ गौतमले बताए।     मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण कार्य पर्सा प्रहरी उपरीक्षक रमेश खरेल, परराष्ट्र मन्त्रालयका उपसचिव कौशलराज शर्माको रोहबरमा भएको हो।

विद्युत् लाइन काटिएपछि स्वास्थ्य केन्द्र प्रभावित

Image
प्रस, निजगढ, ११ भदौ/     प्राथमिक स्वास्थ्य केन्द्र, सिमरा तीन दिनदेखि विद्युत्विहीन भएको छ। विद्युत्को बक्यौता रकम बेलैमा बुझाउन नसक्दा स्वास्थ्य केन्द्रको कार्य प्रभावित हुनुका साथै सेवाग्रहीसमेत मार्कामा परेका छन्। विद्युत् नभएकै कारण भ्याक्सिन समेत खराब हुने स्थिति छ। स्वास्थ्य केन्द्रको फ्रिज गाविसको कार्यालय कोठामा लगी भ्याक्सिन जोगाउनुपर्ने बाध्यता कर्मचारीहरूलाई परेको छ।         गर्मी छल्न स्वास्थ्य केन्द्रको प्रत्येक कोठा तथा वार्डहरूमा फ्यान झुन्ड्याइएपनि कोठा, वार्डहरूमा गर्मीले बिरामी, स्वास्थ्यकर्मीहरू छट्पटाइरहेका छन्। ग्राहक नं.२—१७—२०१ को नाउँमा ४ लाख ९० हजार ६२८ रुपियाँ ७५ पैसा बक्यौता बेलैमा विद्युत् प्राधिकरणलाई नर्तिदा यही बिहीवार लाइन काटिएको स्वास्थ्य केन्द्रका कार्यालय सहायक हरि विकले जानकारी दिएका छन्। तीनवटा शय्यासहितको रात्रिसेवा समेत उपलब्ध गराउँदै आएको स्वास्थ्य केन्द्रको विद्युत् लाइन काटिएपछि रात्रिसेवा पूर्णरूपमा अवरुद्ध भएको र दिउँसोपनि काम गर्न गराउन कठिनाई भएको कार्यालय सहायक विकले जानकारी दिए। बिरामी बेडमा बस्छन् उपचार गर्न थाल्यो पसिनाले जीउ भिज्

अन्नाले जिते लडाइँ

    अन्ना हजारेले तेर्‍हौं दिनका दिन एउटी मुसलमान र अर्की दलित बालिकाको हातबाट अनशन समाप्त गरे। शायद आफ्नो पुरानो १२ दिनको अनशन अवधिको रेकर्ड तोड्नकै लागि संसद्ले एक दिन अगावै मागअनुसार कानुन बन्ने जनाएपनि उनले आइतवार, तेर्‍हौं दिनका दिन अनशन समाप्त गरे। जे भएपनि उनले नैतिकरूपमा लडाइँ जितेका छन्, यदि संसद्ले मागअनुसार कानुन पारित गर्दैन भने संसद्को योभन्दा निन्दनीय कार्य विश्व इतिहासमैं फेला पर्नेछैन। भारत भ्रष्टाचारबाट जर्जर छ, सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान प्रजातान्त्रिक भारतमा चरितार्थ भएको छ। किनकि साना ओहोदाधारीहरूलाई कर्‍याकचाप पार्न सुदक्ष र प्रभावशाली सिबिआई नामक संस्था भारतमा क्रियाशील छ। तर उसको अधिकार क्षेत्रमा ठूला पदाधिकारी एवं मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्री,  न्यायाधीशहरू पर्दैनन्। अर्थात् भारतमा यिनले गरेको भ्रष्टाचारको छानबिन तथा कारबाई गर्ने कुनै निकाय छैन। यस सुविधाको फाइदा उठाएर भ्रष्ट नेता तथा ठूला कर्मचारीलगायत व्यापारीहरूको खर्बौं रुपियाँ विदेशी बैंकमा जम्मा छ।     अन्ना गाँधीवादी सामाजिक नेता हुन्। उनले यसपालि भ्रष्टाचारविरुद्ध युद्ध मात्र लडेनन् अन

बालबालिका र परिवार

अनन्तकुमार लाल दास     बालबालिकाहरू परिवारका आकाङ्क्षा र अपेक्षाहरूको केन्द्र हुन्छन्। बालबालिकाहरू पारिवारिक सुख, समृद्धि र सफलताका आधार हुन्छन्। यस अर्थमा सम्पूर्ण सामाजिक व्यवस्थाको आधारस्तम्भ नै बालबालिका हुन्छन् र उनीहरूकै लागि हामी जीवनपर्यन्त सङ्घर्षरत रहन्छौं। मानिस प्रकृतिको सबैभन्दा विकसित प्राणी भएकै हुनाले बालबालिकाको सुरक्षा र उनीहरूको मानसिक विकासका लागि दिनरात परिश्रम गर्ने गर्छन्। ज्ञान सँगसँगै उनीहरूको भित्री प्रतिभा पनि उजागर हुन्छ। यसै योग्यता र प्रतिभाले गर्दा समाजमा उनीहरूले मान र सम्मान प्राप्त गर्छन् र यसरी समाज र राष्ट्रलाई त्यसको लाभ प्राप्त हुन्छ।     प्रत्येक मानिसले आफ्नो पारिवारिक र सामाजिक स्तर अनुसार बालबालिकालाई योग्य, प्रतिष्ठित, सम्पन्न र प्रभावशाली बनाउने प्रयत्न गर्छन् तर उसको क्रियाकलाप, स्वभाव, बानी र मानसिक सोचको छाप बालबालिका माथि पनि पर्छ। यस कारण प्रत्येक अभिभावकले बालबालिकाप्रतिको चाहना र आफूद्वारा गरिने क्रियाकलापबीच सामञ्जस्य स्थापित गर्नु नितान्त आवश्यक हुन्छ।     हाम्रो देश एउटा गरीब मुलुक हो। यहाँ किसान र मजदूरहरूको सङ्ख्या नै बढी छ। जु

कानुनी परामर्श

अधिवक्ता वीरेन्द्रप्रसाद यादव प्रश्न : किसानहरुले प्रहरीको निगरानीमा उत्पादन गरेको गाँजा आफ्नो घरमा राख्न मिल्छ कि मिल्दैन ? प्रहरीले आफ्नो नाम कमाउनका लागि हामी सर्व साधारणको घरमा गाँजा खोज्न राति १२ बजे प्रवेश गरी अनाहक दु:ख दिई बुहारी छोरीको सन्दुक, दराज र पर्स खोल्न लगाई, एक–एक गरी उधिनी यो कसको, किन राखेको र व्यक्तिगत सामान हेर्दै देखाउनु कहासम्म न्यायोचित हो ? घर खनतलासी लिने कानुनी प्रावधान र प्रक्रिया के हो ? –राजकुमार गुप्ता लङगडी उत्तर : राजकुमारजी, नेपाल कानुन अनुसार गाँजा लागू औषध हो। गाँजा अवैध बाली हो। गाजाजस्तो अवैध लागू औषधको खेती कसैको सहयोग वा निगरानीमा न त उत्पादन गर्न मिल्छ न घरमा सञ्चय गर्न नै। चाहे त्यो प्रहरीकै सहयोगले किन नहोस्। कुनै प्रहरी जवानले निगरानी गरी उत्पादन गर्नमा सहयोग गरेको छ भने उसले पनि कानुनविपरीत काम गरेको ठहर्छ। यसर्थ गाँजा किसानहरूले घरमा सञ्चय गरी राख्न मिल्दैन।     गाँजाजस्तो लागू औषध खानतलासी गर्ने ऐन २०३३ को दफा ८ ले कानुनी प्रक्रिया निर्धारण गरेको छ। सो प्रक्रिया पूरा हुनुपर्छ। दफा ८ को व्यवस्था यस प्रकार छ।     बिना वारेन्ट प्रवेश, खानत

भानुभक्तप्रति मोतीराम भट्ट

Image
उमाशङकर द्विवेदी     काठमाडौंको भोसिको टोलमा संवत् १९२३ सालमा जन्मेका मोतीराम भट्ट आफ्नो शैशव समाप्त गरी तरुनो अवस्थामा अध्ययनको क्रममा बनारसमा रहेर फारसी पढी तथा उर्दू र खडी बोलीको पनि राम्रो ज्ञान हासिल गरी कवि मोतीराम भट्टले भारतेन्दु हरिश्चन्द्रको सङगतबाट प्रेरित भई नेपालीमा गजल विधा भित्र्याएको कुरा सबैले स्वीकार गरेका छन्–डा. केशवप्रसाद उपाध्याय, अश्रुपुरित आँखाहरूबारे नामक गजल सङ्ग्रहको भूमिकामा )। शृङगार रसको बाहुल्य भएको उनका कविता र गजलहरू नेपाली साहित्यका अमूल्य निधि हुन् भनेको कुरा निर्विवाद सत्य हो तर मोतीराम भट्टको प्रसिद्धि उनको नेपाली भाषाप्रतिको मोहको कारणले पनि रहेको पाइन्छ। उनी न भएका भए, अथवा नेपाली भाषाप्रति उनको प्रेम सागररूपमा  न उर्लेको भए संभवत: नेपाली साहित्यले आफ्नो आदिकवि भानुभक्त तथा उनको रामायण पाउने थिएन होला। ती मोतीराम भट्ट नै थिए जसले भानुभक्तको रामायण तथा अन्य कृति खोजी गरी जनमानस सामु प्रत्यक्ष गरेका थिए। हुनत मोतीराम भट्टले खोज गर्नुभन्दा पहिले नै बूढापाका तथा अन्य धार्मिक मानिसहरूको कण्ठ परम्पराले रामायण प्रसिद्ध हुन लागेको थियो तर कण्ठ परम्पराल

जिल्ला विकास समिति बारामा सवारीसाधनको व्यापक दुरूपयोग

राजेश कुशवाहा, कलैया, १० भदौ/     जिल्ला विकास समिति बारामा सरकारी सवारीसाधनको व्यापक दुरूपयोग भइरहेको खुलासा भएको छ।     जिल्ला विकास समिति जिन्सी शाखाका अनुसार कार्यालय सहायकदेखि अधिकृतस्तरका कर्मचारीहरूले मोटरसाइकललगायतका सवारीसाधनको दुरूपयोग गरिरहेका छन्।     कर्मचारीहरूले मोटरसाइकल बुझेर निजी प्रयोजनका लागि आफ्ना छोराछोरी, नातेदार र आफू निकट राजनीतिक दलका कार्यकर्ताहरूलाई दिएको उक्त शाखाले बताएको छ।     जिविसबाट वितरण भएको ३७ वटा मोटरसाइकलमध्ये करिब १५ वटा मोटरसाइकल निजी प्रयोजनका लागि प्रयोग भइरहेको जिन्सी शाखाले जनाएको छ।     जिविसका सुपरभाइजर रामभजन यादवले ना. २ प ७१२४ र ना. १५ प ७००७ नम्बरको दुईवटा मोटरसाइकल लगेका छन् भने खरिदार बद्रीबहादुर थापाले ना. १५ प ७५४० नम्बरको मोटरसाइकल निजी प्रयोगका लागि आफन्तलाई दिएको जिविस स्रोतले जनाएको छ। जिविसका प्रवक्ता भरत यादवले सवारीसाधनको दुरूपयोग भइरहेको स्वीकार गरेका छन्। उनका अनुसार कार्यालयको रेकर्ड अनुसार ३७ वटा मोटरसाइकल भए पनि रेकर्डभन्दा बाहिर पनि कार्यालयको नाममा मोटरसाइकल खरिद गरिएको छ।     केही मोटरसाइकल कार्यालयको सम्पर्कमैं न

सडकपेटीको अतिक्रमण हटाउने अभियान सुरु

गम्भीरा सहनी, जीतपुर, १० भदौ/     इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रनि अङगुर जीसीको नेतृत्वमा बाराको जीतपुर–सिमरा नगरपालिका क्षेत्रभित्रको सडकपेटी अतिक्रमण गरी राखिएको काठदाउरा, गोइठा, ठेला, घुम्ती पसल हटाउने अभियान आजदेखि सुरु भएको छ।     जीतपुर–सिमरा नगरपालिकाको जीतपुरस्थित ६ लेन सडकखण्डको दुवैपट्टीको सडकपेटीमा जथाभावी घरटहरा बनाइ पसल थाप्दा बटुवाहरू सडकमा हिंड्ने गरेकाले सडक दुर्घटना बढ्दो छ। प्रहरीले सञ्चालन गरेको यो अभियानले बटुवाहरूलाई धेरै सहयोग पुग्ने स्थानीय क्यामुदिन अन्सारीले बताए ।     सडकपेटी अतिक्रमण हटाउन र बटुवालाई पेटीबाट हिंड्न उत्साहित बनाउन प्रहरीले आजदेखि अतिक्रमण गरी थापिएका पसल, छज्जा, ठेला तथा होर्डिङ बोर्डलगायत हटाएको छ।     नगरपालिका क्षेत्रभित्र ट्राफिक जाम हुने गरेकोले सो अभियान सुरु गरिएको हो। सडकवरिपरि रहेका घुम्ती पसलहरूसमेत हटाइने इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज अङगुर जीसीले आज प्रतीकलाई बताए।     यस अभियानमा जनपद प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय फोरम लोकतान्त्रिकका श्रीराम साह, फोरम नेपालका प्रभु यादवलगायतका दलका प्रति

शुभकामना

विनोद गुप्ता     मित्रराष्ट्र भारतलाई ६५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा उन्नति र समृद्धिको हार्दिक मङगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भारतको नेपालमा वार्षिक लगानी नै करिब नेरु ६,३०० करोड छ, जसमा देशभरिका ७५ जिल्लामा ४११ वटा परियोजना समेटिएका छन्। भारतले नेपाली विद्यार्थीहरूलाई बर्सेनि १,५०० जति छात्रवृत्ति उपलब्ध गराउँदछ र गोर्खा सैनिकहरूलाई पनि वार्षिक करिब रु. १,९०० करोड पेन्सनको रूपमा उपलब्ध गराउँदछ। नेपालको सुरुको दुई पञ्चवर्षीय योजनाहरूमा भारत नै एकमात्र सहयोगी राष्ट्र रहेको थियो।     करिब १ अर्बभन्दा बढी जनताको व्यवस्थापन गर्दै सन् १९८५ देखि राजीव गाँधीको नेतृत्वमा उदारवादी आर्थिक नीति अवलम्बन गरेको भारत करिब २५ वर्षको अवधिमा नै सशक्त एवं उदीयमान आर्थिक शक्तिको रूपमा विश्व रङगमञ्चमा देखिएको छ। भारतको यो प्रगति स्तुत्य छ। आफ्नो ६५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय राजदूतले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– “भारत आफ्ना समग्र नागरिकहरूको समृद्धिको लागि अनवरत् प्रयास गरिरहँदा हामी हाम्रा नजिकका छिमेकीहरूको शान्ति, स्थायित्व र समृद्धि प्राथमिक महत्त्वका विषय हुन् भन्

सम्भव छ अवसादसँग जुझ्न

    अवसाद एक किसिमको मनोविकार हो, जसमा मन एवं भावनाको स्थिति र स्तर अधोगामी रहन्छ। यस अवस्थामा मानसिक एवं भावनात्मक ऊर्जा आफ्नो न्यूनतम स्तरमा हुन्छ र यही कारण हो कि क्रियाशीलता एवं कार्यक्षमता, दुवै यसले गर्दा बाधित हुन्छन्। यो गहिरो निराशाको अवस्थामा पलाउँछ। जब हामी असफल हुन्छौं अनि हामीलाई निराशाले घेर्दछ र घरीघरी असफल भइरहँदा लाग्दछ निराशा टक्क हामीसँग टाँसिइदिन्छ। यस्तो अवस्थामा अवसादले हामीलाई घेर्न पुग्छ। अवसादले घेरिएको मन कहीं पनि स्थिर हुन पाउँदैन न कुनै काममा नियोजित नै हुन पाउँछ ।     मनोरोग विज्ञान (एब्नार्मल साइकोलोजी) मा अवसादलाई ‘मूड डिस्आर्डर’ अन्तर्गत राखिन्छ, जसमा के भनिन्छ भने जब जीवनको अनुभवहरू दुर्बल हुन थाल्छन्, रिस उठ्न थाल्छ, कहीं पनि मन लाग्दैन र दैनिक जीवनमा आउने साना–साना समस्याहरूबाट हामी व्यथित र पीडित भएर उदास हुन थाल्दछौं, अनि अवसाद पलाउन थाल्छ । अवसादले हाम्रो शरीर, मन, व्यवहार, एवं भावना सबैलाई प्रभावित गर्दछ। अवसादका कारण शरीर जडवत् हुन्छ र आलस्य हुन थाल्छ। यसरी निष्कर्म बसिरहँदा शरीरको वजन कि बढ्न थाल्छ कि घट्न थाल्छ। घट्नु र बढ्नु दुवै अवस्थामा अव

मुरली गाउँबाट विभिन्न अवैध सामान पक्राउ दुई महिला प्रहरी हिरासतमा

Image
प्रस, वीरगंज, ८ भदौ/     वडा प्रहरी कार्यालय, श्रीपुरको टोलीले आज साँझ वीरगंज उपमहानगरपालिका–१५ टोल मुर्लीको एउटा घरमा छापामारी गरी ब्राउनसुगर, नगदसहित दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीले इन्देश महतो धानुक र दिनेश महतो धानुकको घरमा छापा मारी १०० ग्राम ब्राउन सुगर, ४ लाख ८२ हजार नगद, ८ थान मोबाइल र ३ वटा फलामे तरबारसहित ना. ६प ४२८४ नं.को मोटरसाइकल बरामद गरेको छ।    धानुकद्वय फरार भएपनि पत्नीहरू कविता देवी धानुक र ममता देवी धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।     ब्राउन सुगरको १६ वटा ससाना प्याकेट रहेका छन्। हतियार र ब्राउन सुगर सो घरमा रहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेपनि हतियार फेला नपरेको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक प्रकाश बिष्टले बताए। प्रहरी स्रोतले दिएको जानकारी अनुसार धानुकद्वय लामो समयदेखि चोरी, डकैती ब्राउन सुगर ओसारपोसारमा संलग्न छन्।

क्रसरका कारण खोलाबाढीले वन क्षेत्रको जमीन कटान बढ्दो खेतीयोग्य जमिनको क्षयीकरण

Image
प्रस, निजगढ, ८ भदौ/     खोलाबाढीले बर्सेनि बाराको वन क्षेत्रमा तीव्र कटान गर्दै आएको छ। विगतका वर्षभन्दा केही वर्ष यता कटान तीव्र बन्दै आएपनि रोकथाम गर्न सम्बन्धित निकाय अग्रसर छैन। चुरे आसपास र खोलाबगर नजिकै अझैपनि कानुनविपरीत क्रसर उद्योग सञ्चालित छन्। वन क्षेत्र नजिकैको खोलाबगरमा खाड्ल पार्दै जथाभावी ढु·ा उत्खनन गर्नाले पानीको बहाव परिवर्तन हुँदा वन क्षेत्रको जमीन कटानमा परेको हो।         क्रसर उद्योगले प्रयोग गर्ने स्काभेटर, डोजर, लोडरले ठूला खाडल बनाउँदै वन नजिकैको खोलाबगरबाट ढु·ा झिक्ने गरेपछि वन क्षेत्रतर्फ खोलाको मूलधार सोझिदै जमीन कटान गरेको निजगढका स्थानीय बासिन्दा बताउँछन्। रोकथामका भरपर्दो उपायसमेत बेलैमा अवलम्बन नगर्दा वन क्षेत्र झनै सङकटमा परेको छ। क्रसरले चुरे पहाड, गाउँबस्ती मात्र होइन् वन क्षेत्रको जमीन कटान तीव्र पारी रहँदासमेत अमलेखगंज, निजगढ, मनहर्वा गाविसमा करिब दुई दर्जन क्रसर निर्वाध सञ्चालनमा छ। बारामा वन क्षेत्र ५२ हजार ५५९ हेक्टर रहेपनि खोला, खहरे कटानले घटेको वन कर्मचारी बताउँछन्। विगतका वर्षहरूमा वन कार्यालयले वृक्षरोपणगर्दै आएपनि भरपर्दो रोकथाम हुन सकेक

सिक्ने हो नेपालले सोमालियाको भोकमरीबाट

विश्वराज अधिकारी     हर्न अफ अमेरिका  भन्नाले चार राष्ट्रहरू– इरिट्रिया, जिबुटी, इथोपिया र सोमालियाको समूह भन्ने बुझिन्छ। संसारभरिमा सबैभन्दा बढी उँट हर्न अफ अफ्रिकामा रहेको विश्वास गरिन्छ। राजनैतिक र आर्थिक दुवै किसिमले अस्तव्यस्त राष्ट्र सोमालिया हर्न अफ अफ्रिकाको दोस्रो ठूलो राष्ट्र हो, जनसङ्ख्याको हिसाबले। सन् २०१० को अनुमान अनुसार सोमालियाको जनसङ्ख्या ९३ लाख ५९ हजार रहेको उल्लेख गरिएको छ। सन् १९९१ मा गृहयुद्ध सुरु भएदेखि सोमालियाको धेरै क्षेत्रमा केन्द्रीय सरकारको नियन्त्रण छैन र त्यो गृहयुद्धले ३ लाख ५० हजारदेखि १० लाख सोमालीहरूको ज्यान लिएको अनुमान गरिएको छ। यसैगरी गृहयुद्ध सुरु भएदेखि हालसम्म लाखौं सोमालीहरू शरणार्थीका रूपमा बिदेसिएका छन्।  र ३ लाखभन्दा बढी आन्तरिकरूपमा विस्थापित भएका छन्। सन् २००९ को अन्तसम्म ६ लाख ७८ हजार सोमालीहरू शरणार्थीको रूपमा युएनयचसिआरको संरक्षणमा थिए। अफगानिस्तान र इराकपछि युएनयचसिआरको निगरानी वा संरक्षणमा रहेको सोमाली शरणार्थीहरूको सङ्ख्यालाई युद्ध प्रभावित शरणार्थीको रूपमा सर्वाधिक उच्च सङ्ख्या मानिन्छ।        अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता

मधेसको आर्थिक विकासका पूर्वाधार

वीरेन्द्रप्रसाद यादव     राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय, पथलैयाको टोलीले साउनको दोस्रो साता वीरगंज आदर्शनगरस्थित झन्डै आधा दर्जन पसल र व्यापारिक प्रतिष्ठानमा छापा मार्ने काम गर्‍यो। टोलीले कानुन विपरीत भन्सार छलेका वस्तुहरू पसलमा रहेको सूचनाका आधारमा कानुनी प्रक्रिया पुर्‍याएर छापा मार्ने काम गरेको स्थानीय सञ्चारकर्मीहरूलाई बताएका थिए। तर छापा मार्ने शैली र सुरक्षा निकायको उपस्थिति एवं व्यवहार हेर्दा फिल्मी शैलीमा सबैलाई आतङिकत पार्ने किसिम भन्दा फरक नभएको गुनासो आम नागरिकको थियो।     आदर्शनगरभन्दा पश्चिमपट्टीको २ नम्बर रोडलाई टोलीसँगै आएको सुरक्षा निकायले नियन्त्रणमा लिई सवारी साधन र यात्रुको आवतजावत बन्द गरेर आतङिकत पार्ने किसिमले जसरी खानतलासी गरे, लाग्दथ्यो त्यहाँ कुनै आतङककारी लुकेको छ वा कुनै ठूलो अपराधीलाई समात्ने अपरेशन चलाइएको होस्। सुरक्षाकर्मीको व्यवहार र टोलीले पसलपिच्छे गरेको खानतलासीका कारण झन्डै तीन घण्टासम्म सो क्षेत्रका व्यापारीमात्र होइन, आम नागरिकसमेत सशङिकत भएका थिए। कानुनविपरीत राजस्व चुहावट गर्ने व्यावसायीलाई निश्चितरूपमा कानुनी दायरामा ल्याउनुप

राजस्वको आतङक र कानुनी उपचार

शीतल महतो     राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय, पथलैयाको टोलीले साउनको दोस्रो साता वीरगंज आदर्शनगरस्थित झन्डै आधा दर्जन पसल र व्यापारिक प्रतिष्ठानमा छापा मार्ने काम गर्‍यो। टोलीले कानुन विपरीत भन्सार छलेका वस्तुहरू पसलमा रहेको सूचनाका आधारमा कानुनी प्रक्रिया पुर्‍याएर छापा मार्ने काम गरेको स्थानीय सञ्चारकर्मीहरूलाई बताएका थिए। तर छापा मार्ने शैली र सुरक्षा निकायको उपस्थिति एवं व्यवहार हेर्दा फिल्मी शैलीमा सबैलाई आतङिकत पार्ने किसिम भन्दा फरक नभएको गुनासो आम नागरिकको थियो।     आदर्शनगरभन्दा पश्चिमपट्टीको २ नम्बर रोडलाई टोलीसँगै आएको सुरक्षा निकायले नियन्त्रणमा लिई सवारी साधन र यात्रुको आवतजावत बन्द गरेर आतङिकत पार्ने किसिमले जसरी खानतलासी गरे, लाग्दथ्यो त्यहाँ कुनै आतङककारी लुकेको छ वा कुनै ठूलो अपराधीलाई समात्ने अपरेशन चलाइएको होस्। सुरक्षाकर्मीको व्यवहार र टोलीले पसलपिच्छे गरेको खानतलासीका कारण झन्डै तीन घण्टासम्म सो क्षेत्रका व्यापारीमात्र होइन, आम नागरिकसमेत सशङिकत भएका थिए। कानुनविपरीत राजस्व चुहावट गर्ने व्यावसायीलाई निश्चितरूपमा कानुनी दायरामा ल्याउनुपर्दछ र त्यस

नेतृत्व परिवर्तन समाधान होइन

श्रीमन्नारायण     एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको साझा सरकार येनकेन प्रकारेण ६ महिनासम्म चल्यो। यसअघि दुई सरकारको अवधि ९–९ महिनाको रहयो। नौ महिनामा एउटा शिशुको जन्म हुन्छ। हाम्रो देशमा सरकारको जन्म हुन्छ। अब बन्ने नयाँ सरकारको आयु ६ महिना भन्दा पनि कम हुन सक्दछ। सिन्डिकेट प्रणाली (आलोपालो) अनुसार सरकारको नेतृत्व गर्ने कुरामा सहमति बनिरहेको छ। राष्ट्रिय राजनीतिका मूल मुद्दाहरू अझै ओझेलमा छन्। सरकारले जनताका निम्ति केही गरिदेला भने विश्वास र आशा जनतामा छैन। राजनीतिक अस्थिरताको अवस्थाबाट गुज्रिरहेको नेपालको राजनीतिले अझै केही महिनासम्म स्थायित्व नपाउने निश्चित छ।      नेपालको समकालीन राजनीतिको तुलना विश्वका कुनै सफल एवं कुशल शासक तथा राजनेतासँग त गर्न सकिंदैन तर विष्णु शर्माको पुस्तकमा वर्णित केही लघुकथाहरूसँग गर्न सकिन्छ। पञ्चतन्त्रमा वर्णित स्याल र बकुल्लाको कथा नेपाली राजनीतिका निम्ति शायद उपयुक्त उदाहरण साबित हुन सक्दछ। स्याल र बकुल्लाबीच घनिष्ठ मित्रता थियो। स्याल जातैले धूर्त र बाठो। बकुल्ला सोझो तर पटक्कै मूर्ख थिएन। मित्र बकुल्लालाई स्यालले खाने निम्तो दिएर थालमा मासुको झोल

इन्जिनियर र इन्जिनियरिङ पेशाको दायित्व

ई. गोपाल श्रेष्ठ     इन्जिनियर भन्नाले साधारणतया जनमानसले सिभिल इन्जिनियर भन्ने बुझ्छन्, जो निर्माण कामसँग सम्बन्धित छ। आजकल मेकानिकल इन्जिनियर र इलेक्ट्रिकल इन्जिनियर पनि बुझ्छन्। कारण मेशिन र विद्युत्को प्रयोग तथा व्यवस्थापनबाट आज काम गर्ने प्रक्रिया सजिलो, छिटो/छरितो बनाउने र सुविधाभोगी पार्ने प्रचलन विश्वव्यापी  भइसकेको छ। इन्जिनियरिङको यी तीन विधाबाहेक अन्य विधा पनि धमाधम देखा परेको छ। जस्तो कृषि इन्जिनियरिङ, वातावरण इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङ, खानी इन्जिनियरिङ, अन्तरिक्ष इन्जिनियरिङ, मेरिन इन्जिनियरिङ, एरोनटिकल इन्जिनियरिङ, जेनेटिक इन्जिनियरिङ आदि। अहिले इन्जिनियरिङ शिक्षाको अध्ययन गर्ने गराउने क्रममा ‘मेकाट्रोनिक इन्जिनियरिङ’ पनि विश्वका विभिन्न मुलुकलगायत हामै्र छिमेकी राष्ट्र भारतमा समेत आइसकेको छ। जसमा मेकानिकल र इलेक्ट्रोनिक्स विषयलाई मर्ज गरी अध्ययन तथा अध्यापन गराउने गरिन्छ, तर हाम्रो मुलुकमा भने हाल यो विषयको इन्जिनियरिङले प्रवेश पाएको छैन।     कृषि इन्जिनियरङ कृषिको पूर्वाधार निर्माण, कृषि यन्त्रीकरण तथा कृषिजन्य उद्योगसँग सम्बन्धित छ