ई. गोपाल श्रेष्ठ
विश्वलाई गरिबीबाट मुक्त गर्नका लागि सबैभन्दा सशक्त हतियारको रूपमा शिक्षालाई लिन सकिन्छ। कुनै पनि राष्ट्रको जनता जब शतप्रतिशत शिक्षित हुन्छ, त्यो राष्ट्रले गरिबीबाट उन्मुक्ति पाउँछ, अर्थात् त्यस राष्ट्रको जनताले दु:खमा पिल्सनुपर्दैन। यो वास्तविकता भए पनि जब गरिबी निवारणको कुरा आउँछ, नीति निर्माण गर्नेहरू शिक्षालाई प्राथमिकता नदिएर अन्य कुरामा अल्झिन्छन्। जस्तो बाटोघाटो निर्माण गर्ने, हाट–बजारको व्यवस्था गर्ने, साना तथा घरेलु उद्योगको विकास गर्ने आदि। तत्कालको लागि यो रणनीति ठीक पनि होला। तर, दीर्घकालीन हितका लागि ठीक छैन। शिक्षित समुदाय बिनाको यो बाटो–घाटो, हाट–बजार र साना तथा घरेलु उद्योगले दिगो रूप लिन सक्दैन।
अहिलेको हाम्रो शिक्षा व्यवस्थाबाट हामीले भाषाविद्, साहित्यकार, समाजशास्त्री, अर्थशास्त्री, चिकित्सक, इन्जिनियर, वातावरणविद्, शिक्षाविद्, कानुनविद् जस्ता अनेकौं विषयमा ज्ञान, सीप र पेशासँग सम्बद्ध जनशक्तिको उत्पादन भएको पाउँछौं। यो जनशक्ति हामीले हाम्रो राष्ट्रलाई मात्र लक्षित गरी उत्पादन गरिरहेको भए त ठीक नै होला होइन भने हाम्रो जनशक्ति विश्वको कुनै पनि राष्ट्रमा गएर काम गर्न सक्षम हुनुपर्छ भन्ने उद्देश्य राख्ने बित्तिकै हामीले वर्तमान शिक्षा प्रणालीले निर्देशित गरेको व्यवस्थापकीय सोचमा परिवर्तन ल्याउनुपर्ने स्थिति आइहाल्छ। किनकि जुन जनशक्ति अरब राष्ट्रको निम्ति उपयुक्त हुन्छ त्यो जनशक्ति युरोप तथा अमेरिकाजस्ता राष्ट्रको निम्ती उपयुक्त (सक्षम) नहोला। त्यस्तै जुन जनशक्ति अफ्रिका महादेशको लागि उपयुक्त हुन्छ त्यो अस्ट्रेलिया महादेशको निम्ती उपयुक्त (सक्षम) नहोला। हाम्रो देशको आजको शिक्षा प्रणालीबाट निर्देशित भएको शिक्षा व्यवस्थाले माथि उल्लिखित ज्ञान, सीप र पेशासँग आबद्ध हुन सक्ने गुणस्तरको जनशक्ति उत्पादन त गरेको छ। तर तिनीहरूलाई सोही बमोजिम रोजगारको अवसर सिर्जना गर्न सकिरहेको अवस्था छैन। हाम्रो देशको शिक्षा प्रणालीमा स्पष्ट देखिएको दु:खलाग्दो कुरो त के हो भने शिक्षा व्यवस्थाले सीमित आम्दानी भएको सीमित रोजगारको अवसर मात्र सिर्जना गरिरहेको छ।
हाम्रो देशको वर्तमान शिक्षा प्रणाली अनुसार शिक्षित व्यक्तिको सङ्ख्या र रोजगारीबीच तालमेल बसेकै छैन। त्यसैले हामीले बाहय ‘श्रम बजार’ खोज्नुपर्छ। यो श्रम बजारअनुसार जनशक्ति उत्पादन गरेर रोजगारीको भरपुर फाइदा उठाउन सक्नुपर्छ। यो कुरा सत्य हो कि हाम्रो सम्पूर्ण जनशक्ति हाम्रो राष्ट्रभित्र मात्र अटाउँदैन। फेरि दक्ष/उच्च दक्ष जनशक्ति जुनसुकै राष्ट्रमा काम गर्न गए पनि त्यो जनशक्तिको सफलताले आफ्नो राष्ट्रको इज्जत तथा मर्यादा अभिवृद्धि गरिदिन्छ। आज ब्रजील, रूस, इन्डिया र चीन (छोटकरीमा ब्रिक देशहरू) तीव्र गतिमा अगाडि बढिरहेका छन्। हामीहरू पनि बजारमुखी भई ती देशहरूको ‘श्रम बजार’ हडप्नेगरी हाम्रो जनशक्ति तयार गर्ने हो कि ? अर्थात् विकसित भइसकेका देशहरू– जस्तै अमेरिका, क्यानेडा, अस्ट्रूलिया, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटली, डेनमार्क, फिनल्यान्ड, नर्वे, स्वीडेन आदि देशहरूलाई लक्षित गरी जनशक्ति तयार गर्ने हो कि ? अथवा आफ्नै देशलाई मात्र लक्षित गरी जनशक्ति तयार गर्ने ? भन्ने सम्बन्धमा बुद्धिजीवीवर्गले सार्वजनिक जनचासो सहितको गम्भीर अन्तक्र्रिया गर्न अति आवश्यक देखिन्छ। यसरी अन्र्तक्रिया गरेपछि निस्केको परिणामलाई नीतिगत ढङगले व्यवहारमा उतार्न हाम्रो राष्ट्रको वर्तमान शिक्षा प्रणालीमा समसामयिक रूपमा नै सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन आउँछ ।
अविकसित, विकासशील, विकसित तथा अति नै विकसित देशहरूलाई चाहिने जनशक्तिको गुणस्तर अलग–अलग हुन सक्छ। हामीले ‘श्रम बजार’ लाई नबुझी आफ्नै तालले जनशक्ति उत्पादन गर्न थाल्यौं भने यो घातक तथा प्रत्युत्पादक पनि हुन सक्छ, जुन अहिले हाम्रो देशको शिक्षा व्यवस्थामा पाइन्छ । हाम्रो देशको शिक्षा कस्तो देशलाई लक्षित गरी तयार गरिएको हो भन्ने प्रश्नको उत्तर खोज्न अति जरुरी भइसकेको छ। किनकि यो प्रश्नको उत्तरले नै हालको हाम्रो शिक्षा व्यवस्थामा गर्नुपर्ने आवश्यक सुधारको बाटो देखाउँछ। वर्तमान शिक्षा व्यवस्थामा सुधार अनिवार्य पनि छ। यसको निम्ती सरकार, निजी क्षेत्र र बुद्धिजीवी सबै मिली बजारमुखी/बजारमैत्री गुणस्तरीय शिक्षाको विकासमा जोड दिनैपर्छ।