प्रस, वीरगंज, ९ साउन/
बितेको ५ वर्षदेखि नेपाल युथ फाउन्डेशनको आर्थिक सहयोग र विजामको संयोजनमा नारायणी उप–क्षेत्रीय अस्पतालमा सञ्चालित पोषण पुनस्र्थापना गृह आजदेखि नारायणी उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको छ।
विजामका अध्यक्ष महेश अर्यालको सभापतित्वमा अस्पताल परिसरमा हस्तान्तरण समारोहका वक्ताहरूले बाल पोषणगृहले कुपोषणविरुद्ध निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल) को मुख्य आतिथ्य र प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमको विशेष आतिथ्यमा सम्पन्न समारोहमा पोषणयुक्त कार्यक्रम निर्देशक मनीषा भट्टराई, बाल–विशेषज्ञ डा. श्यामसुन्दर दास र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मुकेश चौरसियाले मन्तव्य प्रकट गरेका थिए।
सुकेनास, फुकेनासलगायत कुपोषित बालबालिकाहरूलाई पोषण दिन स्थापित पोषण पुनस्र्थापना गृह पहिलो, दोस्रो र तेस्रो वर्षमा २५ प्रतिशत सरकारले अनुदान सहयोग गर्ने, चौथो वर्ष ५० प्रतिशत र पाँचौं वर्ष १०० प्रतिशत नै सरकारले सञ्चालन गर्ने नीतिअनुसार यस वर्षदेखि सरकारलाई हस्तान्तरण गरिएको विजामले जनाएको छ।
दश शय्याको उक्त गृहमा यस अवधिमा ७७६ जना बालबालिकाले पूर्ण उपचार पाएका, २०३३ जना आमाहरूलाई पोषण शिक्षा प्रदान गरिएको विजामका कार्यक्रम अधिकृत सुदर्शन सिंहले जानकारी दिएका छन्।