प्रस, वीरगंज, ११ साउन/
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले आज बिहान करिब ५ बजे महुवन गाविस–८ बस्ने अशेश्वर यादवलाई हातहतियारसहित पक्राउ गरेको पत्रकारसम्मेलन गरी जनाएको छ।
यादवको घरमा प्रहरीले छापामारी गरी यादवसहित उनको घरबाट बार्ह बोरको दुईनाले बन्दुक एक थान, त्यसमा लाग्ने ६९ राउन्ड गोली, युएसए लेखिएको पेस्तोल थान एक, सोमा लाग्ने गोली २ राउन्ड, एयरगनमा लागने छर्रा बीस प्याकेट फेला परेको सञ्चारकर्मीहरूलाई जानकारी दिइयो। पक्राउ परेका यादव महुवन–३ का फुलचन साहको हत्याको आरोपितमध्ये एक रहेको प्रहरीले जनाएको छ।
०६४ साल असोज ७ गते साँझ साहको रामनगरी गाविसभन्दा उत्तर गोली हानी हत्या भएको थियो। प्रहरी उपरीक्षक रमेश खरेलले दिएको जानकारी अनुसार यादवमाथि मृतकका भाई अशेश्वर साहले किटानी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। साहको हत्यामा संलग्न भए–नभएकोबारे अनुसन्धानबाट खुल्ने खरेलले जानकारी दिए।
पक्राउ परेका यादवसँग सञ्चारकर्मीहरूले सोधपुछ गर्दा बार्ह बोरको बन्दुकको लाइसेन्स छ। सशस्त्र द्वन्द्वको बेला सरकारले गठन गरेको माओवादी प्रतिकार समूहको संयोजक हुँदा सुरक्षाका लागि नेपाल सरकारले सानो पेस्तोल दिएको उनले बताएका छन्। सोबारे प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग बुझ्दा सानो हतियार नेपाल सरकारले यादवलाई दिएको भए सो तथ्याङक खोजी भइरहेको बताए। पक्राउ परेका यादव संविधानसभाको सदस्यका लागि मधेसी जन अधिकार फोरमको टिकटमा पर्सा क्षेत्र ३ बाट चुनाव लडेकाले राजनीतिक दुश्मनी साध्न कसैले षड्यन्त्र गरेको यादवले बताएका छन। त्यसैगरी समर होटलका सञ्चालक विजय साहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरको छ। साहले सञ्चालन गरेको होटलमा २०६७ कार्तिक ४ गते बारा प्रस्टोका बेलहिया निवासी २० वर्षीय सगिर मियाँको हत्या भएको थियो। मियाँको हत्यामा साहको संलग्नता देखिएको भन्दै जिल्ला अदालत पर्साले पटक–पटक हाजिर हुन पत्र पठाएपनि अदालतमा उपस्तिथ नभएकाले प्रहरीले साहलाई पक्राउ गरी आज जिल्ला अदालतमा बुझाएको हो।