आरके पटेल, वीरगंज, १० साउन/
सीमावर्ती गाविस लहावर थकरी–९ धोबिया टोलाका बासिन्दा सरकारी सेवा–सुविधाबाट वञ्चित छन्। त्यहाँ सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी सेवा छैन। राज्यबाट नागरिकले पाउनुपर्ने अति आवश्यक सेवासमेत नपाएका धोबिया टोलाका बासिन्दाले जिल्ला विकास समिति लगायत
निकायमा कैयनपटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको सो गाविसका
पूर्व अध्यक्ष विश्वनाथ ठाकुरको गुनासो छ।
नेपाल–भारत सीमा क्षेत्रमा रहेको धोबिया टोलामा लगभग ६५ घरधुरीको बसोबास छ। ४५५ जनसङ्ख्या रहेको सो गाउँसम्म पुग्न भारत भएर आउनुबाहेक कुनै बाटोघाटो छैन। सो गाउँसम्म पुग्न खेतको आलीको सहारा लिनुपर्छ। सीमासँग जोडिएको सो टोलामा नेपाल सरकारले दिएको सेवा–सुविधा परै जाओस् जिल्ला विकास समिति पर्साले पनि हालसम्म कुनै कार्य गरेको छैन। भारतले दिएको धाराबाट नेपाली जनताले पानी खाने गरेको पूर्व गाविस अध्यक्ष विश्वनाथ ठाकुरको भनाइ छ। आठ घरधुरीबाहेक मुसलमानहरू बस्छन्।
धोबिया टोलाको दक्षिण र पश्चिममा भारतीय सीमा, पूर्वमा खेतबारी छ। सो टोलादेखि लगभग ५० मिटरको दूरीमा भारतले बनाएको नहरले बाँधको काम गर्दछ जसले गर्दा असारेदेखि असोजसम्म पूरा गाउँ टापूमा परिणत हुन्छ। चार महिना कष्टकर जीवन बिताउने गाउँलेले गाविस र जिविसमा सडक निमार्ण गर्न आग्रह गरेपनि कसैले कुरा सुन्दैन। बालबालिका, महिला तथा पुरुषहरू वर्षायाममा शौचालयरहित घरमा घरभित्रै शौच गर्छन्। मान्छे बिरामी परेपछि औषधी उपचार गराउन पाउँदैनन् ।
सेवाको नाउमा सो टोलामा ब्रिलेन्ट युवा क्लब भेडिहारी–९ गदियानी पर्साले आफ्नो क्षेत्र बनाई रोजगारमूलक कार्यक्रमहरू चलाइरहेकोबाहेक कुनै
सरकारी वा गैरसरकारी सङ्घसस्थाको ध्यान नपुगेको पूर्व अध्यक्ष ठाकुरको भनाइ छ।