प्रस, निजगढ, १० साउन/
पहिले विवाह गरेको पत्नीको बेवास्ता गर्दै कान्छी भित्र्याएपछि विवाद बढ्दै सडक अवरुद्धसम्म पुगेको छ। विवादका कारण मङगलवार निजगढ बजारमा पीडीत पक्षले दिउँसो १:३० बजेदखि डेढ घण्टा सडक अवरुद्ध गरेको थियो। केही वर्षदेखि निजगढ–७ बस्दै आएका श्याम साहले भारतको मोतीहारी चैनपुर माइती भएकी १८ वर्षीया सरितादेवी साहमाथि सौता हालेपछि पारिवारिक विवाद चर्कंदै गएको थियो । विवाहिता पत्नीलाई विभिन्न आरोप लगाएर हेला गर्ने र सौता हालेपछि सरिता देवी र उनका माइतीले न्यायको माग गर्दै श्याम साहविरुद्ध इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी हालेका थिए । उजुरीपछि पटक/पटक पीडित र आरोपित साहबीच मौखिक सहमति भएपनि कार्यावन्यन नभएपछि विवाद बढेको सरितादेवी बताउँछिन्। साहसँग ३ वर्षअघि सरितादेवीको विवाह भएको थियो।
इलाका प्रहरी कार्यालय, निजगढमा करिब १ महिनाअघि सरितादेवीका माइतीलाई आरोपित साहले २ लाख रुपियाँ फिर्ता दिने र आइन्दा कुनै सम्बन्ध नरहने सहमति गरेपनि बेवास्ता गरेको सरिता देवीका दाजु त्रिभुवन साहले बताए। आरोपित साह आज बिहान प्रहरी कार्यालय निजगढमा उपस्थित भएपनि प्रहरीले न्याय दिलाउन नसकेको सरिता देवी बताउँछिन्। सडक खुलाउन पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक रमेश सुवेदीका अनुसार बुधवार बिहान सम्म दुवै पक्षलाई राखी सहमति गराउने आश्वासन दिएपछि बन्द खुलेको छ।