प्रस, लङगडी, ९ साउन/
भिस्वा गाविसका सचिव बिन्दा साहलाई स्थानीय बासिन्दाले आइतवार दिउँसो कुटपिट गरेको समाचार प्राप्त भएको छ।
गाविस सचिव साह गाउँलेहरूको नियन्त्रणमा परेपछि प्रहरी चौकी भिस्वाले साहलाई बचाएर हिजो घर पठाएको बताइएको छ। सचिव साहले हिजो सामाजिक सुरक्षा अन्तर्गत वृद्ध–वृद्धा एवं विधुवा भत्ता बाँडन गाउँ गएका थिए। सचिवले गत वर्ष विधुवा तथा वृद्धभत्ता बाँड्दा कार्डमा ३ हजार लेखेर २ हजारमात्र वितरण गरेका थिए। गाउँलेहरूले प्रतिवाद गर्दा अर्को वर्ष पाउने बताएका थिए।
हिजो सचिवले रकम बाँड्दा पहिलेको रकम फ्रिज भएको बताएपछि गाउँलेहरू अक्रोशित भएका थिए। २०६७ ६८ को सामाजिक सुरक्षाको रकम वितरण गर्न हिजो सचिव साहले रु. ५ कम दिएपछि गाउँलेहरूले सचिवलाई कुटपीट गर्न थालेका थिए। पछि प्रहरीले सचिवलाई नियन्त्रणमा लिई प्रहरी चौकी पुर्याएको थियो। प्रहरीले आफ्नो रोहबरमा रकम बाँडिने बताएपछि गाउँलेहरू घर फर्केका थिए। प्रहरी एवं गाउँलेबीच हिजो भएको सहमतिअनुसार सचिव साह आज रकम बाँड्न गाउँ नपुग्दा गाउँका महिलाहरूले प्रहरी चौकी भिस्वा घेराउ गरेका थिए। पछि गाउँमा भद्रभलाद्मीहरूले सम्झाइबुझाई सबैलाई घर फर्काए।